आर्थिक 📈

आठौँ सामाजिक सुरक्षा दिवसः साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र

काठमाडौं, ११ मङ्सिर। ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा आज सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष समारोह आयोजना गरिँदै छ । नेपालको संविधानमा उल्लिखित सामाजिक सुरक्षासम्बन्धी मौलिक हकलाई… पुरा पढौ

बचत तथा ऋण सहकारीको अभिलेखीकरणका लागि अब ‘सफ्टवेयर’

पाटन (ललितपुर), ११ मङ्सिर। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूको दर्ता अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली शुभारम्भ गरेको छ । प्राधिकरणले बुधबार यहाँ सार्वजनिक कार्यक्रम गरी सहकारीका सञ्चालक तथा व्यवस्थापन पक्षको भौतिक उपस्थिति विना नै स्वचालित ‘अनलाइन’ प्रणालीबाट सहकारीको दर्ता अभिलेखीकरणको सुरुआत गरेको हो । दर्ता अभिलेखीकरणको सुरुआतको जानकारी दिन आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डाक्टर खगराज शर्माले सहकारी पनि कर्जा सूचना केन्द्रको सदस्य बन्न सक्ने व्यवस्था गरिएको जानकारी दिए। उनले निक्षेप तथा कर्जा… पुरा पढौ

नेप्सेमा ९.६१ अंककाे बृद्धि, ६ अर्ब ६९ करोडकाे काराेबार

काठमाडौं, १० मंसिर। साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार पनि नेपाली शेयर बजार उकालाे लागेकाे छ । नेप्सेकाे उकालाेकाे यात्राले लगानीकर्ताहरु उत्साही भएका छन् । नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.५४ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंकले बढेको छ। यसदिन कारोबार रकममा बृद्धि भएको छ। हिजाे ५ अर्ब ८२ करोड बराबरको काराेबार भएकाेमा बुधबार ३२२ वटा कम्स्टपनीहरुकाे ९१ हजार ७०५ पटकको शेयर कारोबार हुँदा ६… पुरा पढौ

तरलता बढेपछि ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं १० मङ्सिर । वित्तीय प्रणालीमा अधिक तरलता रहेपछि राष्ट्र बैंकले आज थप ३० अर्ब रुपैयाँ बजारबाट खिच्न लागेकाे को छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी विस्तार गर्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता रहेकोले त्यसाे गर्न लागिएकाे हाे । राष्ट्र बैंकले दिउँसो २ बजे बोलकबोल हुने जनाएको छ । निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने भएका छन्… पुरा पढौ

प्रि ओपन सेसन-नेप्सेमा साढे ५ अंककाे बृद्धि

काठमाडौं १० मंसिर । साताकाे शेयर काराेबार हुने चाैथाे दिन बुधबार आज प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले बढेकाे छ। हिजाे मंगलबार ५.३२ अंक बढेर २६५५.९९ विन्दुमा बजार बन्द भएकोमा यसदिनकाे सेसनमा ५.७१ अंकले बढेर २६६१.७० विन्दुमा पुगेको हाे । सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ। प्रि ओपनमा ६६ कम्पनीहरुकाे १३० पटकको कारोबार भएकाे छ । यसबाट १६ लाख ३२ हजार ९३९ रुपैयाँ ८० पैसाबराबरको ४ हजार ७६८ कित्ता शेयर किनबेच भएकाे छ । उनीहरुमा ३४ वटाको भाउ… पुरा पढौ

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, १० मङ्सिर । सोलु हाइड्रोपावरले बिक्रीमा ल्याएकाे शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मंसिर ७ गतेदेखि शेयर निष्काशन गरेकाे हाे । कम्पनीले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशनकाे अनुमति लिएकाे थियो। यसबाट १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिएकाे हो।  लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन सक्छनेछन्। कम्पनीले ८२ मेगावाटको तल्लो सोलु जलविद्युत… पुरा पढौ

औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक-महासङ्घ अध्यक्ष ढकाल

काठमाडौं, १० मङ्सिर । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका एकद्वार प्रणाली आवश्यक भएको बताएका छन् । ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित ११औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागमा आयोजना गरेको कार्यक्रममा उनले एकै प्रकारको कामका लागि पनि धेरै प्रकारका सरकारी संरचनाले गर्दा उद्योगी व्यवसायीले झन्झट व्यहोर्नु परेको बताए। अध्यक्ष ढकालले भने, “हामी कहाँ एकै प्रकारका काम गर्ने सरकारी संस्था धेरै भए । व्यावसायिक वातावरण सहज र सरल गर्र्नुपर्नेमा… पुरा पढौ

यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १० मंसिर । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा र लाभांश वितरणकाे प्रयोजनका लागि दुबै कम्पनीहरुले बिहिबार मंसिर ११ गते बुकक्लोज गर्ने बताएका छन्। सभामा सहभागि हुन र लाभांश पाउन याेग्य हुनका लागि शेयरधनीहरुले आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टकाे १३ औँ साधारण सभा पुस ४ गते आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा बिहान ९ बजे बाेलाइएकाे… पुरा पढौ

पोखरामा मङ्सिर १७ देखि २१ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला हुने

गण्डकी, ९ मङ्सिर । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर १७ देखि २१ गतेसम्म ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक सञ्चालन हुने भएको छ । ‘लगानीको सम्वर्द्धन : उद्योग–व्यवसायको प्रवर्द्धन’ भन्ने आदर्श नारासहित आयोजना गरिएको उक्त मेला पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ । सङ्घद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष गोकर्ण कार्कीले गण्डकी प्रदेशमा व्यावासयिक सम्भावनाको खोजी तथा उद्यमशीलता प्रवद्र्धनको उद्देश्यले मेला आयोजना गरिएको बताए। “पोखरालगायत गण्डकी प्रदेशकै औद्योगिक, कृषिजन्य, हस्तकला, सूचना प्रविधि,… पुरा पढौ

लाभांश र हकप्रद प्रस्ताव अनुमाेदन गर्न सिक्लेस हाइड्रोले बाेलायाे साधारण सभा

काठमाडौं, ९ मङ्सिर । सिक्लेस हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने भएकाे छ । यसका लागि कम्पनीले साधारण सभाकाे मिति तय गरेकाे छ । शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश र बोनस शेयर वितरणपछि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीकाे २० औँ साधारण सभाकाे मिति मंसिर २९ गते तय गरिएकाे छ । सभा आभ्या क्लब, घारीपाटन, पोखरामा बिहान ११ बजे बाेलाइएकाे छ। सभामा १५ प्रतिशत बोनस शेयर, कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद… पुरा पढौ