आर्थिक 📈

वीरगञ्ज भन्सारबाट १० महिनामा झण्डै २ खर्ब राजस्व सङ्कलन, लक्ष्यको ८९ प्रतिशत प्रगति

वीरगञ्ज (पर्सा), २ जेठ । देशको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा झण्डै २ खर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा कुल १ खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको हो । भन्सार विभागले यस अवधिका लागि वीरगञ्ज भन्सारलाई २ खर्ब २३ अर्ब १८ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । जसमा कार्यालयले लक्ष्यको ८९.३५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । राजस्व… पुरा पढौ

साताको सेयर बजार: नेप्से परिसूचक १४ अंकले घट्यो, औसत कारोबार रकममा सुधार

काठमाडौं, २ जेठ । धितोपत्र बजारमा यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । गत साताको तुलनामा यस साता नेप्से परिसूचक करिब १४ अंकले घटेर बन्द भएको हो । गत साता २७४५.६५ विन्दुमा बन्द भएको नेप्से, यो साता ०.५० प्रतिशत अर्थात् १३.७१ अंकले ओरालो लाग्दै २७३१.९४ विन्दुमा सीमित हुन पुगेको छ । ५ दिनमा ३ दिन बजार घट्यो यस साता नियमित पाँच कारोबार दिन नै बजार खुलेको थियो । जसमध्ये दुई कारोबार दिन नेप्से परिसूचकमा सुधार देखिए… पुरा पढौ

हिमालचुलीको रोयल्टी समयमै जम्मा गर्न सङ्घलाई आग्रह

काठमाडौं, २ जेठ। पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखापरीक्षकको कार्यालयले नेपाल पर्वतारोहण सङ्घलाई आग्रह गरेको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ७ बमोजिम पर्वतारोहणबाट प्राप्त रोयल्टी सङ्घीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । सो कोषमा जम्मा भएको रकम सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने व्यवस्था रहेको महालेखापरीक्षकको कार्यालयले तयार पारेको ६३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । सरकारले २०७५ साउन १०… पुरा पढौ

घरजग्गा कारोबारमा उत्साह: ६ अर्ब बढी राजस्व सङ्कलन

काठमाडौं, २ जेठ । नयाँ वर्ष २०८३ को पहिलो महिना वैशाखमा देशभर घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि भएको छ । सुस्त रहेको घरजग्गा बजारमा वैशाख महिनामा सुधार आउँदा कारोबार सङ्ख्या र राजस्व सङ्कलन दुवैमा वृद्धि देखिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार वैशाख महिनामा देशभरका भूमि प्रशासन (मालपोत) कार्यालयहरूबाट कुल ५८ हजार ८ सय ८६ वटा घरजग्गा किनबेच तथा कारोबार भएका छन् । अघिल्लो महिना र गत वर्षको तुलनामा वृद्धि विभागका अनुसार वैशाखको कारोबार सङ्ख्या… पुरा पढौ

‘आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने, बाह्य क्षेत्र सहज तर भूराजनीतिक जोखिम कायमै’ (पूर्णपाठ)

काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । विभिन्न आन्तरिक तथा बाह्य चुनौतीका बावजुद देशको समष्टिगत आर्थिक सूचकहरूमा क्रमिक सुधार देखिएको राष्ट्र बैंकको समीक्षाले औंल्याएको छ । आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानलाई उद्धृत गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत कायम रहने जनाएको छ । मौसमको प्रतिकूलता र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रको वृद्धिदर… पुरा पढौ

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

कर्णाली, २ जेठ। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम तर्जुमाका विषयमा यहाँका दलहरुसँग छलफल गरेको छ । यस अघि जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारी एवं सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विकास साझेदार निकायका प्रमुख एवं प्रतिनिधिसँग छलफल गरिसकेको प्रदेश सरकारले शुक्रबार यहाँका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुसँग आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमाका सन्दर्भमा छलफल गरेको हो । छलफलमा मुख्यमन्त्री यामलाल कँडेलले सरकारको नयाँ नीति तथा कार्यक्रम र बजेट निर्माणमा दलहरुको सुझाव… पुरा पढौ

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक

काठमाडौं, १ जेठ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत राखेको जनाएको छ । बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको सुरुदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको हो । समीक्षाअनुसार ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात (सीआरआर) तथा वैधानिक तरलता अनुपात (एसएलआर) सम्बन्धी विद्यमान व्यवस्थाहरू यथावत कायम गरिएको छ । यद्यपि… पुरा पढौ

ओरालो लाग्ने क्रम रोकियो, सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं, १ जेठ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटिरहेको शेयर बजारमा साताको अन्तिम दिन शुक्रबार भने सुधार देखिएको छ। शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेर बन्द भएको छ। परिसूचकसँगै यस दिन सेन्सेटिभ इण्डेक्स ०.३४ अंक, फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले बढेका छन्। कारोबार रकममा भने गिरावट नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। बिहीबार ३ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा शुक्रबार ३… पुरा पढौ

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत

काठमाडौं, १ जेठ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याएकामा हालसम्म वार्षिक विनियोजनको ५९ दशमलव ७५ प्रतिशत खर्च भएको छ । उक्त कार्यालयका अनुसार चालु आवका लागि चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८… पुरा पढौ

घट्यो सुनचाँदीको भाउमा भारि गिरावट

काठमाडौं, १ जेठ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ३९० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७४५ मा खरिदबिक्री भएको थियो… पुरा पढौ