आर्थिक 📈

पाँचमहिनामा रु तीन अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), १५ पुस । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलियम पदार्थले… पुरा पढौ

विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास

पर्वत, १५ पुस। आफ्नै माटोमा भएको अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेकाबेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वप्रहरीले वार्षिक रु तीन करोड कारोबार गर्दै आउनुभएको छ । पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछापालनबाट वार्षिक रु तीन करोड आम्दानी गर्दै आउनुभएको हो । एक्काइस वर्ष लामो प्रहरी सेवा र विसं २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी-२ देउपुरको वडाध्यक्षसमेत बनेर कार्यकाल सक्नुभएका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन… पुरा पढौ

यी चार ४ कम्पनीहरुको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं, १५ पुस । नेपाल स्टक एक्सचेञ्जमा आज मंगलबार ४ कम्पनीको शेयरमूल्य समायोजन गरिएकाे छ। शेयरमूल्य समायाेजन गरिएका कम्पनीहरुमा मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्था रहेका छन् । चारवटै संस्थाहरुले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज अघिकाे अन्तिम काराेबार सकिएपछि नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेकाे हो। अब साेहि समायोजन गरिएकाे मूल्यका आधारमा बुधबार दोस्रो बजारमा शेयर कारोबार हुनेछ । यसदिन तमु ल्होसार परेकाे र… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१… पुरा पढौ

सरकारको एकीकृत वित्तीय विवरण पेस

काठमाडौं, १४ पुस। महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण पेस गरेको छ । आज उक्त प्रतिवेदन महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखापरीक्षक तोयम रायासमक्ष छुट्टाछुट्टै पेस गर्नुभएको हो । सङ्घीय सञ्चित कोषको सञ्चालन र तीन वटै तहका सरकारको एकीकृत वित्तीय विवरण र प्रतिवेदन तयार पारी पेस गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयले गर्दै आएको छ । “आव २०८१/८२ मा सङ्घ, प्रदेश र स्थानीय सरकारको सञ्चित कोषमा रु एक… पुरा पढौ

नेप्से १०.५३ अंकले घट्याे, ४ अर्ब ७७ करोडको कारोबार

काठमाडौं, १४ पुस । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारम गिरावट भएको छ । नेप्सेमा यसदिन १०.५३ अंकले घटेर २६२२.८८ विन्दुमा झरेको छ । नेप्सेमा ०.४० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४५५.३१ अंकले घटेको छ । फ्लोट इण्डेक्स १७९.७२ अंकले घटेको छ भने सेन्सेटिभ फ्ला्ट इण्डेक्स १५४.३५ अंकले घटेको छ । यसदिन ३३७ कम्पनीहरुको १ करोड ३७ हजार ३०७ कित्त शेयरको खरिदबिक्रीबाट रुपैया ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको… पुरा पढौ

बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने

बन्दीपुर (तनहुँ), १४ पुस। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दैछन्। अघिल्लो वर्ष सुन्तला बेचेर उनले रु २२ लाख आम्दानी गरे। यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै आएका सुन्तला किसान गुरुङ यस वर्ष अरूलाई नदिई आफैँ सुन्तला बेच्दैछन्। अहिलेसम्म रु १० लाखको सुन्तला बेचिसकेको र बगैँचामा अझै कम्तीमा रु १५ लाख सुन्तला रहेको उनले बताए। “यसपालि २० लाख ३६ हजारमा बगैँचाको सबै सुन्तला किन्नेगरी ठेक्कामा देऊ भन्न व्यापारी आएका थिए, मैले दिइनँ,”… पुरा पढौ

चालू आर्थिक वर्षकाे मङ्सिरमा ४० करोड राजस्व सङ्कलन

काठमाडौं, १४ पुस। नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२÷८३ को मङ्सिर महिनामा रु ४० करोड २५ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व सङ्कलन गरिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद वापत रु १७ करोड ९५ लाख ६७ हजार, अदालती फैसला कार्यान्वयनबाट रु १२ करोड ३७ लाख ३६ हजार, ट्राफिक कारबाहीवापत रु सात करोड १५ लाख ९३ हजार तथा अवैध सुनचाँदी बरामदवापत… पुरा पढौ

बैंक तथा वित्तीय संस्थामाथिको आक्रमणले चुनौती बढाएको छ : अध्यक्ष कोइराला

काठमाडौं, १४ पुस। नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ती गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको ‘बैकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक कार्यक्रममा उहाँले बैंकका कर्मचारीमाथि भएको आक्रमणले यस क्षेत्रमा चुनौती बढेको उल्लेख गरे। “ऋण दिने र लिने विषय कानूनमा स्पष्टसँग उल्लेख गरिएको छ, सोहीअनुसार प्रक्रिया अगाडि बढाइएको हुन्छ, तर यसरी भौतिक रूपमा आक्रमण हुनु दुःखद् छ”, उनले भने। अध्यक्ष कोइरालाले कतिपय व्यक्तिले… पुरा पढौ

यी ७ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १४ पुस । आज ७ वटा कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेको छ। साेमबार नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे हो। साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुटवल पावरले पुस १५ गते बुकक्लोज गर्ने जनाएकाे छ । अरु ६ वटा कम्पनीहरुले पुस १६ गते बुकक्लोज गर्ने बताएका छन्। पुस १५… पुरा पढौ