आर्थिक 📈

सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छः मन्त्री घिसिङ

काठमाडौं, २२ पुस। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नेपाल सौर्य ऊर्जा विद्युत् सङ्घको २५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले नेपालमा सौर्य ऊर्जा बढ्दो क्रममा रहेकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो । “सौर्य ऊर्जा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिन थालेको छ, यसको उत्पादन बढाउन सकिए विद्युत् आयातलाई घटाउन सकिन्थ्यो,” उहाँले भन्नुभयो । मन्त्री घिसिङले सौर्य ऊर्जालाई अगाडि बढाउन सरकारले मापदण्ड बनाएर कार्यान्वयनमा लैजान लागेको बताउनुभयो । उहाँले देशभर रहेका सिँचाइका नहरमा… पुरा पढौ

नेप्सेमा ९.९३ अंककाे बृद्धि, ७ अर्ब १२ करोडकाे काराेबार

काठमाडौं, २२ पुस । साताकाे शेयर काराेबार हुने तेश्नाे दिन मंगलबार नेप्से परिसूचक उकालाे लागेर बन्द भएको छ। सोमबार पनि नेप्से उकालाे लागेकाे थियाे भने साेहि क्रमले यसदिन निरन्तरता पाएकाे छ । नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.७१ अंकले बढेकाे छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले बढेको छ। आज काराेबार रकममा पनि बृद्धि भएकाे छ । साेमबार ६ अर्ब ४७ करोडकाे काराेबार भएकाेमा यसदिन ३३४ कम्पनीहरुकाे… पुरा पढौ

कोशी प्रदेशका ८० प्रतिशत ‘स्टार्टअप’ उद्यम नाफामा

काठमाडौं, २२ पुस। कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरकारबाट पाउनुपर्ने सुविधा नपाएको जस्ता समस्या भोगिरहेको भएपनि उनीहरुले राम्रो प्रतिफल हासिल गरिरहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१/८२’ अनुसार कोशी प्रदेशका ८० प्रतिशत स्टार्टअप उद्यमले नाफा कमाइरहेको देखिएको हो । स्टार्टअप उद्यमहरूको व्यावसायिक प्रकृति, क्षेत्रगत प्रवृत्ति, स्टार्टअप उद्यमका लागि आवश्यक स्रोतसाधनको पहुँच अवस्था तथा यस्ता व्यवसायले भोग्नुपरेका समस्याको पहिचान गरी समस्या… पुरा पढौ

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

काठमाडौं, २२ पुस । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायकको रूपमा यो सम्मान प्रदान गरिएको हो । कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा सम्मान पत्र प्रदान गरेका थिए । बैंक तथा बीमा क्षेत्रसहित वित्तीय क्षेत्रमार्फत नेपालको आर्थिक विकासमा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप नबिल बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो । चार… पुरा पढौ

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

ताप्लेजुङ, २२ पुस । गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावरहाउस (विद्युतगृह) लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए। केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको कार्यसमेत एकैसाथ सम्पन्न गरी उत्पादन सुरु गरिएको उनले बताए। करिब दुई वर्षअघि उत्पादन सुरु गरिएको यस आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय… पुरा पढौ

यी तीन कम्पनीहरुको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, २२ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार तीन वटा सूचीकृत कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको छ।   एनएलजी इन्स्योरेन्स कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेपछि पछिल्लो कारोबारकाे आधारमा नयाँ मूल्य कायम गरिएकाे हो। एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयरका लागि शेयरमूल्य समायोजन गरिएकाे छ । जसकाे प्रतिकित्ता ६९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियाने । नयाँ मूल्य ६७१.१५ रुपैयाँ कायम गरिएकाे छ। लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर वितरणको… पुरा पढौ

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं, २२ पुस। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ सात पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१… पुरा पढौ

कोशी प्रदेशमा स्टार्टअप उद्यममा दुई अर्ब ५६ लगानी

काठमाडौं, २२ पुस। स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ । केन्द्रीय बैंकले कोशी प्रदेशमा गरेको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन अनुसार यस क्षेत्रमा कुल लगानी रु दुई अर्ब ५६ करोड रहेको छ । त्यसमा ३८ दशमलव सात प्रतिशत हिस्सा ऋण रहेको छ भने ६१ दशमलव तीन प्रतिशत हिस्सा स्वपुँजी रहेको छ । अध्ययन अनुसार २१ देखि ३५ वर्ष उमेर समूहका ३९ दशमलव तीन प्रतिशत, ३६… पुरा पढौ

नेपालको रेशम उद्योग पुनःजागरणका लागि राष्ट्रिय पहलको खोजी गरिँदै

काठमाडौं, २१ पुस। नेपालको रेशम उद्योग पुनःजागरणका लागि राजधानीमा राष्ट्रिय रेशम सम्मेलन आयोजना हुने भएको छ । ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा यही पुस २६ मा सम्मेलन हुन लागेको आज यहाँ आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । नेपालको रेमश उद्योगलाई रणनीतिक, उच्च मूल्य अभिवृद्धि हुने र दिगो राष्ट्रिय उद्योगका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको ह्याण्डलुम फ्याब्रिक्सका अध्यक्ष रोशकुमार पोखरेलले जानकारी दिनुभयो । सम्मेलनमा सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, लगानीकर्ता,… पुरा पढौ

पाँच महिनामा साढे ६ अर्ब राजस्व सङ्कलन

देवदह (रूपन्देही), २१ पुस। आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले उक्त अवधिमा रु पाँच अर्ब ३६ करोड ८३ लाख आठ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १२१ दशमलव एक अर्थात् रु ६ अर्ब ५० करोड ३२ लाख सात हजार सङ्कलन गरेको हो । कार्यालयले गत आवको सोही अवधिमा रु चार अर्ब ५१ करोड आठ लाख ४७ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिनुभयो ।… पुरा पढौ