आर्थिक 📈

मैलुङ खोलाकाे आइपीओमा साढे ११ लाख आवेदन

काठमाडौं, १६ साउन । मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा दोस्रो दिनसम्ममा साढे ११ लाख बढी आवेदन परेका छन्। कम्पनीको आइपीओमा ११ लाख ५८ हजार ५८५ जना आवेदकबाट १ अर्ब ६० करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ३४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको हाे। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत… पुरा पढौ

२० करोड लगानीमा गाईपालन, दैनिक ७०० लिटर दूध उत्पादन

सर्लाही, १६ साउन । लालबन्दी नगरपालिका–२ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन शुरु गरेकि हुन । उनले वडा नं २ स्थित लखनदेही नदी किनारको जग्गामा फार्म सञ्चालन गरी गाईपालन शुरु गरेकि हुन । शुरुमा दुई गाई पालेर गाईपालन शुरु गरेकी सिलवालले अहिले १५० गाई पालेकि छन् । जमिन आफैँले खरिद गरेर शुरुमा रु १० लाख लगानी गरेकि सिलवालले अहिले १८ बिघा जमिनमा… पुरा पढौ

३ कम्पनीले पाए १ अर्ब ५७ करोड ५० हजार बराबरको आइपीओ निष्काशनको अनुमति

काठमाडौं, १५ साउन । साधारण शेयर निष्काशन तथा बिक्रीका लागि तीनवटा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डका अनुसार न्यादी हाइड्रोपावर, साहस उर्जा लिमिटेड तथा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले शेयर निष्काशनको अनुमति पाएका हुन । न्यादी हाइड्रोपावर : न्यादी हाइड्रोपावरले आइपीओ निष्काशनको लागि गएको मंसिर १० मा आवेदन दिएको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले साउन ११ गते शेयर निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएपछि न्यादी हाइड्रोपावर लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ दरले ४० करोड ५०… पुरा पढौ

एक महिनामै खर्च भयाे एकचौथाइ विकास बजेट

तनहुँ, १५ साउन । तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो । उक्त आवका लागि विकास बजेटतर्फ ३ अर्ब ४४ करोड ४९ लाख ६७ हजार विनियोजन गरिएकामा असारमा मात्रै ९२ करोड ६६ लाख ८३ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सोही अवधिमा चालूतर्फ ११.८२ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ… पुरा पढौ

साउने १५ मै आकाशियो सुनचाँदीको भाउ, तोलाको कति पुग्याे ?

काठमाडौं, १५ साउन । साताको छैटौं दिन शुक्रबार सुनचाँदीको कारोबार हुने अन्तिम दिन हो । आजै साउन १५ पनि परेको छ । यस दिनमा नेपालीले खिर चलन छ । यस दिनलाई खिर खाने दिवसको रुपमा पनि मनाउने गरिन्छ । आज चेलीबेटीहरु सुहाउँदो सुकिलो पोशाकका साथमा गच्छे अनुसारका गरगहना पहिरीएर आफन्तकोमा हिंडेका छन् भने विवाहित चेलीहरु माईतीमा खिर खान गएका छन् । संयोगले खिर खाने पर्वकै दिनमा सुनचाँदीको भाउ झन् आकाशिएको छ । सुनमा ५०० रुपैयाँले बृद्धि भएको छ भने चाँदीमा… पुरा पढौ

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफामा बृद्धि, कस्ता छन् अन्य सूचक ?

काठमाडौं, १५ साउन । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफामा बृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ७१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । डिप्रोक्सको आज सार्वजनिक गरिएको आर्थिक विवरणका अनुसार समिक्षा अवधिमा ७१ करोड ३७ लाख रुपैयाँ नाफा गरेको जनाईएको छ । अघिल्लो वर्ष संस्थाले २७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षमा ४६ करोड १८ लाख संचालन मुनाफा गरेको डिप्रोक्सले समीक्षा अवधिमा बढेर ७६ करोड ८१ पुगेको जनाएको… पुरा पढौ

प्रभु बैंकको संस्थापक शेयरकाे लिलामी बिक्री खुल्ला

काठमाडौं, १५ साउन । प्रभु बैंकले आजदेखि २ लाख २ हजार १८६ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुल्ला गरेकोे छ । लिलामी शेयरका लागि बैंकका संस्थापक शेयरधनीहरुसंगै लगानीका लागि इच्छुक व्यक्ति तथा संगठित संस्थाहरुले आव्हान गरे बमोजिम बोलपत्र पेश गर्न सक्नेछन् । बैंकको संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ । लगानी गर्न चाहने लगानीकर्ताहरुले तोकिएको मूल्यदेखि माथिको मूल्य राखेर बोलकबोल पेश गर्न सक्नेछन् । संस्थापक शेयरमा बोलपत्र पेश गर्ने म्याद साउन २९ गते दिउँसो साढे १ वजेसम्म… पुरा पढौ

मैलुङ खोलाको आइपीओमा ५ लाख बढी आवेदन

काठमाडौं, १५ साउन । मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिनमा नै ५ लाख बढी आवेदन परेको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म कम्पनीकाे आइपीओमा ५ लाख ८ हजार ७८२ जना आवेदकबाट ७१ लाख ६४ हजार ३३० कित्ता शेयर खरिदको लागि आवेदन परेको हाे। कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात… पुरा पढौ

सिटिजन्स बैंकको नाफा बढ्यो, निस्कृय कर्जा भने बढ्यो

काठमाडौं, १५ साउन । सिटिजन्स बैंक इन्टरनेसनलको खुद नाफामा वृद्धि भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ दशमलव ४० प्रतिशतले बढी हो । यस अवधिमा बैंकको वितरण योग्य मूनाफा पनि धेरै बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ८२ करोड ४० लाख रुपैयाँ वितरण योग्य मूनाफा रहेकोमा गत असार मसान्तसम्म ९१ दशमलव ५७… पुरा पढौ

राजस्व सङ्कलन ३३ प्रतिशतले वृद्धि, दुई अर्ब ९० करोड सङ्कलन

काठमाडौं, १५ साउन । नेपाल प्रहरीले कानूनविपरीतका क्रियाकलापविरुद्धको कारवाहीबाट आर्थिक वर्ष २०७६, ७७ को तुलनामा गत आवमा ३३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७६, ७७ मा रु दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेकामा गत आवमा रु दुई अर्ब ९० करोड सङ्कलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको सक्रियताका कारण राजस्व सङ्कलनमा वृद्धि भएको जानकारी… पुरा पढौ