आर्थिक 📈

गत आव २०८१/८२ मा सरकारी खर्च १५ खर्ब आठ अर्ब

काठमाडौं, ३० साउन । आर्थिक वर्ष २०८१/८२ मा सरकारको रु १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो । त्यसैगरी, चालुतर्फ ८५ दशमलव ९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३ दशमलव दुई प्रतिशत अर्थात् रु दुई खर्ब २२ अर्ब ६८ करोड खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ३० साउन। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १९ पैसा कायम… पुरा पढौ

बिहिबार नेप्सेमा सामान्य सुधार, ७ अर्ब ४६ करोडकाे काराेबार

काठमाडौं, २९ साउन । साताकाे शेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य अंककाे बृद्धि भएकाे छ । केहि दिनहरुदेखि नेप्से नकारात्मक लयमा गइरहेकाेमा यसदिनकाे सकारात्मक लयले अब हरियाली बन्छकि भन्ने अपेक्षा जगाएकाे छ । बिहिबार नेप्सेमा १.६२ अंककाे बृद्धि भएर २७८८.३६ विन्दुमा उक्लिएकाे छ । सेन्सेटिभ इण्डेक्स ०.९३ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.११ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले घटेको छ । आज कारोबार रकम पनि बढेको छ । २४९ वटा कम्पनीको १ करोड ९२ लाख… पुरा पढौ

किसानलाई दुग्ध विकास बोर्डले रु १ अर्ब र निजी क्षेत्रले रु ३ अर्ब भुक्तानी गर्न बाँकी

चितवन, २९ साउन। दुग्ध उत्पादक सहकारीले दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको चितवनमा सम्पन्न ३१औँ सञ्चालक समिति बैंठकले दूधको भुक्तानी नपाएमा आगामी भदौ ४ गते देखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । दुग्ध उत्पादक सहकारीले भुक्तानी नपाउँदा किसानलाईसमेत भुक्तानी गर्न नसकिएको जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले भदौ ४ गते जिल्ला सहकारी सङ्घका अध्यक्षहरुको भेला आयोजना गर्ने र सोही भेलाले थप निर्णय लिने बताए। उनले भने “दुग्ध… पुरा पढौ

कुश्माको बैशाली कृषि सहकारी संस्थामा १८ करोडभन्दा धेरै रकम हिनामिना

पोखरा, २९ साउन । पर्बतको कुश्मा नगरपालिकामा रहेको बैशाली कृषि सहकारी संस्थाका संचालक र ब्यबस्थापकको मिलोमतोमा १८ करोडभन्दा धेरै रकम हिनामिना भएको छ । बचतकर्ताको कूल १८ करोड ७६ लाख ३० हजार ५ सय २८ रुपैया हिनामिना गरेको अभियोगमा संस्थाका संचालक, ब्यबस्थापक सहित १ सय ५३ जना बिरुद्ध मुद्धा चलाउन सहकारी रजिस्टारको कार्यालयले पर्वत प्रहरीलाई पत्राचार गरेको छ । नेपालमा एउटै सहकारीको रकम हिनामिनामा यति धेरै जनालाई मुद्धा चलाइने यो पहिलो घटना हो । ब्यबस्थापक कुमारी पुर्जाले सहकारीको शेयर सदस्यसमेत… पुरा पढौ

सानिमा मिडिल तमोर हाइड्रोकाे विद्युत बिक्री आम्दानी २ अर्ब

काठमाडौं, २९ साउन । सानिमा मिडिल तमोर हाइड्रोपावरकाे विद्युत बिक्री आम्दानी बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले विद्युत बिक्रीबाट करिब २ अर्ब आम्दानी गरेको छ। कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको हाे। यो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ४५९.८० प्रतिशतले बढी हो। अघिल्लो वर्षमा साे आम्दानी ३५ करोड २४ लाख थियो। कम्पनीकाे विद्युत बिक्री आम्दानी बढेपछि खुद नाफा पनि बढेको छ। कम्पनीको… पुरा पढौ

माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २९ साउन । माबिलुङ्ग इनर्जीले साउन २६ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेर साे शेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले १८ लाख ९० हजार ५३० कित्ता निष्काशनकाे अनुमति पाएको थियो। ३ लाख ८५ हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र सर्वसाधारण लगानीकर्ताहरुका लागि हाे । त्यसबाट १०… पुरा पढौ

यस्तो छ विदेशी मुद्राको आजको भाउ

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ । यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १९० रूपैयाँ ३० पैसा, स्विस फ््याङ्क एकको खरिददर १७३ रूपैयाँ ६९ पैसा र बिक्रीदर… पुरा पढौ

रोपाइँ पनि ठेक्कामा ! छ लाख आर्जन

गलकोट (बागलुङ) २९ साउन। काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थाले। गाउँको एक हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी रु तीन हजार २६६ मा ठेक्का लिएर उनीहरूले रोपाइँको चाजोपाजो मिलाए। खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उनीहरूले गरिदिन्छन्। तर त्यसबापत अग्रिम रुपमा रकम उपब्ध गराउनुपर्छ । घर्ती दम्पतीले गत असारमा १८९ रोपनीमा रोपाइँ गरेर रु छ लाख १७ हजार ४०० आर्जन… पुरा पढौ

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं, २८ साउन । शेयर बजार अाज बुधवार दोहोरो अंकले घटेको छ । शेयर बजार १०.५० अंकले घटेर २,७९० बिन्दुमा कायम भएको हाे । शेयर बजारमा ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ५९ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ अर्ब १६ करोडको कारोबार भएको छ । दोहोरो अंकले घटेको शेयर बजारमा मायाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । त्यसैगरी, १०.२५ प्रतिशत केबीएल डिबेन्चर २०८६का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ९.४८ प्रतिशतका दरले गुमाएका… पुरा पढौ