आर्थिक 📈

अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित

खोटाङ, ९ असोज । खोटाङको जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा अज्ञात रोगले मर्न थालेपछि किसान चिन्तित भएका छन । ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएको छ । बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका हुन । गत असारदेखि फैलिएको अज्ञात रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानका खोर नै रित्तिएको स्थानीयवासीले बताएका छन । खोरमा पालिएका नौँवटा बाख्रा मर्दा खोर नै रित्तिएको जन्तेढुङ्गा गाउँपालिका–५ खुटाकी रिता खत्रीले बताईन… पुरा पढौ

हेटौँडामा पाउडर दूध उद्योग स्थापनाकाे प्रक्रिया शुरु

हेटौडा, ८ असोज । हेटौँडामा पाउडर दूध उत्पादनका लागि पाउडर दूध उद्योग निर्माण हुने भएको छ । दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमता भएकाे उद्योग स्थापना गर्नको लागि प्रक्रिया शुरु गरिएको हाे । बाग्मती प्रदेशकाे राजधानी रहेकाे हेटौंडामा उद्योग स्थापनाको लागि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले कार्ययोजना तयार पारेको छ । अनुमानित रु ४५ करोडको लागत लाग्ने उक्त उद्योगका लागि ठेक्का प्रक्रिया अगाडि बढाईएको छ । प्रदेश सरकारद्वारा गठन गरिएको वाग्मती प्रदेश दूध विकास बोर्डद्वारा उद्योग स्थापनाकाे काम भईरहेकाे… पुरा पढौ

नेप्से परिसूचक ५.७४ अंकले बढ्यो, २ अर्ब बढीको कारोबार

काठमाडौं, ८ असोज । साताको अन्तिम दिन नेप्से ५.७४ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ५.७४ अंकले बढेर १ हजार ५६१ दशमलव २७ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज २ अर्ब २३ करोड ३४ लाख बढीको कारोबार भएको छ । आज जलविद्युत उपसुचाकं सामान्य अंकले बढेपनि अधिकाशं कम्पनीहरुको ठूलो परिणाममा शेयर खरिदविक्रि भएको छ । पुरा पढौ

घट्यो सुनको मूल्य, तोलामा ९३ हजार १०० रुपैयाँ

काठमाडौं, ८ असोज । बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबार सुनको मूल्य तोलामा ९४ हजार ३ सय रहेकोमा आज १२ सयले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६ निर्धारण गरिएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ११२० रुपैयाँमा कारोबार भएको हो । पुरा पढौ

नेपाल बैंकद्वारा गैह्र बैंकिङ सम्पत्ति बिक्रीका लागि बोलपत्र आह्वान

काठमाडौं, ८ असोज । नेपाल बैंक लिमिटेडले देशभरीका विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्नका लागि आज सिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको प्रधान कार्यालय, कर्जा असुली विभागले गोप्य सिलबन्दी बोलपत्रबाट जग्गा बिक्री गर्न लागेकाे हाे । यसका लागि आफुले लिन चाहेको मूल्य खुलाएर आवेदन दिन हुन अनुरोध गरेको छ । बैंकले आफ्नो नाममा रहेका गैह्र बैंकिङ सम्पत्तिहरु र जग्गाको बोलपत्र आव्हान गरेकोले यसका लागि तीन हप्ता (२१) दिनभित्र आवदेन दिन सकिने बैंकद्वारा आज प्रकाशित सूचनामा जनाईएको छ । घरजग्गा… पुरा पढौ

गुँरास लाइफको हकप्रद बिकेन, ५ लाख ९० हजार कित्ता शेयर लिलामी गर्ने

काठमाडौं, ८ असोज । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले नबिकेकाे हकप्रद शेयर लिलामी गर्ने भएकाे छ । यस अघि वितरण हुन नसकेको हकप्रद शेयर असोज १३ गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको हाे । कम्पनीले सर्वसाधारण तर्फको ३ लाख ३ हजार ५६५ कित्ता र संस्थापक तर्फको २ लाख ५२ हजार ४४९ कित्ता गरी कुल ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । यी शेयर यस अघि असार १४ गतेदेखि साउन ४ गतेसम्म विक्री खुला हुँदा… पुरा पढौ

सप्तकोसी नगरपालिकाको झन्डै ४७ करोड बजेट पारित

सप्तरी, ८ असोज । सप्तकोसी नगरपालिकाले झन्डै ४७ करोड वजेट पारित गरेकाे छ । नगरसभाबाट रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित भएकाे हाे । नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा भएकाे कार्यक्रममा उपप्रमुख आशा चौधरीद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट प्रस्तुत गरिएको हो । नगरसभामा प्रमुख अतिथि प्रदेश नं २ का प्रदेश सभासदस्य सत्यनारायण मण्डलले देशमा व्यवस्था फेरिए पनि मानिसको सोचमा परिवर्तन नभएको बताएका थिए । पुरा पढौ

३ अर्ब सहुलियत ऋण दिने वाग्मती सरकारको निर्णय

मकवानपुर, ८ असोज । वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा रु तीन अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कृषि, उद्योग, व्यापारव्यवसायसँंग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न कार्यविधिसमेत पारित गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । पुरा पढौ

व्यूटीपार्लर खोल्नुपर्ने माग गर्दै युनियनले बुझायो देशभर ज्ञापन

पोखरा, ७ असोज । व्यूटीपार्लर खोल्नुपर्ने माग गर्दै व्यूटीसियनहरुले देशभरका सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमा ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालले देशका सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय सहित स्थानीय निकायमा ज्ञापनपत्र बुझाएको हो । युनियन अध्यक्ष सुमन गुरुङले लामो समयसम्म लकडाउन तथा बन्दाबन्दीसँगै सौन्दर्यक्षेत्रमा कार्यरत् स्वरोजगार श्रमिकहरु ठूलो मारमा परेको भन्दै व्यूटीपार्लर खोलेर सेवा संचालनको अनुमति दिनुपर्ने भन्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिइन् । युनियन संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश सांसद मीना… पुरा पढौ

नेप्से परिसूचक ९.३७ अंकले बढ्यो, १ अर्ब बढीको कारोबार

काठमाडौं, ७ असोज । साताको चौथो दिन नेप्से ९ . ३७ अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ९ . ३७ अंकले बढेर १ हजार ५५५ दशमलव ५२ विन्दुमा कायम भएको छ । नेप्सेका अनुसार आज १ अर्ब ७२ करोड ७८ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समुहमध्ये होटल बाहेक अन्य सबै समुहमा हरियाली छाएको छ । पुरा पढौ