आर्थिक 📈

यस्तो छ आजका लागि विदेशी मुद्राको भाउ

काठमाडौं, २० पुस । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८२ रुपैयाँ २९ पैसा… पुरा पढौ

कर्णालीमा स्याउ विकास बोर्ड गठनको तयारी

काँक्रेविहार (सुर्खेत), १९ पुस । स्याउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको छ । त्यसका लागि नीतिगत तथा कानुनी कामहरु भइरहेको प्रदेश सरकारले जनाएको छ । कर्णालीमा उत्पादित स्याउको बजारीकरण गरेर आर्थिक लाभ लिन बोर्ड गठनको तयारी थालिएको हो । सरकारले बजेट भाषणमै बोर्ड गठन गर्ने जनाएको थियो । प्रदेश सरकारका साथै जिल्लास्थित स्थानीय र सङ्घ सरकारबाट पनि स्याउ विकास बोर्ड गठनका लागि सहायक कामहरु भइरहेका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन… पुरा पढौ

मर्मतपश्चात् सुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा, १९ पुस। गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ । एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवं नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वका अनुसार मर्मत सुधारपश्चात् ३७ मेगावाट गत मङ्सिर महिनामा र ३१ मेगावाट हालै उत्पादन गरिएको हो । सफाइ एवं मर्मत बाँकीनै रहेको र… पुरा पढौ

यस्तो छ आजका लागि कृषिउपज थोक मूल्य

काठमाडौं, १९ पुस। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १२०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९६, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ९६, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यस्तै, गाजर (लोकल)… पुरा पढौ

अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्दै

काठमाडौं, १९ पुस। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर… पुरा पढौ

निर्यात प्रवर्द्धनलाई जोड दिन ‘दशौँ निर्यात दिवस’ मनाइने

काठमाडौं, १८ पुस। नेपालको आर्थिक विकासमा निर्यात क्षेत्रको महत्त्व जगाउनुका साथै निर्यात प्रवर्द्धनमार्फत मुलुकको आर्थिक विकासलाई सक्षम र सबल बनाउन ‘दशौँ निर्यात दिवस’ मनाइने भएको छ । नेपाल निर्यात परिषद्ले आज पत्रकार सम्मेलन गरी व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको सहकार्यमा यही पुस २० र २१ गते ठमेलको छायाँ सेन्टरमा निर्यात मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा उत्पादित हस्तकला, कृषिलगायत सामाग्रीलाई अन्तरराष्ट्रिय बजारमा निर्यात गर्नुका साथै वैदेशिक मुद्रा आर्जन गरी व्यापार घाटा… पुरा पढौ

प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

म्याग्दी, १८ पुस । धवलागिरि गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु एक लाखभन्दा बढी आम्दानी गर्नुभएको छ । ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्माकुमारी आचार्यले उत्पादन गरेको प्याजको बिरुवा धवलागिरि र मालिका गाउँपालिकाका साथै पोखरासम्म बिक्री भएको हो । गत कात्तिक दोस्रो साता छ किलोग्राम प्याजको बीउ जमाएकी आचार्यले पुस दोस्रो हप्तासम्म रु एक लाखको बिरुबा बिक्री भएको बताउनुभयो । “पहिलो चरणमा उत्पादन गरेको बिरुवा बिक्री हुने अन्तिम चरणमा छ,… पुरा पढौ

यी ९ वटा कम्पनीहरुको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, १८ पुस । आज पुस १८ गते शुक्रबार नाैवटा कम्पनीहरुकाे शेयरमूल्य नेप्सेमा समायाेजन गरिएकाे छ। शुक्रबार शेयरमूल्य समायाेजन भएका कम्पनीहरुमा स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, समता घरेलु लघुवित्त, मेरो माइक्रोफाइनान्स, अपि पावर, ग्लोबल आइएमई लघुवित्त, कालिका पावर, हिमालयन लघुवित्त र युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर रहेका छन् । सबै कम्पनीहरुलर् साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरेको हो। अब आइतबार पुस २० गतेबाट नयाँ समायाेजन भएकाे शेयर मूल्यकाे… पुरा पढौ

सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १८ पुस । सिटिजन्स क्यापिटल लिमिटेडकाे सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष सिटिजन्स सन्तुलित योजनाको इकाई पुस ४ गतेदेखि खरिदका लागि आवेदन खुला गरिएकाे थियाे । सिटिजन्स क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सिटिजन्स सन्तुलित योजनाको इकाई बिक्रीमा ल्याएकाे हाे । यसमा न्यूनतम १ करोड ५० लाख इकाई कोषकाे प्रबर्द्धक रहेकाे सिटिजन्स बैंक इन्टरनेशनलका लागि सुरक्षित राखिएकाे… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, १८ पुस । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ २६ पैसा र बिक्रीदर १८२… पुरा पढौ