आर्थिक 📈

खैरहनीमा लक्ष्यभन्दा बढी रु १२ करोड चार लाख ९६ हजार राजस्व सङ्कलन

चितवन, १८ साउन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७, ७८ मा आन्तरिक स्रोतबाट लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको छ । गतवर्ष रु १० करोड ११ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा १९ प्रतिशत बढी राजस्व सङ्कलन भएको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले जानकारी दिए । गतवर्ष रु १२ करोड चार लाख ९६ हजार राजस्व सङ्कलन भएको हो । यो राजस्व असुली अघिल्लो आर्थिक वर्ष २०७६, ७७ भन्दा एक प्रतिशत बढी हो ।… पुरा पढौ

उपाध्यक्ष ढकालको नाम जाेडिएकाेमा उद्योग वाणिज्य महासङ्घको ध्यानाकर्षण

काठमाडौं, १८ साउन । नेपाल उद्योग वाणिज्य महासङ्घले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग जोडेर प्रकाशित तथा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज विज्ञप्तिमार्फत् सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरीदसम्बन्धी विषयसँग वरिष्ठ उपाध्यक्ष ढकालको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएको हो । नेपाल धितोपत्र बोर्डमा महासङ्घको तर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्थाअनुसार महासङ्घले वरिष्ठ उपाध्यक्ष ढकाललाई २०७७ मङ्सिर ३० मा बोर्डको प्रतिनिधि तोकेको हो । विज्ञप्तिमा वरिष्ठ उपाध्यक्ष ढकाल बोर्ड बैठकमा २०७७ माघ ११ गतेदेखि उपस्थित रहेको उल्लेख छ… पुरा पढौ

प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाइड्रोपावरबीच शेयर निष्काशन तथा बिक्रीका लागि सम्झौता

काठमाडौं, १८ साउन । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक शेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । कम्पनीले प्रारम्भिक शेयर निष्काशनका लागि कुल जारी पूँजी ७६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात २२, लाख ८०… पुरा पढौ

४.०६ अंकले बढ्यो नेप्से, १० अर्ब ९८ करोड बढीको कारोबार

काठमाडौं, १८ साउन । साताको दोश्रो दिन सोमबार शेयर बजारको लय सकारात्मक देखिएको छ । तर शेयर बजार बन्द हुँदाको समयसम्म सकारात्मक वा नकारात्म्क यात्रामा जाने दुवै संभावना भने कायमै हुन्छ । नेप्से परिसूचक ४.०६ अंकले बढेर ३०८५.०७ विन्दुमा पुगेको छ । नेप्से ०.१३ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ०.३० अंकले बढेर ५७२.४६ विन्दुमा पुगेको छ । कुल २२६ वटा कम्पनीको २ करोड १८ लाख ९४ हजार २०९ कित्ता शेयर खरिदबिक्री भएकाे छ । यसबाट १० अर्ब ९८ करोड ३५ लाख… पुरा पढौ

किन दिए गणपति लघुवित्तका ३३ शाखा प्रबन्धकले सामूहिक राजीनामा ?

काठमडौं, १८ साउन । गणपति लघुवित्त वित्तीय संस्थाका ३३ वटा शाखाका प्रबन्धकहरुले सेवा सुविधामा कुनैपनि ध्यान नदिएको जनाउँदै सामूहिक राजिनामा दिएका छन् । संस्थाका ३६ उपशाखामध्ये ३३ वटा उपशाखाका प्रबन्धकहरुले राजिनामा दिएका हुन । राष्ट्रिय स्तरको कर्यक्षेत्र भएको वित्तीय संस्था स्थापना भएको ५ वर्ष पुग्ने क्रममा रहेको छ । स्थापनाकाल देखि संस्थामा रहि आजको अवस्थासम्म आउन कर्मचारीहरको योगदान रहेको छ । हाल १८ जिल्लामा ३६ शाखामार्फत कार्यक्रम बिस्तार गरिएको छ । संस्थाको भविष्य उज्यालो बनाउन सकिन्छ भन्ने विश्वासका साथ कठिन… पुरा पढौ

६.०८ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोड बढीको कारोबार

काठमाडौं, १८ साउन । साताको दोश्रो दिन शेयर बजारको लय सकारात्मक देखिएको छ । तर बजार बन्द हुँदाको समयसम्म सकारात्मक वा नकारात्म्क यात्रामा जाने दुवै संभावना हुन्छ । नेप्से परिसूचक ६.०८ अंकले बढेर ३०८७.०९ विन्दुमा पुगेको छ । नेप्से ०.२० प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ०.५६ अंकले बढेर पाँच सय बहत्तर.७१ विन्दुमा पुगेको छ । दिउँसो सवा १ वजे यो समाचार तयार पर्दासम्म कुल २२० कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २३ लाख ३४ हजार ४४६ कित्ता शेयरको कारोबारबाट… पुरा पढौ

युनियन लाइफकाे पहिलाे कारोबार आजदेखि शुरु

काठमाडौं, १८ साउन । आईतबार नेप्सेमा सूचीकृत भएको युनियन लाइफ इन्स्योरेन्सको शेयर सोमबारबाट दोश्रो बजारमा कारोबार शुरु भएको छ । कम्पनीको २ करोड १५ लाख कित्ता साधारण शेयर आइपीओ नेप्सेमा सूचीकृत भएको थियाे हो । नेपाल स्टक एक्सचेन्जका अनुसार शुरुआतको कारोबारको लागि प्रतिशेयर कममा ११५ रुपैयाँ १३ पैसा र बढीमा ३४५ रुपैयाँ ३९ पैसासम्मको रेञ्ज दिईएको छ । दोश्रो बजामा कारोबारको लागि कम्पनीले संकेत यूएलआई पाएको छ । कम्पनीको २ करोड १५ लाख कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएपछि सोमबारबाट दोश्रो… पुरा पढौ

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको लगातार स्थिर

काठमाडौं, १८ साउन । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीको मूल्य भने लगातार दोश्रो पटक स्थिर रहेको छ । छापावाला सुनमा रुपैयाँ १०० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार… पुरा पढौ

मैलुङखोला जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं, १८ साउन । मैलुङखोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम मौका रहेको छ । कम्पनीले साउन १४ गते सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ दरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले २ प्रतिशतले हुने १४ हजार ७२६ कित्ता शेयर कर्मचारीको लागि तथा ५ प्रतिशतले हुने ३६ हजार ८१४ कित्ता शेयर साम्हिक लगानी कोषका लागि छुट्याएको छ । त्यसबाट बाँकी रहेको ६ लाख ६८ हजार ७४६ कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ । लगानीकर्ताहरुले… पुरा पढौ

अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता

बनेपा, १८ साउन  । सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरवासीका लागि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले घरघरमा नै पुगेर भत्ता वितरण गर्न थालेको छ । बैंकसम्म पुगेर गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बाँकी रहेकालाई नगरपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारीसहित बैंकका कर्मचारीको टोलीले भत्ता वितरण गर्न शुरु गरेको हो । टोलीले घरघरमा नै पुगेर मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गर्न थालेको नगरपालिकाले जनाएको छ । सोही क्रममा आइतबार वडा नं २ का २० व्यक्तिलाई लुम्बिनी विकास बैंकका कर्मचारीसहितको टोली पुगेर… पुरा पढौ