आर्थिक 📈

माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडौं, २३ असार । माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याउने तयारी गरेको छ । बैंकले ८.५० प्रतिशत ब्याजदरमा ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र १० वर्षे अवधिको लागि खुला गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि… पुरा पढौ

पेट्रोलमा २, ग्यासमा २५ रुपैयाँ बढ्याे

काठमाडौं, २३ । फेरि नेपाल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । आजबाट लागू हुनेगरी निगमले मूल्य बृद्धि गरेकाे हो । पेट्राेलमा २ रूपैयाँ तथा ग्यासमा २५ रूपैयाँ बृिझ गरेकाे छ । आयल निगमले बिज्ञप्ति जारि गरी पेट्रोल, डिजेल र मट्टितेलको यसअघिको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बृद्धि गरेको जनाएको छ । बृद्धि गरेपछि पेट्रोलको मूल्य १२९ भएको छ । डिजेल र मटिट्टतेलको ११२ पुगेको छ । हवाई इन्धनमा आन्तरिक उडानतर्फ साविक मूल्यमा २ रुपैयाँ बढाएको छ । अब आन्तरिक… पुरा पढौ

परिसूचक र कारोबार रकम खुम्चिदै, लयमा कहिले फर्किएला ?

काठमाडौं, २२ असार । शेयर बजार निरन्तर ओरालो लागेको छ । अधिकांश सूचकहरुसंगै कारोबार पनि घटेको छ । यो समयमा लगानीकर्ताहरु कर, बैंकको किस्ता तथा ब्याजको जोहोमा लागेकोले शेयर बजार कहिले लयमा फर्किने हो पखाईको विषय भएको छ । साताको तेश्रो दिन मंगलबार नेप्से परिसूचक ५.२४ अंकले घटेर २८१८.१० विन्दुमा पुगेको छ । नेप्से ०.१९ प्रतिशतले घट्दा हुँदा सेन्सेटिभ इण्डेक्स १.९७ अंकले घटेर ५२६.७५ विन्दुमा पुगेको छ । कुल २२० कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १३ लाख… पुरा पढौ

बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, २२ असार । सोमबार स्थिर रहेर आईतबारकै मूल्यमा कारोबार भएको सुनचाँदीको भाउ मंगलबार भने उकालाे लागेकाे छ । छापावाला सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९१… पुरा पढौ

साउन १ गतेदेखि नेपालमा अवैध मोबाइल नचल्ने

काठमाडौं, २२ असार । साउन १ गतेदेखि अवैध रुपमा भित्रिएका फोन नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण यसका लागि कडाईकासाथ नियमनमा लागेको छ । प्राधिकरणले आपराधिक गतिविधिहरुको नियन्त्रण तथा राजश्व छलि गरेर नेपाल ल्याईएका मोबाइलहरुको नियन्त्रणका लागि कडाईको व्यवस्था गरेको हो । ग्राहकले विदेशबाट खरिद गरेर ल्याएका फोनहरुलाई प्राधिकरणको अनलाइन सिस्टममा दर्ता गरेपछि मात्रै चलाउन सकिने भएको छ । अहिले सञ्चालनमा रहेका मोबाईलमा भने यो लागू नहुने भएको छ । नेपालमा खरिद गरेका मोबाईलहरु बिक्रेताहरुले नै दर्ता गरेर ल्याउने… पुरा पढौ

मनकामना स्मार्ट लघुवित्तको आइपिओमा २० लाख आवेदन

काठमाडौं, २२ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा २० लाखभन्दा बढीले आवेदन दिएका छन् । साेमबार साँझ ५ः३० बजेसम्म २० लाख २६ हजार २४५ जनाको आवेदन परेको हाे । आवेदन मागभन्दा ७३ गुणा बढी भएको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । यही असार १७ गतेबाट खुला भएको आईपीओ सकिएको छ । क्यापिटलका अनुसार उक्त आवेदनबाट रु दुई अर्ब ६५ करोड ७४ लाख ५० हजार कित्ता शेयर माग भएको छ… पुरा पढौ

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको सफलताले आत्मविश्वास बढाएको छ : प्रम

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले मुलुकको ऊर्जा क्षेत्रको थप विकासका लागि आत्मविश्वास बढाएको बताएका छन् । कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज उद्घाटन गँर्दै प्रधानमन्त्रीले आफनै बलबूतामा विकासका थुप्रै काम गर्न सक्छौ भन्ने विश्वासमा अभिवृद्धि भएको उल्लेख गरे । हरेक क्षेत्रमा बाह्य देशको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने दिशामा आयोजनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले ज्ञान, प्रविधिको विकास र विस्तारलगायतका क्षेत्रमा समेत महत्वपूर्ण योगदान गर्ने स्पष्ट पारे । जलविद्युत्… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम खुम्चियाे

काठमडौं, २१ असार । साताको दोश्रो दिन सोमबार शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताहरु यतिबेला कर बुझाउन हतार, बैंकको किस्ता र ब्याजको तनाबमा हुनुको कारणले शेयर बजारमा त्यसको प्रभाव परेको आकलन गरिएको छ । उनीहरुले लगानीलाई कर, किस्ता तथा ब्याजको जोहो गर्नतिर केन्द्रीत गरेपछि सूचकहरु तथा करोकारमा कमि देखिएको छ । नेप्से परिसूचक ११.७८ अंकले घटेरको छ । यसरी घटेको नेप्से २८२२.७३ विन्दुमा पुगेको छ । नेप्से ०.४२ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ०.०४ अंकले घटेर ५३८.४१ विन्दुमा पुगेको छ… पुरा पढौ

नेप्से दोहोरो अंकले घटेपनि कारोबार पुग्याे साढे १५ अर्ब

काठमाडौं, २१ असार । साताको दोश्रो दिन सोमबार शेयर बजारका सूचकहरु बटे पनि कारोबार रकम भने अन्य दिनको तुलनामा सन्तोषजनक देखिएको छ । नेप्से परिसूचक १०.८४ अंकले घटेर २८२३.६७ विन्दुमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स २.०७ अंकले घटेर ५२६.३८४ विन्दुमा पुगेको छ । कुनैबेला साढे १९ अर्बको अर्बको कारोबार भएको नेप्सेमा केहि हप्तादेखि आएको गिरावटले अझैं लय पकड्न सकेको छैन । ५ अर्ब कारोबारको हाराहारीमा अईपुगेको नेप्सेमा आज दिउसाे पाैने १ वजे सम्मको अवस्थालाई हेर्दा कारोबार… पुरा पढौ

सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, २१ असार । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरि स्थिर रहेर छापावाला सुन तथा चाँदी आईतबारकै मूल्यमा काराेबार भईरहेको छ । आईतबार रुपैयाँ २०० ले बढेर छापावाला सुन प्रतितोला ९१ हजा ५०० रुपैयाँ कारोबार भएको थियो । आज सुनको सोहि मूल्य कायम भई कारोबार भईरहेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ कायम भएको थियो । नेपाल सुनचाँदी व्यवसायी… पुरा पढौ