आर्थिक 📈

कृषिमा नयाँ व्यवस्था आउँदैछः मन्त्री भुसाल

झापा, ७ असोज । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गरे । उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिए ।… पुरा पढौ

बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बेच्ने

काठमाडौं, ७ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब एक हजार २०० किलो प्याज बरामद गरेको थियो । सोही प्याज खाद्य कम्पनीले बिक्री गर्ने भएको हो । बरामद गरिएको प्याज लामो समयसम्म राख्दा कुहिने सम्भावना धेरै भएपछि मङ्गलबार साँझ उद्योग मन्त्रालयमा भएको छलफलले खाद्य… पुरा पढौ

समृद्धि फाइनान्सले २ सय प्रतिशत हकप्रद दिने, भदौं ११ गतेसम्म कायम सेयरधनीले पाउने

काठमाडौं, ७ असोज । समृद्धि फाइनान्सको २ सय प्रतिशत हकप्रद सेयर असोज १६ गतेबाट बिक्री खुला हुने भएको छ । कम्पनीले १ः२ अनुपातमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा कात्तिक ६ गतेसम्म आवेदन दिन सकिनेछ । भदौ ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको बीओके क्यापिटल मार्केटले गर्नेछ । बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालयबाट आवेदन सकिनेछ… पुरा पढौ

४७ करोड कमाएको शिखर इन्स्योरेन्सले लाभांश भने नदिने

काठमाडौं, ७ असोज । ४७ करोड रुपैयाँ भन्दा धेरै खुद मूनाफा आर्जन गरेको शिखर इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश भने नदिने भएको छ । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र७६ को कमाईबाट शेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको छ । इन्स्योरेन्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा राख्ने निर्णय गरेको हो। सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७५-७६ को बीमा समितिबाट निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिम वित्तीय विवरणहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण… पुरा पढौ

आर्थिक क्षेत्रको अध्ययनका लागि विभिन्न उपसमिति गठन

काठमाडौं, ७ असोज । मुलुकको आर्थिक क्षेत्रको अध्ययनका लागि चारवटा उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो । बैठकले सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनसम्बन्धी उपसमिति, राजश्व चुहावट, राजश्व बक्यौता र राजश्व प्रशासन उपसमिति, बैंक तथा वित्तीय संस्था उपसमिति तथा सार्वजनिक संस्थान अध्ययन उपसमिति गठन गरेको हो । बैठकले ती चारवटै उपसमितिका लागि संयोजक समेत तोकेको छ । बैंक तथा वित्तीय संस्था उपसमितिको संयोजकमा जुलीकुमारी महतो,… पुरा पढौ

नेप्से परिसूचक २२.९१ अंकले घट्यो

काठमाडौं, ६ असोज । साताको तेस्रो दिन नेप्से २२.९१ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक २२.९१ अंकले घटेर १ हजार ५४६ दशमलव १५  विन्दुमा कायम भएको छ । कूल १९९ कम्पनिको ७८ लाख ५६ हजार ७८८ कित्ता शेयर रु दुई अर्ब ८१ करोड २८ लाख ५६ हजार ५८४ मूल्यमा खरिद बिक्री भए । आज कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरोलो लागेको छ । बैंकिङ २२.३६, व्यापार २.१३, होटल १५.०६, विकास बैंक ४०.३, जलविद्युत् २४.९१, वित्त १२.४९, निर्जीवन बीमा ११२.६६,… पुरा पढौ

नेपालगञ्ज भन्सारले लक्ष्यभन्दा बढी राजश्व उठायाे

नेपालगञ्ज, ६असाेज । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा उत्साहजनक राजश्व सङ्कलन गर्न सफल भएको छ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयलले चालु आवको साउन र भदौ महिनामा भने लक्ष्यभन्दा अधिक राजश्व सङ्कलन गरेको छ । चालु आवको पहिलो महिनामा नेपालगञ्ज भन्सार कार्यालयले रु एक अर्ब ६८ करोड राजश्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिए। उनका अनुसार साउन महिनामा रु ९४ करोड… पुरा पढौ

एनएमबि बैंकको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ६ असोज । एनएमबि बैंकको शेयर नेप्सेमा सूचीकृत भएको छ । कञ्चन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेपछिको ४९ लाख ६७ हजार ६५५ कित्ता शेयर एनएमबिले नेप्सेमा सूचीकृत गराएको हो । बुधवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् । एनएमबि बैंकले कञ्चनलाई प्राप्ती गरी भदौ ७ गतेदेखि एकिकृत कारोबार सुरु गरेको हो । एनएमबिले कञ्चनको १०० कित्ता शेयर बराबर आफ्नो ८५ कित्ता शेयर आदानप्रदान गर्ने गरि प्राप्ती गरेको थियाे । पुरा पढौ

सुनको मूल्य घट्याे

काठमाडौं, ६ असोज । मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९५ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार तोकेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैया कायम भएको जनाइएकाे छ । पुरा पढौ

सहकारीका लागि नयाँ ब्याजदर ताेकियाे, कर्जामा १४.७५ प्रतिशत भन्दा बढी लिन नपाइने

काठमाडौं, ६ असोज । सहकारी संस्थाहरुका लागि नयाँ सन्दर्भ ब्याजदर तोकिएको छ । सहकारी संस्थाहरुले ऋण लगानी गर्दा १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने गरी सन्दर्भ ब्याजदर तोकिएको हो । सहकारी विभागले गठन गरेको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले आगामी कार्तिक १५ गतेदेखि लागु हुनेगरी उक्त निर्णय गरेको हो । सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर… पुरा पढौ