आर्थिक 📈

तेश्रो दिन पनि बढ्याे सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं, ४ जेठ । लगातार तेश्रो दिन मंगलबार आज पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । छापावाला सुनको मूल्यमा रुपैयाँ ६०० ले बृद्धि भएको छ भने चाँदीमा ३५ रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य रुपैयाँ ६०० ले बढेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार… पुरा पढौ

लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं, ४ जेठ । लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ २८ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्नका लागि अनलाइनमार्फत साधारण सभा बोलाएको हो । सभाले १० प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गर्नेछ । साधारण सभामा गत वर्षको मुनाफाबाट ५ प्रतिशतले हुने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोानश शेयर तथा करको प्रयोजनार्थ ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांशको प्रस्तावलाई पारित गरिने भएको छ । साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन पारित… पुरा पढौ

एनआईसी एशिया सेलेक्ट-३० इन्डेक्स फण्ड खुला गर्न बोर्डले दियो अनुमति

काठमाडौं, ३ जेठ । नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया बैंकलाई एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) निष्काशन गर्नका लागि अनुमति दिएको छ । बैंकको म्युचुअल फण्ड अन्तर्गत संचालन हुने उक्त फण्डलाई अनुमति दिइएको हो । बैंकका अनुसार नयाँ फण्डको अवधि ७ वर्षको रहेको छ भने यो बन्दमुखि योजना हो । फण्डमा प्रति इकाई मूल्य रुपैयाँ १० को दरले १० करोड इकाईमध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको एनआईसी एशिया बैंकको लागि छुट्याईएको छ । बाँकी… पुरा पढौ

नेप्से अहिलेसम्मकै उच्च २७५९.२१ विन्दुमा पुग्यो, कतिको भयो कारोबार ?

काठमाडौं, ३ जेठ । कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारि गरेता पनि यहि अवधिमा शेयर बजारमा उछाल आउन लागेकाे छ । आईतबारबाट शेयर बजारमा देखिन थालेको चमक सोमबार पनि कायम रहेको छ । आज नेप्से २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा पुग्दा यसअघिका सबै रेकर्ड तोड्दै नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । लगानीकर्ताहरुका अन्य लगानीका क्षेत्रहहरु बन्द भएका भएपनि शेयर बजारमा भने उनीहरुको उत्साहजनक आगमन भएको आँकलन गरिएको छ । दोहोरो अंकको बृद्धि देखिएको छ ।… पुरा पढौ

लगातार सुनचाँदीको मूल्यमा बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ जेठ । लगातार दोश्रो दिन पनि सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । साताको दोश्रो दिन साेमबार आज सुनको मूल्यमा रुपैयाँ ३०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको थियो । तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।… पुरा पढौ

प्रभु बैंकले ४० लाख इकाई ऋणपत्र बिक्रीका लागि ल्याउँदै

काठमाडौं, ३ जेठ । प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीको तयारी गरेको छ । बैंकले जेठको ११ गतेबाट प्रतिइकाई १ हजार मूल्य अंकित ४० लाख इकाई ऋणपत्र बिक्रीका लागि ल्याउन लागेको हो । बैंकले ४० लाख इकाई ऋणपत्रमध्ये २५०० इकाई ऋणपत्र म्युचुअल फण्डको लागि बाँडिसकिएको छ । २४ लाख इकाई विभिन्न संघ संस्थाहरुको लागि बिक्री गर्ने भएको छ । १६ लाख ७७ हजार ५०० इकाईको लागि सर्वसाधारणले आवेदन पेश गर्न सक्ने भएका छन् । ऋणपत्रको अवधि १० वर्षको… पुरा पढौ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ३ जेठ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँ बृद्धि गरेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमका प्रवक्ता इन्जिनियर बिनित मणि उपाध्यायले जानकारी दिएका छन् । नेपाल आयाल निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा आन्तरिकतर्फको मूल्य प्रतिलिटर २/२ रुपैयाँले बृद्धि गरिएको हो । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको सन्दर्भमा आईतबार ईण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूची अनुसार पेट्रोलमा रु १.४२, डिजेलमा रु २.६८, हवाई इन्धनमा आन्तरिक तर्फ… पुरा पढौ

कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि रु चार अर्ब ३२ करोडको सहमति

काठमाडौं, ३ जेठ कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ३१ करोड ८५ लाख ६० हजार बराबरको सहमति दिएको छ । मन्त्रालयले २६ केन्द्रीय अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर तथा अक्सिजन प्लान्ट र ट्यांकका लागि रु दुई अर्ब ९५ करोड २० लाख बराबरको सहमति दिएको हो । मन्त्रालयले विज्ञप्तिमार्फत केन्द्रीय र प्रादेशिक गरी २५ अस्पताललाई एचडियु स्थापनाका लागि रु एक अर्ब ३६ करोड ६५ लाख ६० हजारको सहमति… पुरा पढौ

स्वास्थ्य सामग्री खरीद गर्न रु १३ करोड ८० लाख बजेट

कर्णाली, ३ जेठ । परिवर्तित रुपसहितको कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले रु१३ करोड ८० लाख उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई अक्सिजन सिलिण्डर खरीद तथा व्यवस्थापनका लागि रु छ करोड, अक्सिजन कन्सन्ट्रेटरका लागि रु पाँच करोड ४५ लाख, रेम्डिसिभरलगायत औषधि खरीद तथा कोभिड बिरामीको हवाई उद्धारका लागि रु एकएक करोड उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता कुर्मराज शाहीले जानकारी दिएका छन् । बैठकले प्रदेशका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्नका… पुरा पढौ

निषेधाज्ञामा इमेलबाटै मुद्धती खाताको नवीकरण गर्न सकिने

काठमाडौं, २ वैशाख । नेपाल बैंकर्स संघले निषेधाज्ञाको अवधिभर घरैबाट बैंकिङ कारोबार गर्न ग्राहकहरुलाई अनुराेध गरेको छ । संघले बैंकिङ कारोबारसंगै मुद्दति खाताको नवीकरण पनि इमेलबाट गर्न सकिने जानकारी दिएको छ । कोभिड १९ को दोश्रो कहर बढेसंगै संक्रमणको जोखिम पनि बढेकोले बैंकिङ कारोबार घरैबाट गर्न संघले बैंकका ग्राहकहरुलाई अनुरोध गरेको हो । मोबाइल तथा इन्टरनेट बैंकिङ मार्फत एउटा खाताबाट अर्को खातामा रकम स्थानान्तरण, खाताकाे व्यालेन्स हेर्ने, बिभिन्न बिल भुक्तानी लगायतका कार्यहरु गर्न सकिने भएकोले यसतर्फ अभ्यस्त हुन अनुरोध गरिएको… पुरा पढौ