आर्थिक 📈

नेप्से झिनो अङ्कले घट्याे, दुई अर्ब ४५ करोडकाे काराेबार

काठमाडौं, ४ जेठ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव ९१ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ५० अङ्कले उकालो लागेर चार सय ६८ दशमलव शून्य पाँचमा पुगेको छ । कुल तीन सय ३९ कम्पनीको ५८ लाख २८ हजार छ सय चार कित्ता… पुरा पढौ

आगामी बजेटमा व्यापक सुधारवादी आउने-अर्थमन्त्री वाग्ले

काठमाडौं, ४ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताएका छन्। काठमाडौँमा सोमवार आयोजित 'नेपाल विजनेश समिट' लाई सम्बोधन गर्दै उनले नेपाली जनताले दिएको अभूतपूर्व जनादेशलाई शिरोधार्य गर्दै सरकारले यी क्षेत्रलाई केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट पारे। विगत १०–१५ वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनुपरेको भन्दै अर्थमन्त्री वाग्लेले अब मुलुकलाई त्यसबाट मुक्त गराइने प्रतिबद्धता व्यक्त गरे। उनले ‘सुशासनको लाभांश’ (Governance Dividend) नेपाली समाजको तल्लो तहसम्म फैलाउने सरकारको लक्ष्य… पुरा पढौ

सुनको भाउ तोलामा आठ सयले वृद्धि

काठमाडौं, ४ जेठ। स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ८०० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु दुई लाख ९४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ । यस्तै, चाँदी प्रतितोला रु २० ले घटेको छ । आइतबार प्रतितोला रु पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला… पुरा पढौ

सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ४ जेठ । सानिमा क्यापिटलले बैशाख २४ गतेदेखि निष्काशन गरेको सानिमा इक्विटी फण्ड २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने याे बन्दमुखि योजनाको इकाई खरिदका लागि जेठ ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएकाे थियाे । तर मागभन्दा बढी आवेदन परेका कारण सोभन्दा अगावै निष्काशन बन्द गर्न लागिएको छ। योजनाको मुख्य विशेषताहरू क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा… पुरा पढौ

सेबोन अध्यक्ष छनोट समितिकाे आज पहिलो बैठक बस्दै, ५ जनाको सर्टलिस्ट तयार पारिने

पोखरा, ४ जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विगत करिब एक महिनादेखि रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि प्रक्रियाले पुनः गति लिन थालेको छ। अध्यक्ष नहुँदा पुँजी बजारका धेरै महत्त्वपूर्ण काम र नीतिगत निर्णयहरू रोकिइरहेका बेला सरकारले अध्यक्ष छान्न बनेको समितिको संयोजक परिवर्तन गरेको हो। राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्य अध्यक्ष छनोट समितिको नयाँ संयोजक चयन भएका छन्। नयाँ संयोजक तोकिएसँगै समितिको पहिलो बैठक आज (सोमबार) बस्दैछ। ५ जनाको सर्टलिस्ट र नियुक्तिको कानुनी प्रक्रिया अर्थ मन्त्रालयले धितोपत्र… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे भाउ

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ १७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४८… पुरा पढौ

व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी

दमौली (तनहुँ), ४ जेठ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा निर्माण सम्पन्न भएको नगरस्तरीय अस्पतालमा साढे दुई करोडभन्दा बढी लगानी भएको छ । व्यास नगरपालिकाले निर्माण गरेको नगरस्तरीय अस्पताल भवनमा हालसम्म दुई करोड ६४ लाख ३४ हजार ६५४ रुपैयाँ लगानी भएको हो । सदरमुकाम दमौलीमा गण्डकी प्रदेश सरकारमातहतको प्रदेश अस्पताल दमौली रहेकामा नगरपालिकाले सदरमुकामभन्दा पाँच किलोमिटर पर नगरस्तरीय अस्पताल निर्माण गरेको हो । आर्थिक वर्ष २०७७÷७८ देखि यहाँ नगरस्तरीय अस्पताल निर्माणको काम सुरु भएको थियो । नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर… पुरा पढौ

कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

घोराही (दाङ), ४ जेठ । घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी हुनुहुन्छ । गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उहाँ बताउनुहुन्छ । छोराछोरीको पढाईदेखि घर खर्च टार्न पनि सहज भएको उहाँको अनुभव छ । कृषि फार्ममा काम पाएपछि पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयोे । “पहिले हिउँदमा काम नहुँदा घरमै बस्नुपथ्र्यो, तर यहाँ कृषि फार्म खुलेपछि गाउँघरमै काम पाइनुका साथै आम्दानी पनि भइरहेको छ”, उहाँले भन्नुभयो । हाल मासिक १४–१५… पुरा पढौ

सेबोनद्वारा २४ कम्पनीलाई आइपिओ निष्कासनको अनुमति, ९८ कम्पनी पाइपलाइनमा

काठमाडौं, ४ जेठ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ वटा कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ। बोर्डका अनुसार अनुमति पाएका ती कम्पनीहरूले कुल ९ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण शेयर निष्कासन गर्नेछन्। यस शेयरको कुल बजार मूल्य रु ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० बराबर रहेको छ। जलविद्युत् क्षेत्रको वर्चस्व अनुमति पाउने कम्पनीहरूमा जलविद्युत् क्षेत्रको बाहुल्यता देखिएको छ। कुल २४ कम्पनीमध्ये १५ वटा जलविद्युत्… पुरा पढौ

डिजिटल कारोबारमा छलाङ-चैतमा मात्रै ९४ खर्ब बढीको भुक्तानी, मोबाइल बैंकिङ लोकप्रिय

काठमाडौं, ३ जेठ । मोबाइलको बढ्दो प्रयोग र इन्टरनेट पहुँच विस्तारसँगै नेपालमा विद्युतीय (डिजिटल) भुक्तानी कारोबार तीव्र रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नवीनतम तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा मात्रै डिजिटल माध्यमबाट ९४ खर्ब ७२ अर्ब १० करोड ८ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । केन्द्रीय बैंकले डिजिटल कारोबारका माध्यमहरूलाई १६ वटा शीर्षकमा वर्गीकरण गरेर तथ्यांक अद्यावधिक गर्दै आएको छ । ती विभिन्न माध्यमहरू भई चैत महिनामा मात्रै कुल २२ करोड २९ लाख ४८ हजार… पुरा पढौ