आर्थिक 📈

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १ असोज । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०७ रुपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७८ पैसा… पुरा पढौ

सिटिजन्स बैंकले गर्याे ४ प्रतिशतकाे लाभांश प्रस्ताव

काठमाडाैं, ३१ भदाै। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनी महानुभावहरुलाई आर्थिक वर्ष २०८२-८३ को मुनाफाबाट ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आज बुधबार बसेको बैककाे ५२१औं सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०८२-८३ को वितरण योग्य मुनाफाबाट २०८३ आषाढ मसान्तको चुक्तापूँजी रु. १५,५०,७४,६३,६१४ को ३.८० प्रतिशतले हुने रु ५८,९२,८३,६१७-३४ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२० प्रतिशतले हुने रु ३,१०,१४,९२७-२३ सहित जम्मा रु ६२,०२,९८,५४४-५७ लाभांश प्रस्ताव गरेको हाे । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको… पुरा पढौ

नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडकाे कारोबार

काठमाडौं, ३१ भदाै । साताको शेयर कारोबार हुने तेश्राे दिन शेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ। यस दिन नेप्से परिसूचक २१.१९ अंकले घटेर २६१२.४२ विन्दुमा झरेको छ। नेप्सेसँगै अन्य सूचकहरूमा पनि गिरावट देखिएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ३.७७ अंक, फ्लोट इण्डेक्स १.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंकले घटेका छन्। कारोबार रकममा पनि गिरावट नेप्से घटेसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) ८ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा… पुरा पढौ

वाणिज्य बैंकरूले सार्वजनिक गरे असोजको ब्याजदर, अधिकांशको स्थिर

काठमाडाैं, ३१ भदाै । नेपालका वाणिज्य बैंकहरूले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। कुल २० वाणिज्य बैंकहरूमध्ये दुई वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १८ वटा बैंकहरूले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। ब्याजदर घटाउने बैंकहरू: स्ट्यान्डर्ड चार्टर्ड बैंक: भदौ महिनामा ३.८० प्रतिशत रहेकोमा असोजका लागि घटाएर ३.७५ प्रतिशत कायम गरिएको छ। कुमारी बैंक: भदौको ३.४६ प्रतिशतबाट घटाएर असोजका लागि ३.४३ प्रतिशत निर्धारण गरिएको छ। असोज महिनाका लागि बैंकहरूको अधिकतम मुद्दति ब्याजदर विवरण:… पुरा पढौ

बैंक तथा वित्तीय संस्थाबाट ६० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको थप तरलता (लगानीयोग्य रकम) प्रशोधन गर्नका लागि ६० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ३० दिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो। राष्ट्र बैंकका अनुसार इच्छुक इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भदौ ३१ गते (आज) दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको 'अनलाइन बिडिङ सिस्टम सफ्टवेयर' (OBSS) मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्। 18.-DC_Notice-2083.05.31Download निक्षेप संकलनका प्रमुख… पुरा पढौ

पेट्रोलियम पदार्थको खरिद मूल्य बढे पनि बिक्री मूल्य यथावत्

काठमाडौं, ३१ भदाै। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन परिस्थितिलाई मध्यनजर गर्दै भदौ ३१ गतेदेखि लागू हुने गरी साविककै मूल्य कायम गरिएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव भइरहँदा भदौ ३० गते आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा प्रति लिटर ४ रुपैयाँ ६८ पैसा… पुरा पढौ

पोखरा फाइनान्सको १ करोड ९० लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ३१ भदाै। पोखरा फाइनान्स लिमिटेडको करिब २ करोड कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको मर्जर प्रक्रियाका कारण रोक्का रहेको कुल १ करोड ९० लाख १४ हजार ६८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। साबिकको पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आपसमा १ः१ को सेयर स्वाप अनुपातमा गाभिएका (मर्जर) हुन्। मर्जर पश्चात् पोखरा फाइनान्स लिमिटेड (PFL) को नाममा कायम भएको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ दरका उक्त सेयरहरू धितोपत्र सूचीकरण… पुरा पढौ

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की, ३१ भदौ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर दूध पोखरा बजारमा भित्रिन्छ । पछिल्लो समय यो वडामा मात्र तीनवटा दूध सङ्कलन केन्द्र (डेरी) खुलेका छन् । यहाँ पाँच वर्षका अवधिमा व्यावसायिक पशुपालन फस्टाएको छ । प्रत्येक घरमा गाईपालन सुरु गरेर दूध बिक्री गर्ने किसान बढेका छन् । सरकारले दूध उत्पादनमा किसानलाई प्रोत्साहन दिएपछि व्यावसायिक दूध उत्पादन वृद्धि भएको हो । सरकारले किसानलाई दूधमा प्रतिलिटर रु पाँचका दरले अनुदान दिने गरेको छ । “सरकारले दूध उत्पादनका आधारमा… पुरा पढौ

जुम्लाको पुँजीगत बजेट तीन अर्ब बढी विनियोजन

जुम्ला, ३१ भदौ। चालु आर्थिक वर्ष २०८३÷८४ का लागि सङ्घीय सरकारले पुँजीगततर्फ रु तीन अर्ब बढी विनियोजन गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मीनबहादुर घर्तिमगरका अनुसार सङ्घीय सरकार मातहतका ३६ वटा कार्यालय र यहाँका आठवटा स्थानीय तहका लागि पुँजीगततर्फ रु तीन अर्ब नौ करोड ४३ लाख रहेको बताउनुभयो । यहाँको सबैभन्दा बढी विकासे बजेट सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजनामा आएको छ । सडक डिभिजनमा चालु आवका लागि पुँजीगत बजेट रु एक… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ३१ भदौ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०७ रुपैयाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ १० पैसा कायम… पुरा पढौ