आर्थिक 📈

१ अर्बकाे रिलायबल समृद्धि योजना निष्काशन हुँदै

काठमाडाैं, २८ फागुन । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले नयाँ वर्ष २०८२ बैशाख ३ गतेदेखि सामूहिक लगानी कोष रिलायबल समृद्धि योजनाको इकाई बिक्रीमा ल्याउने भएकाे छ । क्यापिटलका अनुसार प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा रूपैयाँ १ अर्ब बराबरको १० करोड इकाई बिक्रीका लागि ल्याइनेछ ।योजना १० वर्षे बन्दमुखी योजना हो। याे रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुन्छ । कुल १० करोड इकाईबाट १ करोड १५ लाख इकाईमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्धक रहेकाे रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका लागि… पुरा पढौ

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २८ फागुन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३० ले बढेको जनाएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले बढेर तोलाको… पुरा पढौ

लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

सिरहा, २८ फागुन । लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको रु दुई अर्ब आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा सञ्जयप्रसाद साहले जानकारी दिए। डा साहका अनुसार लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा अस्पताल बन्ने छभने यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । “आगामी पाँच वर्षभित्र… पुरा पढौ

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं, २८ फागुन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६३, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो… पुरा पढौ

साल्ट ट्रेडिङ्गकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, २८ फागुन । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्ने बताएकाे छ। फागुन २९ गते सरकारले फागु पूर्णीमा, होलीको सार्वजनिक बिदा दिएकाे छ । लाभांश पाउनका लागि लगानीकर्ताले आज बुधबारसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । कम्पनीका अनुसार ५८ औँ साधारण सभा चैत १५ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।… पुरा पढौ

चुरे समितिमा दस वर्षमा रु १५ अर्ब खर्च, उपलब्धि कति ?

काठमाडौं, २८ फागुन । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै रु १५ अर्ब खर्च भएको छ । समितिले यस अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समिक्षा हुन थालेको छ । विसं २०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०÷८१ सम्म रु १४ अर्ब ९६ करोड खर्च गरेको छ । समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१ दशलवल ८४ प्रतिशत भएको छ । समितिमा मासिक तलब सुविधा लिने छ… पुरा पढौ

यस्तो छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, २८ फागुन । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ०४ पैसा र बिक्रीदर १८० रूपैयाँ ८२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८४ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५२… पुरा पढौ

पोखरा फाइनान्सको सीईओमा प्रकाश गुरुङ नियुक्त

काठमाडौं,२७ फागुन । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन्। फाइनान्सको फागुन २६ गते साेमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा गुरुङलाई नियुक्ति गर्ने निर्णय गरेको हो। गुरुङलाई २०८१ चैत १ गतेदेखि लागू हुने गरी २ वर्षे कार्यकालका लागि नियुक्त गरिएकाे फाइनान्सले जनाएकाे छ । २ दशक भन्दा बढिकाे बैकिङ अनुभब भएका गुरूङ यसअघि पाेखराकाे ग्रिन डेभलपमेन्ट बैकमा नायब प्रमुख कार्यकारी अधिकृत थिए । त्यसअघि उनी पुर्णिमा बिकास बैकमा प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा थिए… पुरा पढौ

जलेश्वर भन्सारद्वारा ८ महिनामा २ अर्ब राजस्व सङ्कलन

जनकपुर, २७ फागुन । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा रु दुई अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनाको हालसम्ममा ८३.८९ प्रतिशत राजस्व सङ्कलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिए। चालु आर्थिक वर्षमा वार्षिक रु चार अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । तर कार्यालयले सो लक्ष्यको ४७.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।… पुरा पढौ

नेप्से ३२.२१ अंकले घट्याे, ८ अर्ब ३९ करोडको कारोबार

काठमाडौं, २७ फागुन । पछिल्ला दिनहरुमा शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली शेयर बजार ओरालोको यात्रामा गएको छ । हालैका दिनहरुमा राजनीतिक घटनाक्रमहरुले लगानीकर्ताहरुको सक्रियतामा कमि आएको आकलन गरिएको छ । उनीहरुलाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा झरेको छ । नेप्सेमा १.१७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.२८ अंकले घटेर ४५६.४७ विन्दुमा रहेको छ । १३… पुरा पढौ