काठमाडौं, १४ जेठ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूँजी बजारका ठूला लगानीकर्ता र विभिन्न प्रतिष्ठित कम्पनीका उच्च पदस्थ अधिकारीहरूमाथि गम्भीर अनुसन्धान सुरु गरेको छ। सीआईबीले नेपाल धितोपत्र बोर्ड (SEBON) लाई एक औपचारिक पत्र लेख्दै ५६ जना लगानीकर्ता तथा व्यवसायीहरूको नाममा रहेको शेयर रोक्का राख्न र उनीहरूको लगानी विवरण खुलाएर पठाउन निर्देशन दिएको हो। ब्यूरोका अनुसार 'धितोपत्र सम्बन्धी ऐन, २०६३' अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेकाले ती व्यक्तिहरूको धितोपत्र बजारमा भएको सम्पूर्ण लगानीको विवरण माग गरिएको छ। साथै, अनुसन्धान नसकिउन्जेलसम्मका लागि…
पुरा पढौ