आर्थिक 📈

माछापुच्छ्रे बैंककाे साधारण सभा असोज २८ मा तय, ६ प्रतिशत लाभांशकाे प्रस्ताव

काठमाडाैं, ४ असाेज । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आगामी असोज २८ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो। सभा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेदेखि सुरु हुनेछ। ६ प्रतिशत लाभांश पारित हुने सभाले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्ताव अनुसार बोनस सेयर ३ प्रतिशत (रु. ३६ करोड २५ लाख ८६ हजार ३४७ बराबर) र… पुरा पढौ

आईपीओ निष्कासनमा सेबोनले ल्याउदैछ यस्ताे मापदण्ड

काठमाडाैं, ४ असाेज। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ निष्कासनमा कडा मापदण्ड ल्याउने भएकाे छ। सेबोनले प्राथमिक शेयर (आईपीओ) निष्कासन प्रक्रियालाई थप पारदर्शी र सुरक्षित बनाउन नयाँ मापदण्ड प्रस्ताव गरेको हाे । लगानीकर्ताको हित संरक्षण, कम्पनीको वित्तीय अवस्था र संस्थागत सुशासनलाई केन्द्रमा राख्दै बोर्डले ‘सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा अघि बढाएको बताएकाे छ । मस्यौदाअनुसार अब कम्पनीहरूले आईपीओबाट संकलन हुने रकमको स्पष्ट उपयोग योजना आफ्नो साधारणसभाबाट अनिवार्य रूपमा पारित गराउनुपर्ने प्रावधान राख्नेछ । नयाँ निर्देशिकाको सबैभन्दा महत्त्वपूर्ण पक्ष… पुरा पढौ

गरिमा बन्याे वित्तीय साक्षरतामा ‘सर्वोत्कृष्ट विकास बैंक’

काठमाडौं, ४ असोज । नेपालका ‘ख’ वर्गका बिकास बैंकहरु मध्येबाट गरिमा विकास बैंक वित्तीय साक्षरतामा सर्वोत्कृष्ट विकास बैंकका रूपमा सम्मानित भएकाे छ । केटिएम भ्वाइसले शुक्रबार आयोजना गरेको वित्तीय साक्षरता समिट एण्ड अवार्ड कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थसचिव डा. घनश्याम उपाध्यायले गरिमाका सीईओ माधव आचार्यलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । नेपालमा पहिलो पटक केटिएम भ्वाइसले आयोजना गरेको राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन एण्ड अवार्डको उद्घाटन खुत्रुके हस्तान्तरण गरेर गरिएको थियो । नेपालमै पहिलो पटक आयोजना… पुरा पढौ

वीरगन्ज भन्सारद्वारा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज, ४ असोज। वीरगन्ज भन्सार कार्यालयले पछिल्लो १ महिनामा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको जनाएकाे छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३-८४ को भदौमा २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो । भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयका प्रमुख भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिएका छन । मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन,… पुरा पढौ

निजी क्षेत्र सरकारलाई सहयोग गर्न तयार: महासङ्घ अध्यक्ष श्रेष्ठ

कास्की, ४ असोज। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्र सहित सरोकारवालासँग सरकारले पर्याप्त संवाद गर्नुपर्ने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य सङ्घको ३०औँ वार्षिक साधारणसभाको शनिबार पोखराको लेखनाथमा उद्घाटन गर्नुहुँदै अध्यक्ष श्रेष्ठले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी आर्थिक गतिविधि चलायमान बनाउनका लागि निजी क्षेत्र सरकारलाई सहयोग गर्न सधैं तयार रहेको बताए । साथै सरकारले पनि अर्थतन्त्रका समस्या पहिल्याउन सक्नुपर्ने उनले बताए। सही दिशा पहिल्याउन सकेपछि मात्र समस्या हल हुने हो र देशले आर्थिक रूपमा गति लिनसक्छ ।… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, ४ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा… पुरा पढौ

‘अन्तै भए पनि आफन्तको नजिक’ अभियानमार्फत रेमिट्‌यान्सलाई डिजिटल भुक्तानीसँग जोड्दै इसेवा

काठमाडौं, ३ असाेज । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ । विदेशमा रहेर पनि आफ्ना परिवारको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोड्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो । यस अभियानअन्तर्गत विदेशमा  रहेका नेपालीहरूलाई नेपालमा  रहेका आफन्तको इसेवा खातामा सोझै रेमिट्‌यान्स पठाउने सुविधाबारे जानकारी गराउनुका साथै, रेमिट्‌यान्सको सही उपयोग र डिजिटल भुक्तानीका फाइदाबारे जनचेतना अभिवृद्धि गरिनेछ ।  हाल इसेवामा विदेशबाट इसेवाका आधिकारिक रेमिट्‌यान्स पार्टनरहरूमार्फत… पुरा पढौ

प्रभु बैंकद्धारा विपदबाट प्रभावित परिवारहरुका लागी आश्रय स्थल (पहेंलो गुम्बा) लाई बंक बेड हस्तान्तरण

काठमाडाैं, ३ असाेज । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पहेंलो गुम्बालाई ६ थान दुई तल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको छ । हालै आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण उक्त गुम्बामा आश्रित परिवारहरुको तत्कालिन आवश्यकतालाई मध्यनजर गर्दे बैंकले काठमाण्डौं स्थित पहेंलो गुम्बामा थप सहयोग स्वरुप ६ थान दुई तल्ले खाट उपलब्ध गराएको हाे । प्रभावित परिवारहरुका लागी दुई तल्ले खाट अत्यावश्यक रहेको पहिचान भए पछि बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । यस सहयोगबाट राहत तथा… पुरा पढौ

साताको शेयर बजार: नेप्सेमा साढे ३ प्रतिशतको वृद्धि, औसत कारोबार ६ अर्ब नाघ्यो

काठमाडाैं, ३ असाेज । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.४३ प्रतिशत (८७.७३ अंक) ले बढेर २६४७.२२ विन्दुमा बन्द भएको छ। समग्र बजार परिसूचकसँगै दैनिक औसत कारोबार रकममा पनि करिब ५० प्रतिशतको उल्लेख्य सुधार आएको छ। बजार परिसूचक र कारोबार अवस्था कारोबार दिन: ५ कारोबार दिनमध्ये ४ दिन बजार उकालो लाग्यो भने १ दिन मात्र गिरावट आयो। सूचकहरू: सेन्सेटिभ इण्डेक्स ३.८५ प्रतिशत र फ्लोट इण्डेक्स ३.७८ प्रतिशतले बढे भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९९ अंकले उकालो लाग्यो। कारोबार रकम: गत… पुरा पढौ

साताभरि सुनको मूल्यमा तीव्र उतारचढाव: तोलामा २ हजार १०० रुपैयाँले बढ्यो

काठमाडाैं, ३ असाेज । पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत भदौ २७ गते शनिबार प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन, असोज २ गते शुक्रबारसम्म आइपुग्दा ३ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ। साताभरिको मूल्य तालिका मितिप्रतितोला मूल्य (रु.)मूल्यमा आएको परिवर्तनभदौ २७ (शनिबार)३,०१,०००-भदौ २८ (आइतबार)३,०२,२००रु. १,२०० ले बढेकोभदौ २९ (सोमबार)३,०१,०००रु. १,२०० ले घटेकोभदौ ३० (मंगलबार)३,००,१००रु. ९०० ले घटेकोभदौ ३१ (बुधबार)३,०१,८००रु. १,७०० ले… पुरा पढौ