आर्थिक 📈

मुस्ताङमा आलु उत्पादन क्षेत्र विस्तार-करिब ६३ करोडको बिक्री

मुस्ताङ, ९ मङ्सिर । मुस्ताङका पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार गत वर्षको तुलनामा चालु वर्ष आलुको उत्पादकत्व र उत्पादन क्षेत्र आंशिक रूपमा विस्तार हुँदा रु ११ करोड ८४ लाख ७५ हजार ४००… पुरा पढौ

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ, व्यवसायी उत्साहित

तनहुँ, ९ मङ्सिर। बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिए । उनले भने, “यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक हुने गरेका छन् । सात महिनामा पाँच हजार ५१ जना चिनियाँ पर्यटकले… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा… पुरा पढौ

हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटासहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ९ मङ्सिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा अर्जुनप्रसाद सापकोटासहित सात जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । कोरोना महामारीको समयमा व्यक्तिगत सुरक्षा सामग्री (स्वास्थ्य सामग्री) खरिदमा अनियमितता गरेको आरोपमा हेटौँडास्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन निमित्त निर्देशक डा सापकोटा र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजसहित सात जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा कोभिड–१९ विरुद्ध आवश्यक व्यक्तिगत… पुरा पढौ

नेप्सेमा ५०.४४ अंककाे बृद्धि, ७ अर्ब ३ कराेडकाे काराेबार

काठमाडौं, ८ मङ्सिर । साताको शेयर काराेबार हुने दाेस्रो दिन साेमबार नेपाली शेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । यसदिन पनि नेप्सेमा बृद्धि भएकाे छ । नेप्से परिसूचक ५०.४४ अंकले बढेर २६५०.६६ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ७.८४ अंकले बढेको छ । फ्लोट इण्डेक्स ३.४६ अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८१ अंकले बढेको छ। साेमबार कारोबार रकममा पनि बृद्धि भएकाे छ। हिजाे ६ अर्ब २८ करोड रुपैयाँबराबरको शेयर काराेबार भएकाेमा यसदिन ३३० कम्पनीहरुकाे ७९ हजार ७१४ पटकको शेयर कारोबार हुँदा… पुरा पढौ

वीरगञ्ज भन्सारद्वारा ४ महिनामा साढे अर्ब राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा), ८ मङ्सिर। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो । चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व सङ्कलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व सङ्कलन उत्साहजनक देखिएको छैन । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार… पुरा पढौ

लाभांश पारित गर्न आइसिएफसि फाइनान्सले डाक्याे एजिएम

काठमाडौं, ८ मङ्सिर। आइसिएफसि फाइनान्सले लाभांश वितरणकाे प्रु्ताव अनुमाेदन गर्नका लागि साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश अनुमाेदन गर्न सभा बाेलाएकाे हाे। फाइनान्सकाे २२ औँ वार्षिक साधारण सभा मंसिर २९ गते, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा बिहान १० बजे बाेलाइएकाे छ। सभाबाट १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित अनुमाेदन हुनेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशेधन गर्ने जिम्मेवारी सञ्चालक समितिलाई, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन… पुरा पढौ

कृषकलाई सुन्तला ढुवानी सधैंको समस्या

दमौली (तनहुँ), ८ मङ्सिर । देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैंको पिरलो बनेको छ । यहाँबाट करोडौ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैं झेल्नुपरेको हो । यहाँ उत्पादित सुन्तला तनहुँ, पोखरा, चितवन, काठमाडौसम्म पुग्ने गरेको छ । यस वडाको छिपछिपे, बाटक, छापस्वाँरा, दगरा, लुङ्ग्रिङबाट करोडौ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको कृषक रणबहादुर मगरले जानकारी दिनुभयो । सुन्तला बजारसम्म पु¥याउन भने सधैं समस्या झेल्नुपरेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “यहाँका कृषकको मुख्य आम्दानी… पुरा पढौ

एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम

काठमाडौं, ८ मङ्सिर। सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय नौ पुगेका छन् । यस्तै सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार एक सय ८९ बराबर पुगेको छ । कोषले हालसम्म रु १७ अर्ब ६४ करोड ८८… पुरा पढौ

कैफियत देखिएपछि अर्घाखाँची सिमेन्टलाई २ लाख जरिवानामा

काठमाडौं, ८ मङ्सिर। उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ । विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो । विभागले आइतबार रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । त्यसमा वस्तु तथा… पुरा पढौ