आर्थिक 📈

‘निजी क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड हुन्’

भैरहवा (रुपन्देही), ३ जेठ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेकाले उद्योगी-व्यवसायीलाई प्रोत्साहन गर्ने किसिमले नीति बनाइने प्रतिबद्धता जनाउनुभएको छ । भैरहवामा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहमा मुख्यमन्त्री आचार्यले नव-निर्वाचित पदाधिकारीलाई उद्योगी-व्यवसायीको अभिभावकको भूमिकामा रहेर काम गर्न आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्र प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्दै उद्योगी-व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । नयाँ कार्यकारिणी समितिका पदाधिकारीलाई व्यवसायीले आशा… पुरा पढौ

सृजनशील स्वाबलम्बन कृषि सहकारीद्वारा कौसी खेती-करेसाबारी तालिम एवं बिउ पूँजी वितरण

पोखरा, ३ जेठ । पोखरा महानगरपालिका वडा नं ३ मा रहेको सृजनशील स्वाबलम्बन कृषि सहकारी संस्थाले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहकार्यमा कौसी खेती तथा करेसाबारी तालिम एवं बिउ पूँजी वितरण कार्यक्रम आईतबार पोखरामा सम्पन्न गरेको छ । तालिममा १२१ जनाकाे सहभागि भएका थिए । कौसी खेती तथा करेसाबारी तालिममा मुक्तिनाथ कृषि कम्पनीका प्राविधिकहरूले प्राविधिक सहजीकरण गरेका छन् । तालिमका मुख्य सहजकर्ता मुक्तिनाथ कृषि कम्पनीका अधिकृत मदन कँडेलले सहरी तथा अर्ध-सहरी क्षेत्रमा कौसी खेतीको व्यावसायिक र घरायसी महत्त्वबारे प्रकाश पार्नुभयो ।… पुरा पढौ

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

काठमाडौं, ३ जेठ । आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत बृद्धि तथा निर्यात रणनीति, २०८३ सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आम जनताको सुझावका लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य राखेको छ । विद्युतीय चुल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरिएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको… पुरा पढौ

दश महिनामा रु ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन

बागमती, ३ जेठ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा रु ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर शीर्षकसहित बाँडफाँटबाट आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख महिनासम्ममा रु २० अर्ब एक करोड तीन लाख ८९ हजार राजस्व सङ्कलन भएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत इन्द्रराज सञ्ज्यालले जानकारी… पुरा पढौ

अर्थमा सबैभन्दा बढी बेरुजु, कुल बेरुजु ८८ अर्ब नाघ्यो

काठमाडौं, ३ जेठ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस वर्ष संघीय, प्रदेश, स्थानीय तह र विभिन्न समिति तथा संस्थाहरूको लेखापरीक्षण गर्दा कुल रु. ८८ अर्ब ९ करोड ११ लाख बेरुजु औंल्याइएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम रीत नपुर्‍याई वा नियमविपरीत गरिएका कारोबारलाई बेरुजुका रूपमा वर्गीकरण गरिएको हो। प्रतिवेदन अनुसार कुल बेरुजुमध्ये सबैभन्दा ठूलो हिस्सा नियमित गर्नुपर्ने शीर्षकमा ५७.०६ प्रतिशत छ। यस्तै, असुल गर्नुपर्ने बेरुजु ३७.०६ प्रतिशत र पेश्की बाँकी ५.८८ प्रतिशत रहेको छ।… पुरा पढौ

नेरुडे मिर्मिरे लघुवित्तद्वारा ४४ हजार कित्ता बढी संस्थापक सेयर बिक्री खुला

काठमाडौं, ३ जेठ। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनी बिनोद कुमार अग्रवालको नाममा रहेको ४४ हजार ६२३ कित्ता सेयर बिक्रीका लागि अगाडि बढाएको हो। यो सेयर खरिदका लागि हालका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र वित्तीय संस्थाको कर्पोरेट कार्यालय, लोकन्थली, भक्तपुरमा लिखित रूपमा आवेदन पेस गर्नुपर्नेछ। सर्वसाधारणका लागि कहिले खुल्छ? कम्पनीका… पुरा पढौ

नबिल बैंकको ‘एनबैंक’ एपमा अब मोबाइलबाटै सजिलै एसआइपी (SIP) लगानी गर्न सकिने

काठमाडौं, ३ जेठ। नबिल बैंक लिमिटेड (NABIL) ले आफ्नो डिजिटल बैंकिङ एप ‘एनबैंक’ (nBank) मा ‘लगानी’ सम्बन्धी नयाँ सेवा विस्तार गरेको छ। ग्राहकहरूका लागि लगानी प्रक्रियालाई अझ सहज, सुरक्षित र पूर्ण रूपमा डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको बैंकले जनाएको छ। यो सुविधा सञ्चालनका लागि नबिल बैंक लिमिटेड र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच यही वैशाख ३१ गते एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्ट… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ३ जेठ। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ १२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा… पुरा पढौ

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

कैलाली, ३ जेठ। धनगढीमा शनिबारदेखि सुरु भएको ‘सुदूरपश्चिम कचहरी २०८३’ अन्तर्गत ‘सुदूरपश्चिम प्रदेशको सम्भावना र समृद्धिबारे नीतिगत बहस’ सत्रमा सहभागी वक्ताहरूले संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव हुने बताएका हुन् । प्रदेश सरकारका प्रमुख सचिव बैकुण्ठ अर्यालले प्रदेशका विकास आयोजनाहरू निर्माणका लागि प्रदेश, स्थानीय र सङ्घीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । निजी क्षेत्र र अन्तरराष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले विकास तथा लगानी सम्मेलनको तयारी गरिरहेको बताउँदै उहाँले प्रदेशको दक्षिणी क्षेत्रमा कृषि उत्पादन, मध्यवर्ती क्षेत्रमा वनजन्य उत्पादन तथा… पुरा पढौ

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’

भोजपुर, ३ जेठ। षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो । किसानलाई गुणस्तरीय रैथाने बीउ उपलब्ध गराउने, लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका बाली पुनः उत्पादनमा ल्याउने तथा कृषि जैविक विविधता जोगाउने लक्ष्यसहित बीउ बैंक स्थापना गरिएको नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । यस अभियानले स्थानीयस्तरमा रैथाने बालीको… पुरा पढौ