आर्थिक 📈

साताको दोश्रो दिन सोमबार : नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, २१ असार । शेयर बजारको सोमबारको प्रिओपनिङ सेसनमा सकारात्मक लय पछ्याएको पाईएपनि सवा ११ बजेपछि भने दोहोरो अंकले गिरावट भएको छ । नेप्से परिसूचक ३.०७ अंकले घटेको छ । यसरी घटेको नेप्से २८३१.४४ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ०.११ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १.७१ अंकले बढेर ५२६.७४ विन्दुमा पुगेको छ । अहिलेसम्म १५७ कम्पनीको शेयर कारोबार भएको छ । २ लाख ६९ हजार ३४४ कित्ता शेयरको खरिदबिक्रीबाट १ अर्ब ५१ करोड २१… पुरा पढौ

प्रदेश अनुकूल मौद्रिक नीतिका लागि गण्डकीमा सुझाव संकलन

पोखरा, २१ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताएका छन् । प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा आइतबार साँझ गरेको छलफलमा उनले उनले यसका लागि कस्तो वातावरण चाहिन्छ बसेर छलफल गर्न आफू तयार रहेको उनले बताए । उनले भने, ‘हामीले दिएका सुझावलाई पक्कै पनि राष्ट्र बैकले अबलम्वन गर्छ ।’ उनले प्रदेशको वस्तुस्थिति अनुसारको मौद्रिक नीति आओस् भनेर व्यवसायीहरुसँग छलफल गरिएको बताए । उनले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश… पुरा पढौ

बैंकर्स संघले राष्ट्र बैंकलाई भन्यो– आफ्नो सम्पत्तिको मूल्य आफै तोक्न पाउनुपर्छ

काठमाडौं, २१ असार । नेपाल बैंकर्स संघले आफ्नो सामानको मूल्य आफैं निर्धारण गर्ने छुट प्रदान गर्नु पर्ने माग अघि सारेको छ । कर्जा प्रवाह, नवीकरण, स्वापरअग्रीम भुक्तानी तथा ग्राहकसँग लिने अन्य केही सेवा शुल्कका सीमाहरु अहिले राष्ट्र बैंकले नै तोकिदिने गरेको छ । अधिकांश ऋणी ग्राहकहरुले आफ्नो सामानको मूल्य आफैं निर्धारण गर्ने छुट भएझैं हालको प्रतिस्पर्धात्मक बजारमा प्राइसीङ सम्बन्धी निर्णय बैंकलाई नै दिनु राष्ट्र बैंक तथा राज्यले अंगिकार गरेकोे आर्थिक नीति बमोजिम हुने र यसको लाभ सबै पक्षले पाउने संघले… पुरा पढौ

माथिल्लो तामाकोशी आयोजनाको प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

काठमाडौं, २१ असार। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज सोमबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिचेर आयोजनाको उद्घाटन गर्न लागेका हुन् । माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठका अनुसार भोलिदेखि नै तामाकोशीको ७६ मेगावाट बिजुली रष्ट्रिय प्रशारणमा जोडिनेछ । अबको १५ दिन परीक्षण उत्पादन अवधिको रुपमा रहनेछ । त्यसपछि तामाकोशीबाट व्यवसायिक उत्पादन सुरु हुनेछ र प्राधिकरणले कम्पनीलाई बिजुलीबापत पैसा तिर्न सुरु गर्नेछ ।… पुरा पढौ

सामाजिक सुरक्षा कोष विरुद्ध बैंकका कर्मचारीहरु सर्वोच्चमा

काठमाडौं, २१ असार । सामाजिक सुरक्षा कोषमा आवद्ध नगराउन भन्दै बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनीहरुले आफूहरुको पेशा व्यवसायको हकलाई प्रतिकूल असर पार्ने गरी जबर्जस्ती कोषमा आवद्ध नगराउन र आवद्ध नभएमा जरिवाना नगराउने गरी परमादेश जारी गर्न माग गरेका छन् । सामाजिक सुरक्षा कोषले असार मसान्तभित्र सबै बैंकका कर्मचारीलाई आवद्ध हुन निर्देशन दिएपछि बैंकका कर्मचारी सर्वोच्च पुगेका हुन् । उनीहरुले आफूहरुको खाइपाई आएको सुविधा घट्ने, भविष्यमा पाउने प्रतिफल कम हुने जस्ता कारण… पुरा पढौ

