आर्थिक 📈

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम, १० वैशाख। विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उहाँले भन्नुभयो, “गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।” उहाँ सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशक यता निरन्तर मिठाई पसल सञ्चालन गर्दै आउनुभएको छ । स्वदेशमा परिश्रम गरिरहनुभएका तामाङले मिठाई बेचेर खुसी कमाइरहेको बताउनुहुन्छ । पचासदेखि ०५८ सालसम्म उहाँको व्यापार फस्टायो ।… पुरा पढौ

गरिमा विकास बैंकलाई दोहोरो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं, १० वैशाख । गरिमा विकास बैंक लिमिटेडले आफ्नो सेवाको गुणस्तर र सूचना सुरक्षा प्रणालीमा उत्कृष्टता प्रदर्शन गर्दै दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ। बैंकले गुणस्तरीय बैंकिङ सेवाका लागि ISO 9001:2015 र सूचना सुरक्षा व्यवस्थापनका लागि ISO 27001:2022 प्रमाणीकरण प्राप्त गरेको हो। यससँगै गरिमा विकास बैंक नेपालका ती सीमित संस्थाहरूको सूचीमा दरिएको छ। जसले एकैसाथ दुईवटा महत्वपूर्ण अन्तर्राष्ट्रिय ISO प्रमाणपत्र हासिल गर्न सफल भएकाे छ । प्रमाणपत्र हस्तान्तरण कार्यक्रम बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित एक विशेष समारोहका बीच विश्वव्यापी… पुरा पढौ

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

तम्घास (गुल्मी), १० वैशाख। गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो । सम्झौताअनुसार प्लास्टिकका बोतल प्रतिकेजी रु १०, रेडबुलका बोतल प्रतिकेजी रु ८०, एचडिपी प्लास्टिक प्रतिकेजी रु आठ, पानीका बोतल प्रतिकेजी रु १०, फलाम प्रतिकेजी रु १५, सिसा प्रतिकेजी रु एक तथा टिन प्रतिकेजी रु पाँचमा बिक्री हुन थालेको हो । नगर विकास तथा वातावरण संरक्षण संस्थाले रेसुङ्गा नगरपालिकाका–१, २,… पुरा पढौ

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज (पर्सा), १० वैशाख। वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने रु १० अर्ब १९ करोडअर्थात् १५ प्रतिशत बढी आयात भएको हो । जबकी गत आवको नौ महिनामा भने रु ६९ अर्ब ३५ करोड मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी… पुरा पढौ

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं १० वैशाख। नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ । जुम्लाको सिँजा गाउँपालिकामा यही वैशाख ९ गते बुधबारदेखि सुरु भएको तालिम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा सञ्चालन गरिने बैंकले जनाएको छ ।  बैंकले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहसँगको सहकार्यमा तालिम सञ्चालन गर्न लागेको हो । कृषिमा आधारित व्यवसाय सञ्चालन गरिरहेका र गर्न चाहने करिब पाँच सय… पुरा पढौ

नेप्से सामान्य अंकले घट्याे, ७ अर्ब ८१ करोडको कारोबार

काठमाडौं, ९ वैशाख । साताको शेयर कारोबार हुने तेश्रो दिन बुधबार नेपाली शेयर बजारमा सामान्य अंकको गिरावट भएको छ । नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको छ । नेप्सेमा ०.१० प्रतिशतले गिरावट भएको छ । यसदिन दिन ३४२ कम्पनीहरुको १ करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको… पुरा पढौ

नौ महिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम, ९ वैशाख। यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व सङ्कलन गरेको छ । चालु आवको नौ महिनामा रु चार अर्ब ३३ करोड ८२ लाख ७७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार सङ्कलन भएको उक्त कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताले राससलाई जानकारी दिनुभयो । हालसम्म आयकरवापत रु एक अर्ब १४ करोड ९४ लाख ५२ हजार, बहालकरवापत रु तीन करोड १८… पुरा पढौ

बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले थप ४० अर्ब खिच्दै

काठमाडौं, ९ वैशाख । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न पुनः ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण प्रयोग गर्ने भएको छ। कर्जाको माग न्यून हुँदा बैंकहरूमा पैसा थुप्रिएपछि केन्द्रीय बैंकले १६० दिनका लागि उक्त रकम बजारबाट तान्न लागेको हो। मुख्य विवरणहरू: निक्षेप संकलन रकम: ४० अर्ब रुपैयाँ अवधि: १६० दिन (साँवा र ब्याज भुक्तानी आगामी असोज २१ गते) प्रक्रिया: अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल न्यूनतम सीमा: १० करोड रुपैयाँ (५ करोडको गुणांकमा कुल आह्वान रकमसम्म) ब्याजदर… पुरा पढौ

सुनचाँदीको भाउमा सामान्य गिरावट

काठमाडौं, ९ वैशाख। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । सुन प्रतितोला रु ८०० र चाँदी रु ३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख पाँच हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १३० कायम भएको छ । हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १६० मा कारोबार भएको थियो… पुरा पढौ

सर्वोत्तम पेन्ट्सकाे आईपीओ बैशाख २१ गतेदेखि आउदै

काठमाडौं, ९ वैशाख । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले बैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागिएकाे हाे । कम्पनीले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिने भएकाे छ । लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा… पुरा पढौ