आर्थिक 📈

नेप्सेमा सामान्य गिरावट: नेप्से ६.५१ अंकले घट्दा कारोबार रकम ३ अर्ब नाघ्यो

काठमाडौं, २५ जेठ। साताको दोस्रो कारोबार दिन मंगलबार पनि धितोपत्र बजार (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन सोमबार पनि सामान्य अंकले घटेको बजारले यस दिन पनि सोही लयलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.६८ अंक, फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.१९ अंकले ओरालो लागेका छन्। कारोबार रकममा भने सुधार नेप्से परिसूचक घटेपनि मंगलबार कारोबार रकममा भने केही सुधार… पुरा पढौ

‘राष्ट्रिय आर्थिक गणना, २०८२’-करिब साढे ८ लाख प्रतिष्ठानको गणना सम्पन्न

काठमाडौं, ५ जेठ। राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गरिरहेको ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ अन्तर्गत हालसम्म ८ लाख ३१ हजारभन्दा बढी आर्थिक प्रतिष्ठानहरूको गणना सम्पन्न भएको छ । आगामी असार ७ गतेसम्म स्थलगत कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको यस गणनामा हालसम्मको प्रगति उत्साहजनक रहेको कार्यालयले जनाएको छ । यसैबीच, आर्थिक गणना कार्यलाई थप प्रभावकारी बनाउन र दीर्घकालीन सहकार्यका लागि राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच ५ वर्षे समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ । समझदारीपत्रमा चेम्बरका तर्फबाट देवेन्द्र लामिछाने र… पुरा पढौ

सुनको भाउ ताेलामा पाँच सयले वृद्धि

काठमाडौं, ५ जेठ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसैगरी चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले वृद्धि भएको छ । सोमबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८५ रुपैयाँ निर्धारण भएको छ । पुरा पढौ

‘तेश्रो सांग्रिला क्विज २०८३’ सम्पन्न, दाङका पिताम्बर र बालिका विजेता

काठमाडौं, ५ जेठ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा सञ्चालित ‘तेश्रो सांग्रिला क्विज २०८३’ भव्य रूपमा सम्पन्न भएको छ। संस्थागत क्रियाकलाप र बौद्धिक प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’ हालै सम्पन्न भएको हो। क्विजको फाइनल प्रतिष्पर्धामा 'क्लस्टर राउन्ड'बाट छनोट भएर आएका १० वटा क्लस्टर तथा सब क्लस्टरका कुल २० जना (प्रतिटोली २ जना) प्रतिस्पर्धीहरूले उपाधिका लागि भिडन्त गरेका थिए। विजेता र पुरस्कार विवरण तीव्र प्रतिस्पर्धाका बीच दाङ सब क्लस्टरका पिताम्बर बाँस्तोला र बालिका पाण्डे… पुरा पढौ

सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि आउदै

काठमाडौं, ५ जेठ। सानिगाड हाइड्रो लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन प्रक्रिया अघि बढाएको हो। कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको कुल ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। कसका लागि… पुरा पढौ

नाफा र ईपीएसमा रिलायबल नेपाल ‘टप’, ठूला र मर्जर भएका कम्पनीलाई सकस

काठमाडौं, ५ जेठ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएसँगै नेपाली जीवन बीमा बजारमा रोचक दृश्य देखिएको छ। बजारमा नयाँ र पुराना कम्पनीहरूबीचको व्यावसायिक प्रतिस्पर्धा र मर्जरपछिको 'सिनर्जी' को प्रभाव कम्पनीहरूको नाफा र प्रतिशेयर आम्दानी (ईपीएस) मा स्पष्ट रूपमा प्रतिविम्बित भएको छ। समीक्षा अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नाफा र प्रतिशेयर आम्दानी दुवै सूचकमा बजारकै 'टप' कम्पनी बन्न सफल भएको छ। रिलायबल नेपाल पहिलो, आईएमई र नेशनल लाइफ पछ्याउँदै रिलायबल नेपाल लाइफले चालु आर्थिक वर्षको… पुरा पढौ

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी, ५ जेठ। जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ । यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिनुभयो । ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उहाँको भनाइ छ । वैशाख महिनामा २२ सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको र २६ जना घाइते भएका थिए । बाह्र वटा सवारीसाधन… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ५ जेठ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २०६ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९छ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ४० पैसा कायम… पुरा पढौ

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), ५ जेठ। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३ को १० महिनामा रु तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो । कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु चार अर्ब ४० करोड १५ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । वैशाख महिनामा मात्र रु ४२ करोड ८५ लाख ६३ हजार राजस्व… पुरा पढौ

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

काठमाडौं, ४ जेठ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो । समितिका अनुसार कान्तिपुर सहकारीका २१५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ र पशुपति सहकारी सात जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् । आज पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिने भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला… पुरा पढौ