आर्थिक 📈

नेप्सेमा ३५ अङ्ककाे गिरावट, ८ अर्ब १७ करोडकाे काराेबार

काठमाडौं, ३० असार। साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ०९ अङ्कले घटेर दुई हजार ७२५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव २७ प्रतिशतको गिरावट हो । आज ३२१ कम्पनीको दुई करोड ११ लाख दुई हजार ५४० कित्ता शेयर ७२ हजार ६०१ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा जलविद्युत् समूह शून्य… पुरा पढौ

राष्ट्रिय कृषि कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ३० असार । राष्ट्रिय कृषि कम्पनी नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । साे सभा गएकाे शुक्रवारका काठमाडौंको तीनकुनेस्थित मण्डला बैंक्वेटमा सफलता पूर्वक सम्पन्न गरिएकाे जानकारी प्राप्त भएकाे छ । कम्पनीका कार्यकारी अध्यक्ष विशाल हुमागाईंकाे सभापतित्वमा भएकाे कार्यक्रममा शेयरधनीहरुको उत्साहजनक उपस्थिति रहेको थियो। कम्पनीका सञ्चालक सुदिप सापकोटा, मैया दुलाल, कवि पुडासैनी, मधेश प्रदेश प्रमुख रविन्द्र कुमार पजियार, निर्वाचन अधिकृत, सचिव तथा कर्मचारी र सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कम्पनीका सचिव विष्णु बरालले गरेका थिए… पुरा पढौ

आधुनिक रोग निदानका आधार-परम्परागत खाद्यबाली

काठमाडौं, ३० असार। आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन् ।” हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप, मोटोपन, क्यान्सर, थाइराइड, हृदयाघातलगायत ‘साइलेन्ट किलर’ भनिएका रोगका कारण आधुनिक जीवनशैली हो भन्ने कुरा बुझ्दै गएका छन् । काठमाडौँको जडीबुटी नरेफाँट बस्ने वसन्तले पनि यो कुरा बुझ्न थालेको तीन वर्ष भयो । उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोलसँग एकैपटक सङ्घर्ष गर्नु परेपछि उहाँले यो… पुरा पढौ

सुनचाँदीकाे भाउ बढ्याे, आज चाँदीमा रेकर्ड कायम

काठमाडौं, ३० असार । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली बजारमा सुनचाँदीकाे भाउ बढेकाे छ । यसदिन चाँदीको भाउले रेकर्ड कायम गरेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ । चाँदीको भाउ ताेलामा रुपैयाँ ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको… पुरा पढौ

सबै भुक्तानीहरु अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न अर्थकाे परिपत्र

काठमाडौं, ३० असार । अर्थ मन्त्रालयले २०८२ साउन १ गतेबाट सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीहरु अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न परिपत्र गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई साे व्यवस्था गर्न परिपत्र गरेको हो । मन्त्रालयका अनुसार केही बोर्ड, समिति र सार्वजनिक संस्थानहरुमा विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको देखिएकाेले अर्थ मन्त्रालयले परिपत्र गरेको जनाएको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटमा यसका बारेमा उल्लेख भएकाेले साेअनुसार परिपत्र गरिएको… पुरा पढौ

साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै नबिल बैंक

काठमाडौं, ३० असार । नबिल बैंकले साउन ६ गतेदेखि ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गर्ने भएकाे छ । बैंकले ८ वर्ष अवधि रहेकाे वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गर्न लागेको जनाएकाे छ । साे ऋणपत्र एक हजार अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता निष्काशन गरिने भएकाे हाे । यसबाट १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत बिक्री गरिनेछ । बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२… पुरा पढौ

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम भएकाे छ-अर्थमन्त्री पौडेल

काठमाडौं, ३० असार। वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गरेका थिए। एक वर्षमा अर्थ मन्त्रालयले सम्पन्न गरेका कामबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसँग पौडेलसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएकाे छ । सरकारको एक वर्ष उपलब्धिपूर्ण रह्यो । आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायत अरु सबै हिसाबले उपलब्धिपूर्ण ढङ्गले हामीले एक वर्ष व्यतित गरेका छौँ । हाम्रा उपलब्धि गर्व गर्न लायक छन् ।… पुरा पढौ

कृषकको सहारा बन्दै ‘जियोकृषि एप’

तानसेन (पाल्पा), ३० असार। पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यहाँका केही किसानहरू मोबाइलमा प्रविधिको प्रयोगबाट आत्मनिर्भर बन्नमा सहयोग पुगेको छ । रिब्दीकोट गाउँपालिका–२ का टिकाबहादुर राना तीनैमध्येका एक हुनुहुन्छ । उहाँ बजारमा तरकारीको भाउ, आफुले बिक्री गरेको तयारीको विवरण मोबाइलबाटै थाहा पाउनुहुन्छ । कुन समयमा कुन तरकारी लगाउने, मल, खाद र सिँचाइ कसरी गर्ने, मौसम कस्तो… पुरा पढौ

बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती

म्याग्दी, ३० असार । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् । तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो । विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरुलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारीखेती गरिएको जानकारी दिए। “धवलागिरिको… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १७१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७३… पुरा पढौ