आर्थिक 📈

अर्थ मन्त्रालयले माग्याे नेप्सेसँग अनाधिकृत रुपमा शेयर खरिद बारे स्पष्टीकरण

काठमाडौं, १४ साउन । अनाधिकृतरुपमा शेयर खरिद गरेको भन्ने विवरण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जलाई स्पष्टीकरण सोधेको छ । साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको शेयर नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको परिवारले खरीद गरेको पाइएपछि मन्त्रालयले आज स्पष्टीकरण सोधेको छ । मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका विभिन्न विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन भनिएको छ । मन्त्रालयले आजै नेपाल धितोपत्र बोर्डलाई पनि सोही बेहोराको पत्र लेख्दै… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं, १४ साउन । साताकाे शेयर काराेबार हुने अन्तिम दिन बिहिबार दुइ दिन अघिसम्मकाे रेकर्ड ब्रेक हुन पनि सकेन र त्यसकाे हाराहारीमा नपुगि उल्टाे दिशामा गएकाे छ । नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार नयाँ नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से १५.११ बिन्दुले घटेर तीन हजार ७९.८३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ बिन्दुले… पुरा पढौ

सेवोनलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाडौं, १४ साउन । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यमममा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र उनको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतो गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधबारदेखि लागू हुने गरी तीन दिनभित्र स्पष्ट गरी पठाउन भनेको छ । “विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका बोर्डसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सो… पुरा पढौ

उकालो लाग्दै सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, १४ साउन । साताको पाँचौं दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ आकाशिएको छ । सुनमा रुपैयाँ ३०० ले र चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ ३०० ले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा… पुरा पढौ

जीवन विकास लघुवित्तको शेयर कारोबार आजदेखि शुरु

काठमाडौं, १४ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछि आजबाट दोश्रो बजारमा कारोबार शुरु भएको छ । संस्थाको ६० लाख ८४ हजार १०० कित्ता सर्वसाधारण शेयर आइपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले शुरुको कारोबारका लागि प्रतिशेयर मूल्य न्युनतम ३०५ रुपैयाँ र अधिकतम ९१५ रुपैयाँ ८१ पैसाको रेञ्ज पाएको छ । दोश्रो बजारको कारोबारको लागि कम्पनीले जेबिएलबि संकेत पाएको हो । शेयर सूचीकृत भईसकेकोले बिहिबारबाट दोश्रो बजारमा कम्पनीको शेयर कारोबार शुरु… पुरा पढौ

सामलिङ्ग पावरकाे आईपीओ साउन २२ देखि

काठमाडौं, १४ साउन । सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा ८ र १० तथा माईजोगमाई… पुरा पढौ

माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं, १४ साउन । माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । बैंकले ८.५० प्रतिशत ब्याजदरमा ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र १० वर्षे अवधिको लागि खुल्ला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२… पुरा पढौ

फेरि नेप्सेमा नयाँ कीर्तिमान, कारोबारमा युनाईटेड मोदी हाइड्रोपावर अब्बल

काठमाडौं, १३ साउन । नयाँ आर्थिक वर्ष शुरु भएसंगै र देउवा नेतृत्वको सरकार बनेकै दिनदेखि सकारात्मक लयमा फर्किएको शेयर बजारमा साताको चौथो दिन नयाँ रेकर्ड कायम भएसंगै लगानीकर्ताहरूमा उमंग छाएकाे छ । अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ उचाई ३०९४.९४ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि उत्साहजनक रहेको छ । लगानीकर्ताहरु होटल तथा पर्यटनतर्फ झुम्मिएका छन् । मंगलबार नेप्से ३०७९.६७ विन्दुमा पुगेको थियो । आज सो रेकर्डलाई तोड्दै नेप्से ३०९४.९४ विन्दुमा पुगेको छ । सूचकहरुमा सामान्य सुधार भएको छ… पुरा पढौ

सुनको भाउ बढ्यो, चाँदीमा सामान्य गिरावट

काठमाडौं, १३ साउन । साताको चौथो दिन बुधबार सुनको भाउ उकालो लागेको छ । चाँदीको भाउ भने सामान्य घटेको छ । सुनमा रुपैयाँ ३०० ले बृद्धि भएको छ भने चाँदीमा १५ रुपैयाँले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोता ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला… पुरा पढौ

सबैको लघुवित्तको नाफा २३१.६७ प्रतिशतले बृद्धि

काठमाडौं, १३ साउन । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ११ करोड ४३ लाख खुद नाफा कमाउन सफल भएको छ । कम्पनीको सार्वजनिक भएको वित्तीय विवरणको समिक्षा अवधिमा खृद नाफा ११ करोड ४३ लाख कमाउन सफल भएको हो । सोहि अवधिको अघिल्लो वर्षको नाफाभन्दा २३१.६७ प्रतिशतले बढी देखिन्छ । उक्त वर्षमा कम्पनीले जम्मा ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको संचालन मुनाफा १७६.६२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५ करोड ४७ लाख… पुरा पढौ