सञ्चालनमा आयो समुन्द्रटार-त्रिशूली ३ बी केन्द्र प्रसारण लाइन

काठमाडौं, २० असार । मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको सरकारले अर्को महत्वपूर्ण परियोजना निर्माण सम्पन्न गरेको छ । जलविद्युत् आयोजना धमाधम निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभाव खेपिरहेका सन्दर्भमा समुन्द्रटार–त्रिशुली ३ बी केन्द्र १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्रै सो आयोजनाको उद्घाटन गरेका थिए । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट शुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिशूली ३ केन्द्र सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारण लाइनले २७०… पुरा पढौ

साताको पहिलो दिन नेप्सेमा आयाे दोहोरो अंकको गिरावट

काठमाडौं, २० असार । साताको पहिलो दिन आईतबार शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकको गिरावटसंगै कारोबार रकममा पनि भारि गिरावट देखिएको छ । शेयर बजारको प्रिओपनिङ सेसन सकारात्मक लयमा थियो । त्यसको केहि बेरमै दोरो अंकले गिरावट भएको नेप्सोन मन्यान्ह र त्यसपछि केहिबेर दोहोरो अंकले बढेको थियो । यसले लगानीतर्काहरुमा आशा जगाए पनि बजार बन्द हुँदाको अवधिमा भने पुनः उत्साहलाई घटाईदियो । नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५१ विन्दुमा पुगेर रोकिएको छ । नेप्से ०.३० प्रतिशतले घट्दा सेन्सेटिभ… पुरा पढौ

साताकाे पहिलाे दिन बढ्याे ७.८५ अंकले नेप्से

काठमाडाैं, २० असार । काठमाडौं, २० असार । साताको पहिलो दिन आईतबार शेयर बजारको प्रि-ओपनिङले सकारात्मक मोड लियो । मध्यान्ह र त्यसपछि केहिबेर दोहोरो अंकले घढेको शेयर बजारमा दिउँसो एक बजेसम्म आउँदा भने पुनः सकारात्मक लयमा फर्कियो । यो समाचार तयार पर्दासम्म नेप्से परिसूचक ७.८५ अंकले बढेर २८५०.८४ विन्दुमा पुग्यो । नेप्से ०.२८ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स २.२७ अंकले बढेर ५३१.०५ विन्दुमा पुगेको छ । कुल २१६ कम्पनीको शेयर कारोबार भएको छ । ४५ लाख ११ हजार ७६४ कित्ता शेयरको… पुरा पढौ

सांग्रिला बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २० असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको असार ६ गते निष्काशन तथा बिक्री खुल्ला गरिएको ‘९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नामक ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म मात्रै रहेको छ । १० वर्ष सम्मको समयावधि रहेको बैंकको ऋणपत्रमा म्याद थप गगेर असार २० गते आजसम्म आवेदन दिन सकिने बनाइएकाे थियाे । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रीका लागि ल्याएको हो । त्यसमध्ये ३० करोड रुपैयाँ बराबरको… पुरा पढौ

चुनवाङमा लसुनबाट रु ४० लाख भित्रियो

रुकुम(पूर्व), २० असार । रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । शुरुआती चरणमा प्रतिकिलो रु ९० मा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो रु ११५ बिक्री हुने गरेको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए । बीउ लसुनको मूल्य भने रु १२५ पुगेको उनको भनाइ छ । चुनवाङमा साना व्यापारीले कृषकबाट लसुन खरिद गर्ने र उनीहरुले… पुरा पढौ