आर्थिक 📈

ऊर्जा संरचना पुनर्निर्माणमा करिब ४ खर्ब लाग्ने आकलन

काठमाडौं, १४ असोज । भोटेकोशी र त्रिशूली नदीमा हालै आएको बाढीका कारण जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेको छ। प्रभावित ऊर्जा संरचनाहरूको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि करिब ३ खर्ब ९० अर्ब रुपैयाँसम्म खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार जलवायु परिवर्तनका कारण बढ्दै गएका मौसमी तथा जलवायुजन्य विपद्ले देशको ऊर्जा र जलस्रोत क्षेत्रमा गम्भीर असर पारेको छ। १० प्रतिशत विद्युत् उत्पादन ठप्प मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले बाढीबाट प्रभावित ऊर्जा संरचनाको प्रारम्भिक लगानी मूल्य करिब १ खर्ब… पुरा पढौ

नेप्से ४.८२ अंकले घट्यो, २६०० विन्दुमुनि झरे पनि कारोबार रकममा सुधार

काठमाडौ, १४ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातारको गिरावटपछि २६०० विन्दुभन्दा तल झरेको छ। बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा सीमित भएको हो। नौ कारोबार दिनपछि नेप्से पुनः २६०० विन्दुभन्दा तल ओर्लिएको हो। यसअघि गत भदौ २९ गते नेप्से परिसूचक २६०० विन्दुमुनि बन्द भएको थियो। यस दिन अन्य प्रमुख सूचकहरू पनि ओरालो लागेका छन्। सेन्सेटिभ इण्डेक्स २.०२ अंक, फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले घटेको छ। कारोबार रकममा वृद्धि नेप्से परिसूचक घटे… पुरा पढौ

पुँजीबजार सुधारका काम भइरहेका छन्: अध्यक्ष भट्ट

काठमाडौं, १४ असोज । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले देशको पुँजीबजारलाई व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने काम निरन्तर भइरहेको बताउनुभएको छ। प्रतिनिधिसभाको अर्थ समितिको आज आयोजित बैठकमा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो। अध्यक्ष भट्टले धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन, नियमन तथा लगानीकर्ताको हित संरक्षणका लागि सम्बद्ध निकायहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो। नयाँ कम्पनीको प्राथमिक सेयर (आईपीओ) जारी गर्दा अपनाउनुपर्ने चेकलिस्टलगायत धेरै विषयमा नीतिगत तथा कानुनी सुधार गर्न लागिएको उहाँको भनाइ थियो। बैठकमा सरोकारवाला र सांसदहरूले राखेका… पुरा पढौ

अमूदी फुड्सले रू १० करोड बराबरको आईपीओ ल्याउँदै

काठमाडौं, १४ असाेज । खाद्य उत्पादन क्षेत्रमा सक्रिय अमूदी फुड्स लिमिटेडले सर्वसाधारणका लागि १० करोड रुपैयाँ बराबरको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउँदै प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ। पूँजी संरचना र रेटिङ कम्पनीको प्रस्तावित पूँजी संरचनाअनुसार कुल जारी पूँजी ४२ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३२ करोड रुपैयाँ संस्थापक समूह र १० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भइसकेको… पुरा पढौ

सुन र चाँदीको भाउ उच्च वृद्धि: सुन प्रतितोला २ लाख ९३ हजार ३०० पुग्यो

काठमाडौ, असोज १४ । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। असोज १४ गते बुधबार सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपैयाँले बढ्दा चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा… पुरा पढौ

सुनचाँदी आयात र बिक्री-वितरणबारे बैंक तथा व्यवसायी बीच अन्तर्क्रिया सम्पन्न

काठमाडौं, १४ असाेज। नेपाल राष्ट्र बैंकद्वारा जारी सुनचाँदी आयात तथा बिक्री-वितरण सम्बन्धी कार्यविधिका क्रममा देखिएका व्यावहारिक कठिनाइ र समस्या समाधानका लागि नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आयोजनामा बैंक-व्यवसायी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा महासंघको सचिवालय, बोगेनभिल्लामा असोज १३ गते उक्त कार्यक्रम सम्पन्न भएको हो। व्यावसायिक समस्या र बैंकहरूको स्पष्टीकरण अन्तर्क्रियाका क्रममा व्यवसायीहरूले बैंकबाट सुन खरिद गर्दा अपनाउनुपर्ने झन्झटिल प्रक्रिया, आवश्यक कागजात, भुक्तानी व्यवस्था तथा बैंकमार्फत सुन खरिदको व्यवस्था अपेक्षाअनुसार… पुरा पढौ

लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग

रुपन्देही, १४ असोज। लुम्बिनी कोरिडोरमा तीव्र रुपमा औद्योगिक गतिविधि बढ्दै गएपछि बुद्ध जन्मस्थल लुम्बिनीको संरक्षणसँगै औद्योगिक लगानी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको वातावरणीय तथा पुरातात्विक महत्वमा औद्योगिक प्रदूषणको असर पर्न सक्ने भन्दै सर्वोच्च अदालतले प्रदूषण गर्ने उद्योग बन्द वा स्थानान्तरण गर्न आदेश दिएको छ । आदेशपछि कोरिडोरमा सञ्चालित उद्योगको भविष्य र त्यसमा निर्भर रोजगारीबारे बहस सुरु भएको छ । भैरहवादेखि लुम्बिनीसम्मको करिब २० किलोमिटर सडकलाई लुम्बिनी कोरिडोरका रूपमा लिइन्छ । यही मार्ग भएर स्वदेशी… पुरा पढौ

बिमा दाबीमा सर्भेयर खटाउन ‘स्वचालित प्रणाली’ सुरु

काठमाडौं, १४ असाेज। बिमा दाबीको क्षति मूल्यांकन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउन नेपाल बिमा प्राधिकरणले सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित (अटोमेटेड) बनाउने भएको छ। सुशासनमा आधारित यस प्रणालीको असोज १२ गते साँझदेखि परीक्षण (टायल) सुरु भइसकेको छ। हाल बिमा कम्पनीहरूले म्यानुअल रूपमा सर्भेयर छनोट गर्दा आफ्ना पहुँच वा रोजाइका सर्भेयरलाई मात्र बढी काम दिने, साना-ठूला विवाद हुने र अवसरको समान वितरण नहुने जस्ता गुनासो आउने गरेका थिए। नयाँ स्वचालित सफ्टवेयरले यस्ता समस्या अन्त्य गर्दै दाबी भुक्तानी प्रक्रियाको समय र लागत… पुरा पढौ

नबिल र गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

काठमाडौं, १४ असाेज। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार (असोज १४ गते) दुई वाणिज्य तथा विकास बैंक—नबिल बैंक लिमिटेड (NABIL) र गरिमा विकास बैंक लिमिटेड (GBBL)—को शेयरमूल्य समायोजन भएको छ। आगामी वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुवै बैंकहरूले बुकक्लोज गरेसँगै नेप्सेले बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेका अनुसार यस दिन नबिल बैंकको ५ प्रतिशत र गरिमा विकास बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरिएको छ। समायोजित नयाँ मूल्य र अघिल्लो कारोबार: नबिल… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १४ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३६ पैसा कायम… पुरा पढौ