आर्थिक 📈

चन्द्रागिरी हिल्सकाे नाफा र प्रतिशेयर आम्दानीमा सुधार

काठमाडाैं, २९ माघ । चन्द्रागिरी हिल्सकाे नाफामा सामान्य बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ५.७८ प्रतिशतले बढेकाे हाे । पुस मसान्तसम्ममा कम्पनीले रूपैया ६ करोड ६४ लाख खुद नाफा कमाएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा तुलनामा ५.७८ प्रतिशत अर्थात रूपैयाँ ६ करोड २८ लाख हाे । कम्पनीको सञ्चालन आम्दानी ७.६५ प्रतिशतले घटेकाे छ । यसरी घटेर रूपैयाँ ४२ करोड २५ लाख… पुरा पढौ

उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार

गण्डकी, २९ माघ । गण्डकी प्रदेशमा एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त प्रविधिको स्याउखेतीमा आकर्षित भएका हुन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले स्याउ बगैँचा विस्तारमा किसानलाई सघाउँदै आएको छ । मुस्ताङ र मनाङ स्याउखेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ । बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको मन्त्रालयका सचिव वासुदेव रेग्मीले… पुरा पढौ

अमेरिकी डलर र यूराेको भाउ बढ्यो, अन्यकाे कति ?

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४४ रूपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ९५ पैसा तोकिएको छ । यस्तै, युके पाउन्ड… पुरा पढौ

दुनाटपरी व्यवसाय-दैनिक ३ हजार आम्दानी गर्दै महतो

बरहथवा (सर्लाही), २९ माघ । हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेका छन् । सोमबार नयाँ उपकरणको उद्घाटन गरे जितेन्द्रले आगामी दिनमा उत्पादन दुईगुणाले बढ्ने अपेक्षा व्यक्त गरे। हरिवन नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना पहिला उद्योग सुरु गरे । चुरेका वनमा खेर गइरहेको… पुरा पढौ

धरहरा चढ्ने समय बढ्यो, रु एक करोड ५२ लाख राजस्व असुल

काठमाण्डौं, २९ माघ । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो । यही माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश… पुरा पढौ

पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत

गलकोट (बागलुङ), २९ माघ । बागलुङका सुरथ सुवेदी व्यावसायिक कुखुरापालनमा १८ वर्षदेखि लाग्दै आएका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आउनुभएका सुवेदीको व्यावसायिक कुखुरापालनबाट मासिक रु पाँच लाख बचत गर्दै आएका छन् । एकाउन्न वर्षीय सुवेदीले १८ वर्षमा थुप्रै असफलता व्यहोर्दै सफलतामा पुगेको बताए। उनले १० वर्षयता बागलुङ र त्यसभन्दा अघि चितवनमा कुखुरा पाल्दै आएका हुन। अहिले उनको कुखुरा फार्मममा पाँच हजार पाँच सय… पुरा पढौ

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात

भद्रपुर (झापा), २८ माघ । काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा रु १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । छ महिनामा सबैभन्दा धेरै चिया रु छ अर्ब ८२ करोड, अलैँची रु चार अर्ब २२ करोड ६० लाख, प्लाइ तथा भेनियर रु एक अर्ब ९१ करोड १३ लाख मूल्य… पुरा पढौ

ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री खड्का नयाँदिल्ली प्रस्थान

काठमाडौं, २८ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतको राजधानी नयाँदिल्लीमा यही माघ २९ देखि सञ्चालन हुन लागेको ऊर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का आज दिउँसो नयाँदिल्ली प्रस्थान गरे ।   भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्व तथा भारतीय पेट्रोलियम उद्योग महासङ्घको आयोजना हुन लागेको उक्त सम्मेलनमा भारतको कम कार्बन वृद्धि अर्थ व्यवस्थाको लागि अग्रगामी मोडेलको विषयमा छलफल हुनेछ । ऊर्जा पहुँच, सुरक्षा, किफायती र दिगोपनको लागि… पुरा पढौ

नेप्से १०.९८ अंकले घट्याे, कारोबार करिब ७ अर्बमा सिमित

काठमाडौं, २८ माघ । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजारमा गिरावट भएको छ । कारोबार रकम पनि अन्य दिनहरुको तुलनामा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ विन्दुमा झरेको छ । नेप्सेमा ०.४० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५६ अंकले घटेर ४५०.६५ विन्दुमा रहेको छ । १३ वटा उपसमूहहरुमध्ये २ वटामा मात्र हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३२२ कम्पनीहरुको शेयर… पुरा पढौ

सुनमा रु १४ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, २८ माघ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १४ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १४ सयले बढेर तोलाको १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार… पुरा पढौ