आर्थिक 📈

गुन्द्रुक प्रवर्धनका लागि राष्ट्रिय कार्यशाला गर्दै हान

काठमाडौं, ११ माघ । होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा सागपात आदि खाँदी अमिल्याएर बनाइने तिहुन (गुन्द्रुक) को प्रवर्धनका लागि राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ । हानका अध्यक्ष विनायक शाहले ‘द भ्वाइस अफ सेफ्स’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उक्त जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, “नेपाल आउने करिब ९० प्रतिशत विदेशी पर्यटकले नेपाली खाना खोज्ने गरेका छन् र त्यसका लागि हामीले हाम्रो परम्परागत खानालाई प्रवद्र्धन गर्नुपर्छ ।” उहाँले गैरआवासीय नेपाली तथा विदेशमा… पुरा पढौ

कृषिमा परनिर्भरता बढ्दै, धान उत्पादनमा ४ प्रतिशतले गिरावट

काठमाडौं, ११ माघ। यस वर्ष धान उत्पादनमा चार प्रतिशतले गिरावट आएको छ । सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनमा औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माण, तीव्र सहरीकरण, कृषि श्रमिकको अभाव, सिँचाइ समस्या, जलवायु परिवर्तन, किसानलाई नाफाको अनिश्चितता, युवा जनशक्ति विदेश पलायन हुनुलगायत कारणले धान उत्पादनमा कमी आएको सरकारी अधिकारीले बताएका छन् । सातै प्रदेशका कृषिसम्बन्धी क्षेत्राधिकार प्राप्त निकायबाट प्राप्त तथ्याङ्कका आधारमा धानबाली भित्र्यइएको क्षेत्रफलको अनुमान गर्दा अघिल्लो वर्षको क्षेत्रफलसम्बन्धी तथ्याङ्क, रोपाइँको आँकडा, सिँचाइ क्षेत्रफलमा भएको परिवर्तन, किसानसँगको अन्तरक्रियापश्चात् मन्त्रालयले सो… पुरा पढौ

नेप्सेमा ५७ अङ्ककाे बढाेत्तरी, करिब १४ अर्बको कारोबार

काठमाडौं, ११ माघ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो । आज ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता शेयर एक लाख ३३ हजार ५२९ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ दशमलप शून्य पाँचको कारोबार भएको छ । आज… पुरा पढौ

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं, ११ माघ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रु छ हजार ४८० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३.९५ प्रतिशतले बढ्यो

काठमाडौं, ११ माघ । सांग्रिला डेभलपमेन्ट बैंककाे नाफामा ५३.९५ प्रतिशतले बृद्धि भएकाे छ । प्रतिशेयर आम्दानी पनि बढेकाे छ । बैंककाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको हाे । यस आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले रुपैयाँ ३० करोड २५ लाख खुद नाफा कमाएकाे छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ५३.९५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद गरेकाे थियो। बैंकको… पुरा पढौ

पाल्पा सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ११ माघ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले पुस २५ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानियका लागि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशनकाे अनुमति पाएकोमा १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ । कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी र पाल्पा जिल्लाका स्थानिय बासिन्दहरुका लागि सो शेयर निष्काशन गरेको हो। शेयरमा न्यूनतम… पुरा पढौ

निर्वाचन नजिँकिदै गर्दा अण्डाको माग र मूल्य बढ्यो

चितवन, ११ माघ। प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ । यसअघि प्रतिक्रेट रु चार सय ६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु ३० ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य रु चार सय ७५ कायम… पुरा पढौ

जयनगरमा फर्निचर मेला : उपभोक्ता र व्यवसायी आकर्षित

चन्द्रपुर (रौतहट), ११ माघ। गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर मेला जारी रहेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारदेखि थालिएको सो मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्बन्धित फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएका छन् । मेला दुईमहिनासम्म जारी रहने छ । विसं २०६५ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो मेला हरेक वर्ष सञ्चालन हुँदै आइरहेको छ । ग्रामीण क्षेत्रमा लाग्ने यो मेला आकार, व्यापार र सहभागिताका हिसाबले देशकै ठूलो ग्रामीण फर्निचर मेलाका रूपमा परिचित हुँदै… पुरा पढौ

३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं, ११ माघ। डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विद्युत् विकास विभागले आवश्यक अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाएको छ । डोल्पाको छार्का ताङसोङ गाउँपालिका र काईके गाउँपालिकामा भौतिक संरचना निर्माण हुनेगरी भारबुङ र तातु खोलाको पानी प्रयोग गरिने विभागले जनाएको छ । जलायशुक्त प्रकृतिको सो आयोजानाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि ऊर्जा… पुरा पढौ

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

गोरखा, ११ माघ। जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । किसानले करिब रु २२ करोड आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताउनुभयो । किसानले रु एक करोड ५० लाखबराबरको कागतीसमेत बिक्री गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष गोरखामा १५ देखि २० प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ । उत्पादन बढेसँगै किसान उत्साहित बनेका… पुरा पढौ