आर्थिक 📈

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ९ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९८ पैसा कायम… पुरा पढौ

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी, ९ असोज। हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको विषादीरहित अग्र्यानिक स्याउ बिक्रीका लागि बिहीबार कैलालीको धनगढी आइपुगेको छ । गाउँका किसानले उत्पादन गरेको स्याउ स्थानीय बजारमा खपत नभएपछि बजारीकरणका लागि धनगढी ल्याइएको स्वामीकार्तिक खापर गाउँपालिकाका–१ का स्याउ किसान दानबहादुर रावलले बताउनुभयो । किसान रावलले लामो समयदेखि रुपाली कृषि फार्म नामक कृषि फार्म दर्ता गरी स्याउखेती गर्दै आउनुभएको छ । “व्यावसायिक रूपमा स्याउखेती गर्दै आउनुभएका रावलले स्याउको उत्पादन बढे पनि बजारको अभावमा किसान पीडामा छन्”, उहाँले भन्नुभयो,… पुरा पढौ

अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

भोजपुर, ९ असोज। भोजपुरका ग्रामीण क्षेत्रका किसानलाई यतिबेला कालो सुनका नामले चिनिने अलैँची टिप्न, केलाउन र भट्टीमा सुकाउन भ्याइनभ्याइ छ । भदौ, असोज र कात्तिक महिना अलैँची टिप्ने तथा प्रशोधन गर्ने मुख्य सिजन भएकाले किसानको दैनिकी यतिबेला अलैँची बगान र भट्टीमै बित्ने गरेको छ । परिपक्व भइसकेको अलैँची समयमै नटिपे वन्यजन्तुले नोक्सान पुर्याउने र झरेर गुणस्तर घट्ने जोखिम हुने भएकाले किसान बिहानैदेखि समूह बनाएर बगानतिर जाने गर्छन् । पौवादुङमा गाउँपालिका–५ का स्थानीय किसान टेकेन्द्र राईका अनुसार अहिले गाउँका किसान अलैँची… पुरा पढौ

नेप्से परिसूचक ११.७७ अङ्कले बढ्यो, ५ अर्ब ४४ करोडकाे कारोबार

काठमाडौं, ८ असाेज । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ११.७७ अङ्कले उकालो लाग्दै २६२९.८१ विन्दुमा पुगेको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.५५ अङ्क, फ्लोट इण्डेक्स ०.७९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अङ्कले बढेका छन्। कारोबार रकममा भने गिरावट शेयर बजार सूचकमा सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। बिहीबार २७८ कम्पनीका १ करोड ७२ लाख ७०… पुरा पढौ

नेपालको सार्वजनिक ऋण रु. २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौं, ८ असाेज । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु. २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ प्रतिशत नाघेको हो। कार्यालयको तथ्याङ्कअनुसार कुल ऋणमध्ये आन्तरिक ऋण दायित्व रु. १३ खर्ब ६१ अर्ब ८७ लाख र बाह्य ऋण दायित्व रु. १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख बराबर रहेको छ। जिडिपीका आधारमा आन्तरिक ऋण २०.६३ प्रतिशत र… पुरा पढौ

राष्ट्र बैंकद्वारा रु. १००० दरको नयाँ नोट चलनचल्तीमा, यस्ता छन् विशेषताहरू

काठमाडौं, ८ असाेज। नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले रु. १००० (एक हजार) दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले २०८३ असोज ८ गते बिहीबार एक सूचना जारी गर्दै साविककै आकारमा रङ परिवर्तन गरी (बैजनी रङको घेराभित्र फिक्का हरियो) नोट सम्बत् २०८३ साल असोज ८ गतेदेखि नै चलनचल्तीमा ल्याइएको जनाएको छ। सङ्केत नं. $\text{ट/९२ ०००००१}$ देखि $\text{त/५० ९९९९९९}$ सम्म रहेका यी नयाँ नोटहरूमा सुरक्षण सुविधाहरू परिमार्जन गरिएको छ। Note सिरिज "विसं २०८२" र पृष्ठ भागमा "2025 A.D." उल्लेख गरिएको… पुरा पढौ

राष्ट्र बैंकले २० अर्बको निक्षेप संकलन गर्दै, आजै बोलकबोल

काठमाडौं, ८ असाेज । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट रु. २० अर्ब तरलता प्रशोचन (प्रवाह कम) गर्न १ महिने निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले २०८३ असोज ८ गते बिहीबार एक सूचना जारी गर्दै ३२ दिने अवधि रहेको उक्त निक्षेप संकलनका लागि आवेदन आह्वान गरेको हो। राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज असोज ८ गते दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको 'अनलाइन बिडिङ सिस्टम सफ्टवेयर' (OBSS) मार्फत हुनेछ। निष्काशन मिति असोज ८… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ

काठमाडौं, ८ असोज। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० र चाँदीको रु चार हजार ६५० कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार ३०० र चाँदीको मूल्य रु चार हजार ८१५ कायम भएको थियो । पुरा पढौ

यी ५ कम्पनी र फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, ८ असाेज । आज बिहीबार २ कम्पनी र ३ म्युचुअल फण्डहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेको छ। माछापुच्छ्रे बैंक, कालिञ्चोक दर्शन, आरबिबि म्युचुअल फण्ड १ र २ तथा ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ को लाभांश प्राप्त गर्नका लागि लगानीकर्ताले आजैसम्म शेयर तथा इकाई कायम गरिसक्नुपर्नेछ। नेप्सेका अनुसार भोली (असोज ९ गते) कालिञ्चोक दर्शनले र असोज १२ गते माछापुच्छ्रे बैंक तथा बाँकी तीन म्युचुअल फण्डले बुकक्लोज गर्दैछन्। त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी तथा इकाईधनीहरूले मात्र… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन

काठमाडौं, ८ असाेज। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असोज ८ गते, आज बिहीबार दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सले बुकक्लोज गरेसँगै नेप्सेले नयाँ शेयरमूल्य निर्धारण गरेको हो। नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत र स्नो रिभर्सको १० प्रतिशत बोनस शेयर समायोजन गरिएको छ। समायोजित मूल्य विवरण: सांग्रिला डेभलपमेन्ट बैंक: अघिल्लो कारोबार दिन (बुधबार)को अन्तिम मूल्य: रु. ४२८ बोनस शेयर प्रतिशत: ४% नेप्सेद्वारा निर्धारित समायोजित मूल्य: रु. ४११.५४… पुरा पढौ