महाेतरी, १८ जेठ । आगामी वर्षको बजेटमा दुईवटा कलेज र रेलमार्गको कुरा महत्वसाथ आएपछि महोत्तरीवासी उत्साहित भएका छन् । नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गर्नुभएको बजेटमा शिक्षा, स्वास्थ्य र यातायातसँग सम्बन्धित ठूलाठूला आयोजना परेपछि जिल्लावासीमा उत्साह देखिएको हो । बजेटमा जिल्लाका सडक, खानेपानी, स्वास्थ्य, सिँचाइ र शिक्षा क्षेत्रका विगतका योजनाले निरन्तरता पाएसँगै बर्दिबास मेडिकल कलेज, रेलमार्ग र इञ्जीनियरिङ कलेजजस्ता महत्वाकाङ्क्षी योजना परेका छन् । खासमा जिल्ला सदरमुकाम जलेश्वरमा इञ्जीनियरिङ कलेज स्थापना गरिने बजेटको घोषणाले…
पुरा पढौ