आर्थिक 📈

नेप्से सामान्य अंकले बढ्याे, ८ अर्ब ७१ करोडको कारोबार

काठमाडौं, ३० माघ । साताको शेयर कारोबार हुने चौथो दिन बिहिबार नेपाली शेयर बजारमा सामान्य अंकको बृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जले नेप्सेमा १.८६ अंकको बृद्धि भई २६८५.७३ विन्दुमा पुगेको जनाएको छ । नेप्सेमा ०.०६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.२५ अंकले बढेर ४५०.४० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ९ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३०७ वटा कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड ५५… पुरा पढौ

भारतमा बर्डफ्लु देखिएपछि सीमामा कडाइ गर्न पोल्ट्री व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र

चितवन, ३० माघ । व्यवसायीले भारतमा पोल्ट्री व्यवसायमा बर्डफ्लु देखा परेपछि रोग भित्रिन नदिनका लागि सीमा क्षेत्रमा कडाइ गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका छन् । नाकाहरूबाट सेतो अण्डा, मासु र चल्ला अवैध रूपमा चोरी निकासी हुँदा पोल्ट्रीजन्य पदार्थसँगै रोग भित्रिन सक्ने भन्दै व्यवसायीले आज गृहमन्त्रीलाई भेटी सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन् । भेटका क्रममा गृहमन्त्री लेखकले प्रहरी सङ्गठनका प्रमुखहरूलाई आजै बोलाएर सीमा क्षेत्रबाट अवैध रूपमा कुनै पनि पोल्ट्रीजन्य पदार्थ भित्रिन नदिन निर्देशन दिने बताए। यसअघि पनि यो… पुरा पढौ

खेर गएको बाँझो जमिनमा व्यवसायिक ओखरखेती सुरु

गोरखा, ३० माघ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ । किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए । ‘‘करिब २ हजार २ सयमिटरको उचाईमा रहेको ती दुई क्षेत्रमा जग्गा भएका किसानहरुलाई समेटेर कागतेखर्क बहुउद्देस्सीय कृषक समुह गठन गरिएको छ, उनले भने, ‘‘सोही समुहमा आवद्ध किसानलाई प्राविधिकको सुझावअनुसार जसको जमिनमा जति… पुरा पढौ

प्रभु इन्स्याेरेन्सको खुद नाफामा १०.५३ प्रतिशतले बृद्धि

काठमाडौं, ३० माघ । प्रभु इन्स्याेरेन्सको खुद नाफामा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफा १०.५३ प्रतिशतले बढेकाे छ । यसरी बढेकाे नाफा रूपैयाँ १२ करोड ४९ हजार रहेकेा छ । इन्स्याेरेन्सको अघिल्लो वर्षको साेहि अवधिकाे खुद नाफा रूपैयाँ १० करोड ८६ लाख १२ हजार रहेकाे थियाे । तर खुद बिमा शुल्क आर्जन ३४.१८ प्रतिशतले घटेकाे छ । यसरी घट्दा रूपैयाँ २८ करोड २५ लाख ६० हजार रहेकाे छ ।… पुरा पढौ

सुन तोलामा २७ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, ३० माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २७ सय तथा चाँदीमा रुपैयाँ १५ ले घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २७ सयले घटेर तोलाको १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ९… पुरा पढौ

नेपाल टेलिकमकाे खुद नाफा घट्याे, अन्य सूचक कस्ता ?

काठमाडौं, ३० माघ । नेपाल टेलिकमकाे खुद नाफा घटेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको हाे। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीकाे खुद नाफा रूपैयाँ २ अर्ब ६३ करोड ५१ लाख रहेकाे छ । यो गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३२.९७ प्रतिशत थाेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले रूपैयाँ ३ अर्ब ९३ करोड खुद नाफा गरेकाे थियो। कम्पनीको आम्दानी घटेपछि खुद नाफा घटेकाे… पुरा पढौ

बजार जाँदै हुनुहुन्छ ? यस्ताे छ तरकारी-फलफूलको भाउ

काठमाडौं, ३० माघ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो (भारतीय) प्रतिकेजी रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी… पुरा पढौ

नेप्सेमा ६.५४ अंकको बृद्धि, ७ अर्ब २४ करोडको कारोबार

काठमाडौं, २९ माघ । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ विन्दुमा रहेको छ । नेप्सेमा ०.२४ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ०.५० अंकले घटेर ४५०.१५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल २९९ वटा कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड… पुरा पढौ

रु ५१ अर्ब बढी लाग्ने सरकारको ‘ड्रिम प्रजेक्ट’ धौवादी फलाम खानी (आलेख)

हुप्सेकोट (नवलपुर), २९ माघ । सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् । फलाम खानी सञ्चालन हुन सकेमा देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने भन्दै उनीहरुले यस परियोजनालाई छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले सबैभन्दा बढी यो खानी हुप्सेकोटका जनताको जीवनसँग जोडिएकाले यथाशक्य सञ्चालनको माग गरे । धौवादी फलाम खानी सञ्चालनमा तीनै तहका सरकारका साथै निजी… पुरा पढौ

सुन तोलाको १ लाख ७० हजार २ सय, चाँदीकाे भाउ घट्याे

काठमाडौं, २९ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३० ले घटेको जनाएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीमा… पुरा पढौ