आर्थिक 📈

सेबाेनकाे आईपीओ निष्काशनमा कडाई, कस्ले पाउँछन् अनुमति ?

काठमाडौं, २ असाेज । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्न चाहने संगठित संस्थाहरूका लागि थप कडा र व्यवस्थित योग्यतासम्बन्धी मापदण्ड समेटिएको ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार पारेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी बोर्डले पूँजी बजारलाई पारदर्शी, सुरक्षित, विश्वासीलो र दिगो बनाउने उद्देश्यले यो निर्देशिका तयार पारेको हो। निर्देशिका लागू भएपछि पूँजी बजारमा परिपक्व, सुशासित र वित्तीय रूपमा सबल कम्पनीहरू मात्र… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २० पैसा… पुरा पढौ

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

सुनसरी, २ असोज। बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराउनुभएको छ । करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारीखेती गर्दै आउनुभएका उहाँले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाउनुभएको छ । उहाँको खेतमा वर्षभरि गोलभेँडा, कोभी, बोडीलगायतका तरकारी उत्पादन हुने गरेको छ । अर्जुनका चार छोरा रामविलास, लक्ष्मण, श्रीराम र जादुलाल चन्द्रवंशी बाबुकै लयमा कृषि पेसामा दत्तचित्त भएर लाग्नुभएको छ । “छोराहरू विदेश जाने भन्थे, मैले नेपालमै रु ५० हजार दिन्छु भनेर विदेश जान दिइनँ… पुरा पढौ

नेप्से दोहोरो अङ्कले बढ्याे, साढे ५ अर्बकाे काराेबार, सिद्धार्थ बैंकको सर्वाधिक कारोबार

काठमाडौं, १ असाेज । अघिल्लो दिन सामान्य करेक्सन भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पुनः दोहोरो अङ्कले बढेर बन्द भएको छ। तीन कारोबार दिनमा १०२ अङ्कको वृद्धिपछि बुधबार थोरै घटेको बजारमा बिहीबार पुनः सुधार देखिएको हो। यस दिन नेप्से परिसूचक ११.९३ अङ्कले बढेर २६२४.३६ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स २.०७ अङ्क, फ्लोट इण्डेक्स ०.९५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अङ्कले सकारात्मक रहेका छन्। कारोबार तथा बजार सूचकको स्थिति विवरणपरिसूचक / रकमपरिवर्तननेप्से परिसूचक२६२४.३६ विन्दु+११.९३ अङ्कसेन्सेटिभ इण्डेक्स-+२.०७ अङ्ककुल कारोबार… पुरा पढौ

सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा

काठमाडौं, १ असाेज । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको असोज १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको हो । सिद्धार्थ बैंक लाभांश विवरण विवरणदर / प्रतिशतहाल कायम चुक्तापुँजीरु १४ अर्ब ७९ करोडबोनस सेयर१०.००% (रु १ अर्ब ४७ करोड ९० लाख बराबर)नगद लाभांश (करसहित)१०.००% (रु १ अर्ब ४७ करोड… पुरा पढौ

दुई महिनामा २ खर्ब बजेट खर्च, राजश्व असुली १ खर्ब ९० अर्ब

काठमाडौं, १ असाेज । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिना (भदौ मसान्त) सम्ममा सरकारले कुल १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो खर्च वार्षिक लक्ष्यको ९.४१ प्रतिशत हो । सोही अवधिमा सरकारको कुल राजश्व संकलन भने १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ (वार्षिक लक्ष्यको ११.५८ प्रतिशत) मा सीमित भएको छ । यसरी शुरुआती दुई महिनामै सरकारको खर्चभन्दा आम्दानी करिब ९ अर्ब ७२ करोड… पुरा पढौ

राष्ट्र बैंकको गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव

काठमाडाैं, १ असाेज । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको अर्थ समितिबाट सर्वसम्मति/बहुमतका आधारमा प्रतिवेदनसहित पारित भएको छ। समितिले दफावार छलफलपछि राष्ट्र बैंकको नेतृत्वको कार्यकाल, गभर्नरको योग्यता तथा सञ्चालक समिति नियुक्तिसम्बन्धी व्यवस्थामा व्यापक परिवर्तन प्रस्ताव गर्दै प्रतिवेदन पारित गरेको हो। समितिले तयार पारेको प्रतिवेदनअनुसार अब नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक सदस्यहरूको कार्यकाल हालको पाँच वर्षबाट घटाएर तीन वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ। यद्यपि, राम्रो कार्यसम्पादनका आधारमा उनीहरूलाई थप दुई वर्षका लागि… पुरा पढौ

मुक्तिनाथ क्यापिटलले ल्यायो १ अर्बको ‘मुक्तिनाथ म्युचुअल फण्ड २’

काठमाडौं, १ असाेज। मुक्तिनाथ क्यापिटल लिमिटेडले आज (असोज १ गते) देखि आफ्नो दोस्रो म्युचुअल फण्ड 'मुक्तिनाथ म्युचुअल फण्ड २' को सार्वजनिक निष्काशन तथा बिक्री खुला गरेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई बिक्रीमा ल्याएको हो। यो एक १० वर्ष अवधिको बन्दमुखी (Closed-ended) योजना हो। इकाई बाँडफाँट विवरण: कोष प्रवर्धक (मुक्तिनाथ विकास बैंक): १ करोड ३० लाख इकाई (कुल बिक्री हुने इकाईको १३%) योजना व्यवस्थापक (मुक्तिनाथ क्यापिटल): २० लाख इकाई सर्वसाधारणका लागि:… पुरा पढौ

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

कर्णाली, १ असोज। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि आवश्यक सबै उपाय अवलम्बन गरिने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सुर्खेतमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेशको समग्र विकास र बजेट खर्च बढाउन कर्मचारी प्रशासनले द्रुतत्तर गतिमा काम गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्यालयले नै सन्तोषजनक प्रगति नगरे अन्यमा खास प्रगति नहुने भन्दै उहाँले पुँजीगत खर्च बढाउन सबै अवरोध हटाउनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री शाहीले… पुरा पढौ

तरकारी खेतीले चन्द्रवंशीलाई दिलाएको सफलता

सुनसरी, १ असोज। सशस्त्र प्रहरीको जागिर र वैदेशिक रोजगारीबाट सोचे जति आम्दानी नभएपछि के गर्ने होला भन्ने चिन्तामा हुनुहुन्थ्यो–बालक चन्द्रवंशी । कृषिभन्दा अरू उत्तम विकल्प नदेखेपछि उहाँले यसलाई अङ्गाल्नुभयो । द्विविधामा शुरु गरेको व्यवसायले सफलता दिएपछि चन्द्रवंशीलाई आजकल लाग्छ रे ‘गरे त हुँदो रहेछ’ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका चन्द्रवंशीले व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु ४० लाखसम्म आम्दानी गर्न गरेको सफलताको कथा गौरवका साथ सुनाउनुहुन्छ । विसं २०६२ देखि २०६९ सालसम्म सशस्त्र प्रहरीमा सेवा गर्नुभएका चन्द्रवंशीले जागिर छाडेपछि आफैँ… पुरा पढौ