आर्थिक 📈

नेप्सेमा १८.३० अङ्ककाे बृद्धि, साढे ८ अर्बकाे कारोबार

काठमाडौं, २२ साउन। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले उकालो लागेर दुई हजार ८५० दशमलव ३७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६१ अङ्कले उकालो लागेर चार सय ९० दशमलव १६ मा पुगेको छ । कूल दुई करोड ५४ लाख तीन हजार ५४० कित्ता शेयर रु आठ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार सिक्लेस हाइड्रोपावर, बरुण हाइड्रोपावर, मकर… पुरा पढौ

समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न अर्थमन्त्री पौडेलकाे निर्देशन

काठमाडौं, २२ साउन। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समय तालिका बनाएर आर्थिक वर्ष २०८२ / ८३ को बजेट कार्यान्वयन गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज भएको बैठकमा उनले बजेटसम्बन्धी वार्षिक योजना र समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन दिए। उनले बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने उल्लेख गर्दै सही समयमा कदम चालेर बजेट कार्यावन्यनमा परिणाम निकाल्न पनि निर्देशन दिए। अर्थमन्त्री पौडेलले विद्यमान कानुनको व्यवस्था र सीमाभित्र रहेर गैरकर राजस्वको अधिकतम क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिए। अर्थ… पुरा पढौ

समता घरेलु लघुवित्तकाे नाफा र प्रतिशेयर आम्दानी बढ्याे

काठमाडौं, २२ साउन । समता घरेलु लघुवित्त वित्तीय संस्थाकाे नाफामा सुधार भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरण अनुसार लघुवित्तको २४०.९१ प्रतिशतले बढेकाे छ । प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९ पैसा बढेको छ। अघिल्लो आर्थिक वर्षमा ४ रुपैयाँ ४२ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी गत वर्ष बढेर १३ रुपैयाँ ५१ पैसा पुगेको हाे । नाफा बढेपछि प्रतिशेयर आम्दानी पनि बढेको जनाइएकाे छ। खुद नाफा २४०.९१ प्रतिशतले बढेर ८ करोड ४९ लाख रुपैयाँ भएकाे छ। खुद… पुरा पढौ

प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

म्याग्दी, २२ साउन । दुई दशकअघिसम्म यहाँको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । “न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो”, उनले भनिन्, “सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो ।” परम्परागत राडी, पाखी, काम्लो, हरदुब्लोको प्रयोग घट्न थालेको र बजारमा बिक्री नहुँदा भेडाको ऊन कृषकले जङ्गलमै फाल्ने गरेका छन् । असार र कात्तिकमा ऊनले भेडालाई… पुरा पढौ

व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

भोजपुर, २२ साउन । पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहेका छन् । उनले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गरेका छन्। आठ वर्षअघिदेखि खुर्सानीखेती गरिरहेका राईले यो वर्ष १७ हजार बोट हारहारीमा खुर्सानी रोपे । “आफ्नै ठाउँमा केही गरौँ भन्ने लक्ष्यका साथ खुर्सानीखेतीमा लागेको छु”, उनले भने, “यो वर्ष २५ रोपनी क्षेत्रमा खुर्सानी विस्तार गरेको छु ।” युवाहरुमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा आफ्नै बारीमा व्यावसायिक रुपमा कृषि कर्म गरिरहेको उनले बताए । व्यावसायिक योजनाका आधारमा पौवादुङमा गाउँपालिकाले… पुरा पढौ

वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

गलकोट (बागलुङ), २२ साउन । काठेखोला गाउँपालिका–७ रेश घर भएका चेतबहादुर थापाको रोजगारीको सिलसिलामा २०७२ सालमा साउदीमा मृत्यु भयो । उनको मृत्युपछि परिवारले १० वर्षसम्म कुनै क्षतिपूर्ति तथा राहत पाएनन् । तर आप्रवासी स्रोत केन्द्रको पहलमार्फत थापाको परिवारले १० वर्षपछि राहत रकम प्राप्त गरे । साउदी सरकारले व्यक्तिको विवरण पत्ता लगाउन नसक्दा भएको समस्या केन्द्रले समन्वय गरी पत्ता लगायो । वैदेशिक रोजगारीमा गएर अङ्गभङ्ग भएका परिवारले उपचारका लागि आवश्यक सहयोग, शव झिकाउने, क्षतिपूर्ति दिलाउने र मनोपरामर्शजस्ता काममा केन्द्रको सक्रियता देखिएको… पुरा पढौ

विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ

तनहुँ, २२ साउन । विश्व बैंकबाट अनुदान प्राप्त व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत सञ्चालित ती सडक आयोजना निर्माणमा ढिलाइ भएको हो । चालु आर्थिक वर्षको पुस महिनाभित्र सम्पन्न हुने गरी काम गर्न बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिकामा पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–लामागाउँ स्तरोन्नति भइरहेका छन् । ती सडक अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सम्झौता भएको थियो । व्यासका वडा नं ७, ९, १०… पुरा पढौ

यस्तो छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २२ साउन। नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४० पैसा… पुरा पढौ

सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थामा ६ करोड ५४ लाख हिनामिना

सहकारी संस्थाका १७ जना सञ्चालकविरुद्ध लमजुङ प्रहरीले जिल्ला अदालतको अनुमतिमा पक्राउ पुर्जी जारी गरेको। पक्राउ पुर्जीमा वर्तमान अध्यक्ष ऋषिराम अधिकारी समेत परेका छन्। सहकारीका सञ्चालकहरूले ६ करोड ५४ लाख रुपैयाँ हिनामिना गरेको आरोप। सहकारीले भारतीय नागरिकलाई २५ लाख रुपैयाँ ऋण लगानी गरेको कार्यालय स्रोतद्वारा खुलासा। सहकारी रजिस्ट्रारको प्रतिवेदन, पत्र, जाहेरी, र पीडित बचतकर्ताको दरखास्तका आधारमा प्रहरीको कदम। AI काे सहयाेगमा गरिएकाे सारांश । लमजुङ, २१ साउन । लमजुङको बेसींसहरमा कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका १७ जना… पुरा पढौ

नेप्सेमा झिनो अङ्कको गिरावट, साढे ७ अर्बकाे काराेबार

काठमाडौं, २१ साउन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ९४ अङ्कले घटेर दुई हजार ८३२ दशमलव शून्य छ बिन्दुमा कायम भएको हो । आज ३२० कम्पनीको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ९३ हजार १८५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ बराबरको कारोबार भएको हो । आजको कारोबारमा लगानी समूह शून्य दशमलव ४९, लघुवित्त एक दशमलव ४१ र अन्य समूह… पुरा पढौ