आर्थिक 📈

नेप्सेमा ७.०६ अंककाे बृद्धि, ७ अर्ब बढीकाे काराेबार

काठमाडौं, ६ असाेज। साताको पहिलो कारोबार दिनदेखि कायम रहेको सुधारको लयलाई निरन्तरता दिँदै धितोपत्र बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि उकालो लागिरहेको बजारले मङ्गलबार पनि सोही सकारात्मक क्रमलाई निरन्तरता दिएको हो। मङ्गलबार नेप्से परिसूचक ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुगेको छ। नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स २.७१ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले बढेका छन्। कारोबार रकममा सुधार: ७ अर्ब ५ करोड… पुरा पढौ

कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी र जावलाखेल एरियामा ५ थान यात्रु प्रतिक्षालय बेन्च सहयोग

काठमाडाैं, ६ असाेज । कामना सेवा विकास बैंक लिमिटेडले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी तथा जावलाखेल क्षेत्रमा यात्रुहरूका लागी ५ थान प्रतीक्षालय बेन्च सहयाेग गरेको छ । बैंकले सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै उक्त बेन्च सहयाेग गरी स्थापना गरिएको हो । बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साे प्रतीक्षालय बेन्च स्थापना गरिएको थियाे । सर्वसाधारण तथा यात्रुहरूको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले निर्माण… पुरा पढौ

सुनचाँदीको मूल्य ओरालो

काठमाडौं, ६ असोज। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार ७०० र चाँदीको मूल्य रु ३० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८०५ कायम भएको थियो… पुरा पढौ

मिड सोलु हाइड्रोपावरद्वारा १५.७८९ प्रतिशत लाभांश घोषणा

काठमाडौं, ६ असाेज । मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीद्वारा जारी जानकारी अनुसार शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गरिनेछ। हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ। सोही पुँजीका आधारमा: बोनस शेयर: १५ प्रतिशत बापत १२ करोड… पुरा पढौ

प्राविधिक समस्या समाधान भएपछि शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं, ६ असोज । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ । नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि आज असोज ६ गतेदेखि नेप्सेमा पूर्ववत् रूपमा कारोबार सञ्चालन गरिने भएको हो । नेप्सेले डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो ।… पुरा पढौ

शेयर बजारमा पुँजीगत लाभ कर घट्यो: आजदेखि नयाँ दर लागू

काठमाडौं, ६ असाेज । सरकारले शेयर बजारका लगानीकर्ताहरूलाई लक्षित गर्दै पुँजीगत लाभ कर घटाउने निर्णय गरेको छ। अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्बाट भएको उक्त निर्णय औपचारिक रूपमा नेपाल राजपत्रमा प्रकाशित भएसँगै आजदेखि नयाँ कर दर लागू हुँदैछ। राजपत्रमा प्रकाशित सूचना अनुसार, अब नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको शेयर तथा हित बिक्री (निःसर्ग) गर्दा स्वामित्वमा रहेको अवधिका आधारमा कर असुल गरिनेछ। जसअनुसार: दीर्घकालीन लगानीकर्ता (३६५ दिनभन्दा बढी स्वामित्व भएका): पुँजीगत लाभ करको दर घटाइ ३.७५ प्रतिशत कायम गरिएको छ। अल्पकालीन लगानीकर्ता (३६५… पुरा पढौ

नबिल म्युचुअल फण्डका दुई योजनाको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ६ असाेज । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) र नबिल ब्यालेन्स्ड फण्ड ३ (NBF3) को प्रतिफल सुरक्षित गर्ने आज (असोज ६ गते, मंगलबार) अन्तिम दिन रहेको छ। घोषित प्रतिफल वितरण प्रयोजनका लागि यी दुवै फण्डहरूले भोलि (असोज ७ गते, बुधबार) एक दिनका लागि बुकक्लोज गर्दैछन्। जस अनुसार आज असोज ६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका इकाईधनीहरू मात्र यी फण्डहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्। नबिल ब्यालेन्स्ड फण्ड… पुरा पढौ

नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता

काठमाडौं, ६ असोज। नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच विपन्न, ज्येष्ठ नागरिक, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका नागरिकको निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रियाका लागि सहयोग उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार बैंकले कार्यक्रम सञ्चालनका लागि अस्पताललाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउनेछ । अस्पतालले समुदायमा पुगेर आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविर सञ्चालन गर्नेछ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंका अनुसार उक्त कार्यक्रम आर्थिक वर्ष २०८३÷८४ देखि २०८७÷८८ सम्म सञ्चालन हुनेछ । कार्यक्रमअन्तर्गत बागमती, गण्डकी र मधेस प्रदेशमा… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ६ असोज। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७० पैसा कायम… पुरा पढौ

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

दमौली (तनहुँ), ६ असोज. तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको वन क्षेत्रबाट रु १७ करोड २३ लाख ४५ हजार १२२ बराबरको कारोबार भएको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार वन क्षेत्रको संरक्षणसँगै वन पैदावारको व्यवस्थित उपयोग र सामुदायिक वनको सक्रियताका कारण आर्थिक कारोबारमा उल्लेख्य योगदान पुगेको हो ।… पुरा पढौ