आर्थिक 📈

बढ्याे सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं, २० असार । साताको पहिलो दिन आईतबार सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा १५ रुपैयाँले बृद्धि भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा २०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएकाे थियाे । महासंघका अनुसार चाँदीको मूल्यमा १५ रुपैयाँले बृद्धि भएको छ… पुरा पढौ

ज्योति विकास बैंकको १ अर्ब ५० करोडको ऋणपत्र बिक्री खुल्ला

काठमाडौं, २० असार । ज्योति विकास बैंकले आजदेखि १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको छ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको लागि ‘ज्याेति विकास बैंक बण्ड २०८७’ नामक ऋणपत्र बिक्रीमा ल्याएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस्मा ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्तामा सर्वंसाधारणले आवेदन गर्न पाउने छन । यसबाट ५… पुरा पढौ

१०३ औषधि उद्योग दर्ता, ६६ वटामात्रै सञ्चालनमा

काठमाडौं, २० असार । मुलुकमा दर्ता भएका करीब दुई तिहाइ मानव औषधि उद्योग मात्र पूर्ण सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभागले शनिवार सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने मानव औषधि उत्पादन उद्योगहरूको विस्तृत अध्ययन प्रतिवेदन–२०७७’ यस्तो देखाएको हो । उक्त प्रतिवेदन अनुसार नेपालको औषधि व्यवस्था विभागमा चालू आर्थिक वर्षको वैशाख १२ गतेसम्ममा १०३ औषधि उद्योग दर्ता छन्, जसमध्ये ६६ ओटा उद्योग मात्र पूर्ण सञ्चालनमा रहेका हुन् । यी उद्योगले उत्पादन र विक्री दुवैका लागि लाइसेन्स पाएको विभागले जानकारी दिएको… पुरा पढौ

लक्ष्मी, सिभिल र स्ट्यान्डर्ड चार्टड बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही, थप तीन बैंकलाई सचेत रहन निर्देशन

काठमाडौं, २० असार । तीन वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । चालु आर्थिक वर्षमा नीतिगत व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले लक्ष्मी, सिभिल र स्ट्यान्डर्ड चार्टड बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले कारबाहीमा परेका बैंकहरूबाट ८७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरीवाना गरेको छ । राष्ट्र बैंकले लक्ष्मी बैंक, सिभिल र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई आर्थिक जरीवाना गरेको हो । राष्ट्र बैंकले थप तीन बैंक ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकलाई सचेत… पुरा पढौ

१८ कम्पनीले पाए १४ अर्ब ३४ करोड बढीकाे आइपिओ बिक्रीकाे अनुमति

 काठमाडौं, १९ असार । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्न पाउने अनुमति पाएको छ । बोर्डले दिएका अनुमतिका आधारमा हेर्दा कूल रु १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० बराबरको साधारण शेयर बिक्री हुनेछ । पछिल्ला दिनमा नेपालको… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाभित्र निर्माण पूरा हुने

पोखरा, १९ असार । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यसकाे निर्माणकार्य अबको ६ महिना विमानस्थल निर्माणकार्य सम्पन्न हुने बताइएको छ । यही मे १० भित्र सम्पन्न हुनुपर्ने समयसीमा रहेकाेमा कोरोनाका कारण आयोजना पर धकेलिएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । गत वर्ष समेत कोरोनाका कारण निर्माणले गति लिन सकेको थिएन । चालू आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले फेरि आएको कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा हुँदा… पुरा पढौ

मनकामनाको आईपीओमा आकर्षण, १२ लाख आवेदन

काठमाडौं, १९ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा आवेदककाे आकर्षण बढेको छ । ३६ हजार चाहिनेमा साढे ३९ लाख आवेदन परेको छ। शुक्रबार ३ बजेसम्ममा लघुवित्तको आईपीओमा ११ लाख ७९ हजार ७१२ जनाले आवेदन दिएका हुन्। लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुनेछ। निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन्। असार १७ गतेदेखि बिक्री खुला भएको लघुवित्तको… पुरा पढौ

हब कोअपरेटिभ सर्भिसको शाखा शुभारम्भकै दिन ५ करोड निक्षेप संकलन

पोखरा, १९ असार । काठमाडौंमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडले पोखरामा शाखा शुभारम्भ गरेको छ । संस्थाको यो पहिलो शाखा हो । उद्घाटनकै दिन ५ करोड निक्षेप संकलन भयो। सेवा शुुभारम्भको दिनमै पोखराका विभिन्न २० वटा सहकारी संस्थाहरु आबद्ध भई ५ करोड निक्षेप संकलन भएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बताए । हब कोअपरेटिभले सहकारीहरुमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विप्रेषण सेवा, रकमान्तर, भुक्तानी तथा फछ्र्यौट सेवा, क्लियरिङ, मोबाइल बैंकिङ, बैंक एवं सहकारीबिच रकमान्तरण र बिलहरु भुक्तानीका… पुरा पढौ

अर्थ मन्त्रालयले दियाे निर्वाचनका लागि सात अर्ब ७२ करोड खर्चकाे सहमति

काठमाडौ, १८ असार । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगलाई उक्त बजेट सीमासम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को सञ्चालन र व्यवस्थापनका लागि उक्त रकम निर्वाचन सामग्रीलगायत अन्य सामग्री खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । आगामी कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणमा निर्वाचनको घोषणा गरिएको छ… पुरा पढौ

सिभिल बैंकका सिइओ पोखरेलले सम्हाले कार्यभार

काठमाडौ‌, १८ असार । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिलकुमार पोखरेलले कार्यभार सम्हालेका छन् । गत जेठ २८ गते बसेको बैंकको ३४५ औँ सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको थियो । गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि हालसम्म बैंक सीइओविहीन थियो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्टाण्डर्ड चार्टर्ड बैंक हुँदै म्यानमारको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ । स्वदेशी तथा… पुरा पढौ