आर्थिक 📈

एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने काम गरौँः अर्थमन्त्री खनाल

काठमाडौं, १४ माघ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ । ‘सम्पत्ति शुद्धीकरण निवारणः पारदर्शिता र वित्तीय सुशासन’ भन्ने मूल नारासहित आज आयोजित सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस, २०८२ का अवसरमा बोल्नुहुँदै अर्थमन्त्री खनालले तोकिएको समयभन्दा अघि नै आवश्यक सबै सुधारका काम सम्पन्न गरी आगामी एक वर्षभित्र नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले अन्तरराष्ट्रिय समुदायले… पुरा पढौ

एभरेष्ट बैंकको नाफामा बृद्धि, वितरणयोग्य मुनाफा ३ अर्ब बढी

काठमाडौं, १४ माघ । एभरेष्ट बैंककाे नाफामा समान्य बृद्धि भएकाे छ । बैंककाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा केहि बढेको हाे। यस आर्थिक वर्षको पुससम्ममा बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जामे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा २.०४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेकाे थियो। बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशत, खुद फि… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, १४ माघ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८९ रुपैयाँ… पुरा पढौ

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी, १४ माघ । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडाहरू भित्रिएसँगै आफ्नो पेसा सङ्कटमा परेको मालिका गाउँपालिका‐७ घमिरका नरबहादुर कार्कीले बताउनुभयो ।   आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सुपथ मूल्यमा आकर्षक देखिने आधुनिक किसिमका भाँडाकुँडाहरू प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको कार्कीले बताउनुभयो… पुरा पढौ

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ, १४ माघ। मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रुपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्नेम वृद्धि हँुदै गइरहेको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थोरैमा मासिक रु १५ हजारदेखि दुई लाख बढीसम्म कमाउने दूध व्यवसायी यहाँ रहेका छन् ।”… पुरा पढौ

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं, १४ माघ। विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको हो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो । मन्त्रिपरिषद्ले माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय २०८१ पुस १६ गते गरेको थियो । सोही निर्णयका आधारमा यस वर्ष… पुरा पढौ

नेप्से ४२.५८ अंकले घट्याे, १४ अर्ब १६ कराेडकाे काराेबार

काठमाडौं, १३ माघ । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा उच्च अंककाे गिरावट भएकाे छ । साेमबार सामान्य अंकले घटेको नेप्सेमा आज १.५३ प्रतिशतले गिरावट भएकाे छ । नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ७.३७ अंकले घटेको छ । फ्लोट इण्डेक्स ३.०९ अंकले घटेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंकले घटेको छ। यसदिन काराेबार रकम पनि केहि घटेकाे छ । सोमबार १६ अर्ब ३५ करोडकाे काराेबार भएकाेमा मंगलबार ३३३ कम्पनीहरुकाे १ लाख… पुरा पढौ

सुनचाँदीको भाउमा लगातार नयाँ रेकर्ड

काठमाडौं, १३ माघ । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउले पेरि नयाँ रेकर्ड बनाएकाे छ । बितेका चार दिनदेखि सुनचाँदीको भाउमा नयाँ रेकर्ड बन्दै आएकाे छ । आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी तोलामा १०५ रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । सोमबार सुन ताेलाकाे ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा १०५ रुपैयाँ… पुरा पढौ

छ महिनामा रु ९० अर्ब बढीकाे पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा), १३ माघ । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा रु दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो । चालु आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने रु ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनाको तुलनामा… पुरा पढौ

रसुवा भन्सारद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा, १३ माघ । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ । हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेकोे छ । ७४औँ भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले सो जानकारी दिनुभयो । कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी सोमबार भन्सार दिवस मनाएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा थुप्रिएको ढुङ्गा, बालुवा हटाउने कार्य नेपाल इन्टर मोडल यातायात… पुरा पढौ