आर्थिक 📈

सरकार अर्थतन्त्रका समस्या चिर्दै अघि बढ्दैछ-अर्थमन्त्री पौडेल

काठमाडौं, १० माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताएका छन्। राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको ६०औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले दबाबमा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउन केही सफलता हासिल भएको र थप उपलब्धिका लागि सरकार प्रयत्नशील रहेको बताए । उपप्रधानमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जनाबाट सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकार अघि बढिरहेको स्पष्ट पारे। “वर्तमान सरकार औसत काम गरेर दिन बिताउने… पुरा पढौ

स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू

काठमाडौं, १० माघ । राष्ट्रिय योजना आयोगले समपूरक र विशेष अनुदानमार्फत स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा आयोगले १६औँ विकास योजनाको कार्यान्वयन योजना तयार गर्दै उक्त प्रणाली लागू गरेको जनाएको छ । उक्त प्रणालीले समानता र वित्तीय सङ्घीयतामा मुख्य प्रभाव पार्ने आयोगको भनाइ छ । आयोगका अनुसार उक्त प्रणालीमा पालिका र प्रदेशको राजस्व क्षमताको स्तर समृद्धि, भौतिक पूर्वाधारका आधारमा श्रेणीकरण गरिएको छ । “स्रोत वितरण गर्दा यो श्रेणीकरणलाई आधार मानिनेछ । जसले गर्दा… पुरा पढौ

अन्तिम दिन नेप्सेमा करेक्सन, पौने ८ अर्बको कारोबार

काठमाडौं, १० माघ । साताको शेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली शेयर बजारमा करेक्सन भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.१० अंकले घटेको छ । यसरी घटेको नेप्से परिसूचक २६५४.३५ विन्दुमा रहेको छ । नेप्सेमा ०.४१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.९९ अंकले घटेर ४४६.८१ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३१८ वटा कम्पनीहरुको शेयर कारोबार… पुरा पढौ

६ महिनामा पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन

वीरगञ्ज, १० माघ । चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट रु ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ), मट्टितेल आयात हुँदा रु ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन भएकाे छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको छ । चालु आवको छ महिनामा रु ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार… पुरा पढौ

बिहिबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १० माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको जनाएको छ । छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको १ हजार ८ सय… पुरा पढौ

ओम मेगाश्रीले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडाैं, १० माघ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले यही माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएकाे छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने भएको हाे ।   कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि आईपीओ जारी गर्न लागेको बताएकाे छ।   साथै कम्पनीले ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९०… पुरा पढौ

अमेरिकी डलरको भाउ घट्याे, युरो स्थिर, अन्यकाे कति ?

काठमाडौं, १० माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क र अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा बढेको छ । जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य स्थिर रहेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने… पुरा पढौ

सङ्खुवासभाबाट चालु आर्थिक वर्षमा १ अर्बको अलैँची निर्यात

किमाथाङ्का, (सङ्खुवासभा), ९ माघ । चालु आर्थिक वर्षमा जिल्लाबाट रु एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ । चालु आवमा सात सय ३० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २४ करोड भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए। जिल्लामा गत वर्ष सात सय ८० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २० करोड भित्रिएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो । विविध कारणले उत्पादन घटेपनि माग… पुरा पढौ

नेप्सेमा उत्साहप्रद बृद्धि, ९ अर्ब २० करोडको कारोबार

काठमाडौं, ९ माघ । लामो समयपछि नेप्सेमा हरियाली छाएको छ । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेप्से परिसूचकले अर्धसतकको घेरो पार गरेको छ । यसका साथै कारोबार रकमममा पनि उल्लेखनिय बृद्धि भएको छ । नेप्सेमा छाएको हरियाली वातावरणले लगानीकर्ताहरुलाई उत्साहि बनाएको छ । यसले उनीहरुकाे मनाेवल उच्च बनाएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा पुगेको छ । नेप्सेमा २.०० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.६५ अंकले बढेर ४४८.८० विन्दुमा पुगेको छ… पुरा पढौ

मकवानपुर ट्राफिकले गर्याे १ करोड ३२ लाख राजस्व सङ्कलन

बागमती, ९ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व सङ्कलन भएकोे सो कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व सङ्कलन भएको छ… पुरा पढौ