आर्थिक 📈

कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल वितरण

नेपालगञ्ज, २१ साउन। बाँकेमा कोटामा पाउने रासायनिक मलको अभाव भएपछि स्थानीय तहले निजी कम्पनीले उत्पादन गरेको रासायनिक मल ल्याएर बिक्री तथा वितरण गर्न थालेका छन् । माटो तथा मल परीक्षण प्रयोगशालाले जाँच गरेर बजारमा ल्याएको मिश्रित रहेको रासायनिक मल गाउँपालिकाका विभिन्न १५ सहकारीमार्फत किसानले प्राप्त गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्मरबहादुर विकले जानकारी दिए। उनले अनुदानमा आएको कोटाको रासायनिक मलको अभावमा किसानलाई मोरङबाट उत्पादन भएको सुन्दर मल वितरण गरिएको बताए। “यसलाई किसानले रुचाएको छ, त्यसैले यसको माग बढेको छ”, उनले भने।… पुरा पढौ

बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन

काठमाडौं, २१ साउन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। सडक विभागद्वारा आज आयोजित गत आवको प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले ‘अहिले के को हतार, विस्तारै गरौँला नि’ भन्ने नसोची बजेट तथा कार्यक्रम तत्काल कार्यान्वयन गर्न निर्देशन दिए। आव सुरु हुनुभन्दा डेढ महिनाअघि बजेट सार्वजनिक गर्नुको मर्म पनि आवको सुरुआतसँगै कार्यान्वयन प्रक्रिया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै उहाँले तत्कालैदेखि काम सुरु गरी उच्च नतिजा… पुरा पढौ

सरकारसंग अनुदान माग गर्दै उखु किसान आन्दोलित

महोत्तरी, २१ साउन। उखुखेती गर्ने किसान यतिखेर आन्दोलित भएका छन् । उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने उनीहरुको माग छ । महोत्तरीमा उखुखेती गर्ने किसानको सङ्ख्या १५ हजार हाराहारी छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल रु ७० यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरुले अनुदानको निरन्तरताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । किसानले मङ्गलबार गौशाला–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शन गरे । “यस… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, २१ साउन। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५३ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७… पुरा पढौ

नेप्से ४१.७८ अंकले घट्याे, ९ अर्ब ३३ करोडकाे काराेबार

काठमाडौं, २० साउन । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा करेक्सन भएकाे छ । साेमबार बढेर बन्द भएकाे शेयर बजार याे दिन घटेर बन्द भएको छ। अघिल्लो दिनकाे तुलनामा काराेबार रकममा पनि किम भएकाे छ । नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ६.५१ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.७७ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.२६ अंकले घटेको नेप्सेले जनाएकाे छ। अघिल्लाे दिन सोमबार ११ अर्ब नजिकको कारोबार भएकोमा आज काराेबार घटेकाे छ… पुरा पढौ

रु १९ सयले बढ्याे सुनकाे भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं, २० साउन। साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्नाे दिन पनि आज नेपाली बजारमा सुनचाँदीकाे भाउ उकालाे लागेकाे छ । छापावाल सुनमा रुपैयाँ सयले बढेकाे छ । चाँदीमा रुपैयाँ २५ ले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ। अघिल्लो दिन साेमबारको तुलनामा यसदिन सुनको भाउ प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको हो। सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। महासंघले यसदिन चाँदीको भाउ… पुरा पढौ

एशियन लाइफको हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २० साउन । एशियन लाइफ इन्स्योरेन्सकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन गरेकाे थियाे । इन्स्योरेन्सले हाल कायम रहेकाे १० कित्ता बराबर नयाँ ४.२ कित्ताकाे रेसियाेमा हकप्रद शेयर खुलाएकाे हाे । जस अनुसार १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरकाे १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएकाे हाे । हकप्रद शेयर निष्काशनकाे प्रयोजनका… पुरा पढौ

बजेट नल्याएका स्थानीय तहलाई मन्त्रालयले सहजीकरण गर्ने

काठमाडौं, २० साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन महाशाखाका प्रमुख कालीप्रसाद पराजुली प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्वमा सहजीकरणको काम गर्ने निर्णय भएको हो । त्यस्तो वातावरण निर्माणका लागि पहल गर्न गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी प्रतिनिधिसमेतको… पुरा पढौ

माछापुच्छ्रे बैंकले कमायाे २ अर्ब १ कराेड खुद नाफा

काठमाडौं, साउन । माछापुच्छ्रे बैंकले २ अर्ब १ कराेड खुद नाफा कमाएकाे छ । बैंकले सार्वजनिक गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले २ अर्ब १ कराेड १४ लाख खुद नाफा कमाएकाे हाे । बैंकले कमाएकाे साे नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ९२.४५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेकाे छ । खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशतले,… पुरा पढौ

यस्ताे छ आज ताेकिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, २० साउन। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ तीन पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा… पुरा पढौ