आर्थिक 📈

मिस्ट्री खोलाको साधारण शेयर निष्कासन

म्याग्दी, ३ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्री खोला जलविद्युत् आयोजनाको साधारण शेयर (आइपिओ) निष्कासन भएको छ । बयालिस मेगावाट क्षमताको मिस्ट्री र नुवाकोटस्थित ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि एकै पटक १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन भएको हो । दुईवटै आयोजनाको प्रवद्र्धक माउन्टेन इनर्जी नेपाल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० देखि अधिकतम २० हजार कित्ता शेयर खरिद गर्न पाउने माउन्टेन इनर्जीका प्रशासन… पुरा पढौ

आन्तरिक उडानको ५० प्रतिशत बुकिङ, असोज ५ देखि नियमित सञ्चालन

काठमाडौ, ३ असोज । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको मुलुकको आन्तरिक हवाई उडान यही असोज ५ देखि नियमित सञ्चालन हुँदैछ । बन्दाबन्दीले छ महिना व्यवसाय ठप्प प्रायः रहेको आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् । स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्दै सुरक्षित उडान सुनिश्चितताका लागि वायुसेवा कम्पनीले नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गर्नेछन् । यही असोज ५… पुरा पढौ

सुनको मूल्य वृद्धि

काठमाडौं, २ असोज । आज सुनको मूल्यमा ४ सय रुपैयाँ वृद्धि भएर ९७ हजार रुपैयाँ कायम भएको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ बढेर ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएको छ । पुरा पढौ

युवालाई स्वरोजगार बनाउन विनाधितो कर्जा

खस्यौली, २ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विना धितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु गरेको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा रु चार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो । पहिलो चरणमा रु दुई करोड कर्जा प्रवाह गर्ने गरी नगरपालिकाले युवाहरुसँग गत वैशाख २४ गते उद्यम प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेश गरेका झण्डै ७०० मध्ये पहिलो चरणमा छनौट भएका ८७ लाई कर्जा दिन थालिएको हो ।… पुरा पढौ

लिवर्टी ईनर्जीको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

काठमाडौं, २ असोज । लिवर्टी इनर्जी कम्पनी लिमिटेडकाे शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा सर्वसाधारणमा प्रारम्भिक निष्काशन मार्फत जारी गरी बाँडफाँड गरेको तथा संस्थापकहरुले लगानी गरेको समेत गरी रु. १०० अंकित दरका जम्मा १,५०,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत गरेको कम्पनीका प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले बताए । उक्त सुचिकरण सम्बन्धी समझदारी पत्रमा आज (शुक्रबार) लिवर्टी इनर्जी कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरे तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी… पुरा पढौ

६० किसान मिलेर डेरी सञ्चालन

गलेश्वर, २ असोज । म्याग्दीको एउटा गाउँका ६० किसानले बजारमा दुग्ध सहकारी संस्था तथा डेरी सञ्चालन गरेका छन् । बिचौलियाहरुले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गरी बजारमा एकाधिकार कायम गरेको समयमा बेनी नगरपालिका–४ बास्कुनाका ६० पशुपालक कृषकले डेरी सञ्चालन गरी उपभोक्तालाई सुपथ मूल्यमा दुग्धजन्य पदार्थ बिक्री गर्न थालेका हुन् । बेनपा–७, बैंकरोडमा बास्कुना कृषि पशुपक्षी दुग्ध सहकारीद्वारा सञ्चालित डेरीको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने गरी डेरी सञ्चालन गर्नुपर्ने बताए ।… पुरा पढौ

यस्तो छ नेपाल आउने रेल

काठमाडौं, २ असोज । सरकारले भारतमा निर्मित नया रेलकाे बडी र इन्जिन ल्याउने भएकाे छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि उक्त रेल सेट आज शुक्रबार नेपाल आइपुग्दैछ । लामो समयदेखि बन्द नेपालको एकमात्र रेल सेवाको पुनः संचालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइने भएको हो । यसरी ल्याइने रेल विशेष रूपमा डिजाइन गरिएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको बताए… पुरा पढौ

सहकारीको साधारण सभा अब अनलाइनबाटै गर्न सकिने

काठमाडौं, २ असोज । सहकारी संघ संस्थाहरुको साधारण सभा अनलाइनबाटै गर्न सकिने भएको छ । सहकारी विभागले नयाँ व्यवस्था गर्दै कोरोना महामारीको त्रास अझै बाँकी रहेको भन्दै अनलाइनबाट गरिएको साधारणसभालाई मान्यता दिने बताएको छ । साधारणसभा गर्दा सामाजिक सञ्जाल वा स्थानीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सकिने व्यवस्था विभागले गरेको छ । यद्यपि सहकारीले तोकिएको समयमै साधारणसभा गर्नुपर्ने भएको छ । सहकारी विभागले कानुनी व्यवस्थाको मर्म अनुरुप समयमै साधारण सभा गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न भनेको हो । कोभिड–१९ ले समस्या… पुरा पढौ

११ गतेदेखि आउने भयो जनरल इन्स्योरेन्सको आईपीओ

काठमाडौं, २ असोज । जनरल इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) आगामी ११ गतेदेखि आउने भएको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने जानकारी दिएको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ।… पुरा पढौ

मङ्सिरबाट अलैँचीलाई नेपालमै प्रशोधन गरिने

इलाम, २ असोज । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने मङ्सिरबाट अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ । उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलैँची, मझौला अलैँची, सानो अलैँची र सामान्य अलैँचीका रूपमा उद्योगले खरीद गर्नेछ । यस्तै अलैँची… पुरा पढौ