आर्थिक 📈

काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्ययोजना

कपिलवस्तु, १७ असोज। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्ययोजना निर्माण गरिरहेको बताउनुभएको छ । कपिलवस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा उहाँले नेपालका वनमा काठ कुहिने र धोद्रिने तर विदेशबाट काठ आयात हुने अवस्था अन्त्य गर्न कार्ययोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । मन्त्री चौधरीले वनको दिगो व्यवस्थापनसँगै स्वदेशी काठको उत्पादन र उपभोग बढाउन सरकारको प्राथमिकता रहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको नीति तथा… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १७ असोज। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा कायम… पुरा पढौ

मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

भोजपुर, १७ असोज। बाँदरबाट क्षति कम हुने र बजारमा राम्रो मूल्य पाउने भएपछि जिल्लाका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय किसानले यसको व्यावसायिक खेती विस्तार गर्न थालेका हुन् । षडानन्द नगरपालिका–१ नेपालेडाँडाका किसान जीवन थापाले विसं २०७६ देखि व्यावसायिकरूपमा मेकाडेमिया नट खेती गर्दै आउनुभएको छ । उहाँले पोखराबाट बिरुवा ल्याएर आफ्नो क्षेत्रमा करिब दुई हजार बोट मेकाडेमिया नट खेती विस्तार गर्नुभएको छ । मेकाडेमिया नटको बोटमा काँडा हुने तथा फलको बोक्रा कडा हुने भएकाले अन्य… पुरा पढौ

थाइल्याण्डको पटायामा युनाइटेड लुब्रिकेन्ट्सको ‘डिलर्स समिट २०८३’ सम्पन्न, नयाँ इन्जिन आयल सार्वजनिक

काठमाडौं, १६ असाेज। युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रा. लि.को आयोजनामा “UNITED DEALERS SUMMIT 2083” थाइल्याण्डको पटायास्थित द होलिडे रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको छ। गत सेप्टेम्बर २१ देखि २५ (असोज ५ देखि ९ गते) सम्म सञ्चालन भएको उक्त कार्यक्रममा कम्पनीका देशभरका डिलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो। डिलरहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने, उत्कृष्ट कार्यसम्पादन गर्नेहरूलाई सम्मान गर्ने र नयाँ उत्पादनहरू बजारमा ल्याउने उद्देश्यका साथ समिटको आयोजना गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा Veedol Lubricant र Nepal Gold Lubricant Brand का डिलरहरूबीच अनुभव… पुरा पढौ

नेप्सेमा झिनो गिरावट, कारोबार ४ अर्ब २९ करोडमा सीमित

काठमाडौं, १६ असाेज। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन बिहीबार करिब स्थिर रहेको सेयर बजार शुक्रबार भने घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.७४ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंकले घटेका छन्। नेप्सेसँगै कारोबार रकममा पनि संकुचन आएको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा… पुरा पढौ

त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो (विचार)

काठमाडौं, १६ असोज । भोटेकोशी विपत्तिलाई सामान्य बाढी मात्रै ठान्नु उपयुक्त हुँदैन । यो बाढी होइन, यो त हिमाली महाविपत्ति हो । हिमालको बरफ र चट्टानको पहिरो नदी तालमा ठोक्किएर, सबै बगेर ढुङ्गामुढा र गेग्रानसहितको जलप्रलय भयो । यस्तो घटना बिसवको विपद्को इतिहासको असाध्यै बिरलै भएको परिघटना हो । वातावरणीय विनाशले गर्दा आगामी दिनमा यस खालका समस्या झन् बढ्ने सम्भावना रहन्छ । नेपालजस्तो कम विकसित र गरिब देशमा यसखालका घटना हुँदा भौतिक, मानवीय र सामाजिक रुपमा ठूलो क्षति पुगेको छ… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, १६ असोज। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको… पुरा पढौ

चिनीको मौज्दात र कारोबार बुझाउन नसकेपछि साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३ लाख जरिवाना

काठमाडौं, १६ असाेज । बजारमा चिनीको अभाव र अस्वाभाविक मूल्यवृद्धि भइरहेको समयमा सरकारी स्वामित्वकै साल्ट ट्रेडिङ कर्पोरेसन कारबाहीमा परेको छ। चिनीको खरिद, बिक्री तथा मौज्दातको यकिन विवरण उपलब्ध गराउन नसकेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कर्पोरेसनलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो। कर्पोरेसनले चिनीको दैनिक कारोबार र मौज्दातको नियमित अभिलेख स्टक लेजरमा राख्ने गरेको दाबी गरे पनि विभागको स्थलगत अनुगमन टोलीले माग्दा उक्त विवरण प्रस्तुत गर्न सकेको थिएन। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको 'शून्य सहनशीलता' नीतिअन्तर्गत भएको अनुगमनका क्रममा… पुरा पढौ

यी ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १६ असाेज। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (असोज १६ गते, शुक्रबार) अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरले आगामी सोमबार (असोज १९ गते) बुकक्लोज गर्दैछन्। शनिबार र आइतबार शेयर बजार बन्द रहने भएकाले आज असोज १६ गते शुक्रबारसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र यी कम्पनीहरूको आगामी साधारण सभामा सहभागिता जनाउन तथा घोषित लाभांश… पुरा पढौ

गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा

भोजपुर, १६ असोज। पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ । विदेशबाट फर्किएका तथा गाउँमै रहेका युवाले कृषि तथा पशुपालनलाई व्यवसायका रूपमा अघि बढाएका छन् । उनीहरू व्यावसायिक रूपमा अलैँची, किवी, एभोकाडो, ओखर, चिराइतोखेती तथा बाख्रापालनमा जुटेका छन् । गाउँमै मिहिनेत गरेर कृषि तथा पशुपालनबाट आम्दानी गर्न सकिने भएपछि स्थानीय युवा त्यसतर्फ आकर्षित भएका हुन् । विदेशबाट फर्किएका केही युवाले विदेशमा सिकेको सीप र अनुभवलाई प्रयोग गर्दै व्यवसाय सञ्चालन गरेका छन् । उनीहरूले… पुरा पढौ