आर्थिक 📈

सुनचाँदीका गहना बिक्रीमा ‘सीप प्रवर्द्धन शुल्क’ सम्बन्धी कार्यविधि २०८३ जारी

काठमाडौं, १३ असोज। नेपाल सरकारको आन्तरिक राजस्व विभागले सुनचाँदीका गरगहना तथा वस्तुको बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई सरल, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्न ‘सीप प्रवर्द्धन शुल्कसम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ। आर्थिक ऐन, २०८३ को दफा १४ मा भएको व्यवस्था अनुसार विभागले शुल्क असुली, दाखिला, लेखाङ्कन, विवरण पेस तथा परीक्षणसम्बन्धी कार्यविधि तयार पारेको विभागका सूचना अधिकारी केशव रघुवंशीले जानकारी दिनुभयो। कार्यविधिका प्रमुख व्यवस्थाहरू: ०.५ प्रतिशत शुल्क असुली: नेपालभित्र अन्तिम उपभोक्तालाई सुन वा चाँदीका गरगहना तथा वस्तु बिक्री गर्दा बिक्री… पुरा पढौ

नेप्से ९.६२ अंकले घट्याे, ४ अर्ब ६५ करोडकाे काराेबार

काठमाडौं, १३ असाेज । साताको शेयर काराेबार हुने दोस्रो कारोबारकाे दिन मंगलबार पनि शेयर बजारमा गिरावट भएको छ। अघिल्लो दिन सोमबार पनि घटेर बन्द भएको नेप्से परिसूचकले यसदिन सोही गिरावटको क्रमलाई निरन्तरता दिएको छ। नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स १.०१ अंक, फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले घटेका छन्। कारोबार रकममा पनि गिरावट: नेप्से परिसूचकसँगै यस दिन कारोबार रकममा समेत गिरावट आएको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँबराबरको… पुरा पढौ

विराट एग्री लिमिटेडले आईपीओ ल्याउदै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडाैं १३ असाेज । विराट एग्री लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आईपीओ निष्काशनका लागि कम्पनीले संस्थागत परामर्श सेवासहित एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। सुनसरीको इटहरी–१३ मा रहेको यस कम्पनी नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक र दिगो ढाँचामा विकास गर्ने उद्देश्यका साथ सञ्चालनमा छ। मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत कम्पनीले व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको छ। हाल विराट एग्री देशका ठूला… पुरा पढौ

पूर्वाञ्चल विश्वविद्यालय सभा-करिब २ अर्ब बजेट स्वीकृत एआई र चिकित्सा शिक्षा प्राथमिकतामा

काठमाडौं, १३ असोज। पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु एक अर्ब ९९ करोड १६ लाख ९७ हजारको बजेट स्वीकृत गरेको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३औँ सभाले रजिस्ट्रार प्रा डा पन्नाबहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो । विश्वविद्यालयले आगामी वर्ष शैक्षिक रूपान्तरण, प्रविधिमैत्री पूर्वाधार र चिकित्सा शिक्षाको विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ । विश्वविद्यालयका अनुसार गोठगाउँस्थित ८०५ बिघा… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो

काठमाडौं, १३ असोज । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ८०० र चाँदीको मूल्य रु ११५ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ५०० र चाँदीको मूल्य रु चार हजार ३९५ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९४ हजार ३०० र चाँदीको मूल्य रु चार हजार ५१० कायम थियो । पुरा पढौ

विदेशी ज्ञान र अनुभव स्वदेशमा-‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईं

चितवन, १३ असोज। राजनीतिक दलका महाधिवेशन, विभिन्न संघ सस्थाका साधारणसभाजस्ता कार्यक्रममा भोजनको व्यवस्था गर्नुपर्ने काम अत्यन्त चुनौती मानिन्छ । यही चुनौतीलाई अगाल्ने मध्येका एक व्यक्ति जनप्रकाश चापागाई हुनुहुन्छ । पछिल्ला समय दुई ठूला राजनीतिक दलका चार राष्ट्रिय कार्यक्रममा भोजनको जिम्मेवारी सम्हालेपछि उहाँ भोजन व्यवस्थापनका लागि अब्बल बन्नुभएको छ । बेलायतबाट सेवा क्षेत्रमा अनुभव हासिल गरेर स्वदेश फर्किएपछि उहाँले काठमाडौँ, बुटवल र भरतपुरमा होटल र पार्टी प्यालेस सञ्चालन गर्न सुरुआत गर्नुभयो काठमाडौँमा अनुपम फुडल्याण्ड, दियालो फुडल्याण्ड, गोधुली रेष्टुरेण्टका सञ्चालक चापागाईसहितको समूह… पुरा पढौ

शरद् ऋतुमा १८ हिमाल आरोहण-पाैने २४ करोड राजस्व सङ्कलन

काठमाडौं, १३ असोज। शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६८ वटा टोलीका ६३७ जना आरोहीले अनुमति लिएका हुन् । विभागका सूचना अधिकारी सुरज घिमिरेले १८ हिमाल आरोहणका लागि ४७४ पुरुष र १६३ महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु २३ करोड ८५ लाख १७ हजार ७९७ रोयल्टी सङ्कलन गरेको छ । आरोहण अनुमति प्रदान… पुरा पढौ

यी चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १३ असाेज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार प्रमुख कम्पनीको लाभांश सुरक्षित गर्ने अआज न्तिम दिन बाँकी रहेको छ। असोज १३ गतेसम्म कारोबार भई कायम रहने शेयरधनीहरूले मात्र यी कम्पनीहरूले घोषणा गरेको लाभांश प्राप्त गर्न र आगामी वार्षिक साधारण सभामा भाग लिन पाउनेछन्। लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेका कम्पनीहरूमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्स रहेका छन्। साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि यी चारै कम्पनीहरूले भोलि… पुरा पढौ

एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १३ असाेज । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ‘एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्ड’को इकाईका लागि आवेदन दिने आज (असोज १३ गते) अन्तिम दिन रहेको छ। क्यापिटलले असोज ७ गतेदेखि उक्त फण्डको इकाई निष्काशन गरेको थियो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। कुल निष्कासित इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ। बाँकी ६ करोड ८०… पुरा पढौ

फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

धनगढी, १३ असोज। धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएको छ । धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूलखेती तालिमबाटै सिकेर उहाँले फूलखेती सुरुआत गर्नुभएको हो । न्यू बण्डोली नर्सरी कन्र्सन फार्ममार्फत फूलखेती गर्दै आउनुभएकी सुशीला हाल फूलखेतीबाट आत्मनिर्भर बन्नुको साथै आम्दानीसमेत गर्दै आउनुभएको छ । रु पाँच लाख लगानीबाट सुरु गर्नुभएकी सुशीलाको फूलखेती व्यवसायमा अहिले रु ५० लाख लगानी पुगेको छ । दुई बिघा क्षेत्रफल जमिन लिजमा लिई व्यावसायिक रुपमा फूलखेती गर्दे आउनुभएकी सुशीलाले वार्षिक रुपमा… पुरा पढौ