आर्थिक 📈

सुनमा रु १९ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

काठमाडौं, ९ माघ । सुनचाँदीकाे भाउ उकालो लाग्न थालेको छ । साताको सुनचाँदीको कारोबार हुने चाैथाे दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १९ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ २० ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १९ सयले बढेर तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका… पुरा पढौ

लिबर्टी इनर्जीको शेयर लिलामीमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, ९ माघ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको यर लिलामीमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले पहिले बिक्री हुन बाँकी रहेकाे ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएकाे हाे । सेयर खरिद गर्न चाहने इच्छुक जो कोहीले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । लगानीकर्ताले प्रभु बैंक तथा यसका शाखा कार्यालयहरु विराटनगर शाखा, बीरगंज शाखा, जाउलाखेल शाखा, हेटौंडा शाखा, गण्डकीमा पोखरा शाखा, लुम्बिनीमा बुटवल शाखा, कर्णालीमा सुर्खेत शाखा र सुदुरपश्चिममा धनगढी शाखाबाट आवेदन… पुरा पढौ

आइसीएफसी फाइनान्सकाे ३० करोड ऋणपत्रकाे बिक्री खुला

काठमाडौं, ९ माघ । आइसीएफसी फाइनान्सले आजदेखि ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याएकाे छ । कम्पनीले प्रतिइकाई रुपैयाँ १ हजार मूल्यमा ३ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएकाे हो । यसबाट १ लाख ८० हजार इकाई संघ संस्थाहरुलाई बिक्री गरिने भएकाे छ ।  सर्वसाधारणका लागिः रहेकाे ऋणपत्रबाट ६ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । ७ वर्षकाे अविध रहेकाे ‘९ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गरिएकाे हो । जसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिइने भएकाे छ… पुरा पढौ

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित अन्तिम दिन

काठमाडौं, ९ माघ । नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनिले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बिहिबार भोली बुकक्लोज गर्ने भएकाे छ। इन्स्योरेन्सकाे २५ औँ साधारण सभा माघ २८ गते, होटल भिष्वा, वीरगंजमा डाकिएकाे छ। सभा बिहान ९ बजे बाेलाइएकाे छ। शेयरधनीहरुले साधारण सभामा सहभागि हुन र लाभांश पाउन याेग्य हुनका लागि आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । सभामा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत… पुरा पढौ

अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ : अध्यक्ष ढकाल

म्याग्दी, ९ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै जारी गरेको अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको बताएका छन् । बेनीमा मङ्गलबार आठौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनले निजी क्षेत्र उत्साही भएको बताए। सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न… पुरा पढौ

अमेरिकी डलर र यूराेको भाउ बढ्याे, अन्यकाे कति ?

काठमाडौँ, ९ माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । यस्तै, केही विदेशी मुद्राको भाउ भने अघिल्लो दिनको तुलनामा स्थिर छ । राष्ट्र बैंकका अनुसार आजका… पुरा पढौ

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा, ९ माघ । शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिइन्। “स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने हुँदा बिक्रीमा प्रतिबन्ध लगाइएको हो”, उनले भनिन्, “माछामा फर्मालिन प्रयोग नगर्नु र मरेका माछा बिक्री वितरण नगर्नु भनेर व्यापारीलाई जानकारी गराइसकेका… पुरा पढौ

नेप्सेमा ५.०८ अंकको बृद्धि, ६ अर्ब १९ करोडको कारोबार

काठमाडौं, ८ माघ । साताको शेयर कारोबार हुने तेश्रो दिन आईतबार नेपाली शेयर बजार सामान्य अंकले बढेको छ । नेप्सेमा आएको सकारात्मक लयले लगानीकर्ताहरुलाई उत्साहि बनाएको छ । नेपाली स्टक एक्सचेन्जक अनुसार नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १ अंकले बढेर ४४०.१४ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ८ वटामा हरियो लागेको छ । यसदिन कुल ३११ कम्पनीहरुको शेयर कारोबार भएको… पुरा पढौ

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि खुला

काठमाडौं, ८ माघ । नेपाल माइक्रो इन्स्योरेन्सकाे आईपीओमा आजदेखि आवेदन दिन खुलाएकाे छ । कम्पनीले वैदेशिक रोजगाररमा रहेका नेपालीहरुका लागि शेयर खुलाएकाे हाे । कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनकाे अनुमति लिएकाे थियो। यसमा २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि रहेकाे छ । कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र काेषका लागि १ लाख १२ हजार ५०० कित्ता रहेकाे छ। बाँकी १८… पुरा पढौ

सुन ताेलामा ११ सयले बृद्धि, चाँदीकाे भाउ पनि बढ्याे

काठमाडौँ, ८ माघ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ५७ हजारमा खरिदबिक्री भएको प्रतितोला सुन आज रु एक लाख ५८ हजार एक सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला रु १५ बढेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ६० मा खरिदबिक्री… पुरा पढौ