आर्थिक 📈

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता

काठमाडौं, ८ असोज। परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्वास तथा पुनर्निर्माणका लागि जर्मनीसँग आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आज जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री रिम अलाबाली राडोभानसँग भएको द्विपक्षीय ‘साइडलाइन’ भेटवार्तामा मन्त्री खनालले विपद्पछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशील, विपद् पूर्वतयारी र क्षमता अभिवृद्धिमा थप लगानीको आवश्यकता औँल्याउनुभएको हो । भेटवार्तामा मन्त्री खनालले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति जर्मन सरकार तथा जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता र सहयोगप्रति आभार… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ८ असोज। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १३ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५२ पैसा कायम… पुरा पढौ

तनहुँमा ११ हजार एक सय ३४ उद्योग

दमौली (तनहुँ), ८ असोज। तनहुँमा हालसम्म ११ हजार १३४ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ सम्म जिल्लामा रहेका उद्योगमध्ये गत आर्थिक वर्षमा मात्रै ३४३ नयाँ उद्योग थपिएका छन् । एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा रहेका उद्योगमध्ये सबैभन्दा बढी घरेलु उद्योग छन् । उहाँका अनुसार हाल तनहुँमा सात हजार ३२९ घरेलु, तीन हजार ६५० साना, १४९ लघु र एउटा मझौला उद्योग सञ्चालनमा छन् । नयाँ उद्योग थपिने क्रमसँगै सञ्चालनमा रहेका… पुरा पढौ

राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन

म्याग्दी, ८ असोज। म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको अवधिमा परीक्षण उत्पादनको चरणमा पुगेको छ । पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनःसंरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारण डेढ दशकपछि सम्पन्न हुन लागेको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेर म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको आयोजनाको परीक्षण सफल भएको छ । कुल २०÷२० मेगावाट क्षमताका दुई वटा युनिटको मङ्गलबार र… पुरा पढौ

साउन र भदौमा वैदेशिक व्यापार ३५.६४ प्रतिशत, निर्यातमा ६१.८६ प्रतिशतको छलाङ

काठमाडौं, ७ असोज । चालू आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा मुलुकको वैदेशिक व्यापारमा उत्साहजनक सुधार देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार समीक्षा अवधिमा आयात र निर्यात दुवैमा वृद्धि भई बाह्य व्यापारमा सकारात्मक सङ्केत देखिएको हो। यद्यपि, आयातको ठूलो आकारका कारण व्यापार घाटा भने अझै फराकिलो बन्दै गएको छ। समीक्षा अवधिमा मुलुकको कुल वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढेर ४ खरब ७८ अर्ब १० करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक… पुरा पढौ

नेप्सेमा ब्रेक: परिसूचक ३६.२५ अङ्कले घट्यो, कारोबार रकम ६ अर्ब ३५ करोडमा सीमित

काठमाडौं, ७ असोज। लगातार तीन कारोबार दिनदेखि भइरहेको वृद्धिमा ब्रेक लाग्दै साताको दोस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ३६.२५ अङ्कले घटेर २६१८.०३ विन्दुमा झरेको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ६.३३ अङ्क, फ्लोट इण्डेक्स २.६० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१९ अङ्कले ओरालो लागेका छन्। बजार घट्दा कारोबार रकममा समेत गिरावट आएको छ। मङ्गलबार ७ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा बुधबार ३५२ वटा स्क्रिपका… पुरा पढौ

२० दिनमा २ अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

मुस्ताङ, ७ असोज। मुस्ताङ भन्सार कार्यालयले २० दिनमा २ अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाका हुँदै पैठारी गरिएका मालवस्तुबापत २० दिनमा उक्त राजस्व जम्मा भएको हो । रसुवाको भोटेकोशी बाढीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी (इभी) गाडी र कन्टेनर रसुवागढी—केरुङ नाकाबाट रुट परिवर्तन भई कोरलानाका हुँदै नेपाल भित्रिएका हुन् । कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका… पुरा पढौ

नेपाल राष्ट्र बैंकद्वारा ६ वटा लघुवित्त संस्था कारबाहीमा

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा तोकिएको नियामकीय मापदण्ड पालना नगर्ने छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाही गरेको छ। राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गर्दै ती संस्थाहरूलाई शीघ्र सुधारात्मक कारबाही तथा नगद जरिवाना गरिएको जनाएको हो। राष्ट्र बैंकका अनुसार न्यूनतम पुँजीकोष अनुपात (Capital Fund Ratio) कायम गर्न नसकेका चारवटा लघुवित्तलाई 'बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४' बमोजिम कारबाही गरिएको छ: फरवार्ड लघुवित्त:… पुरा पढौ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

काठमाडौं, ७ असोज। सरकारले विज्ञापन बोर्डको अध्यक्ष पदमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को गत असोज २ गते बसेको बैठकको निर्णयअनुसार काठमाडौँ १४ निवासी श्रेष्ठलाई ४ वर्षको पदावधिका लागि उक्त जिम्मेवारी सुम्पिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले आजै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शपथ ग्रहण समारोहमा बोल्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न नयाँ नेतृत्वलाई निर्देशन दिनुभयो। उहाँले विज्ञापन बोर्डको वर्तमान अवस्था, चुनौती र सम्भावनाको… पुरा पढौ

साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

कास्की, ७ असोज। सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले यही असोज १ गतेदेखि पोखराको पृथ्वीचोकस्थित कार्यालय परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । पसलबाट बजार मूल्यभन्दा सहुलियत दरमा चिनी, नुन, तेल, चामललगायत खाद्य सामग्री बिक्री भइरहेको कार्यालय प्रमुख सागर शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार सुपथ मूल्य पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ । “ सरकारको नीतिअनुसार दसैँ,… पुरा पढौ