आर्थिक 📈

नेप्सेले ७५ प्रतिशत लाभांश दिने, पुस २९ मा एजिएम

काठमाडौं, ८ पुस । नेपाल स्टक एक्सचेञ्जले ७५ प्रतिशत लाभांश वितरण गर्नका लागि पुस २९ गते ४३ औं साधारण सभा बाेलाएकाे छ । नेप्सेको पुस ६ गते बसेको संचालक समितिको बैठकले ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । नेप्सेका अनुसार कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ १ अर्ब रहेकाे छ । यसअनुसार नेप्सेले रूपैयाँ ७५ करोड लाभांश वितरण गर्ने भएकाे हाे । नेप्सेकाे साधारण सभा कम्पनीकै कार्यालयमामा पूर्वान्ह ११ बजे डाकिएकाे छ । सभामा गत आर्थिक वर्षको वित्तीय विवरण, आय व्यय, इक्विटीकाे… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ बढ्याे

काठमाडौं, ८ पुस । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलर जापानी येन, साउदी रियाल, थाई भाट साउथ कोरियन वन, स्विडिस र डेनिस क्रोनर, कुवेती र बहराइन दिनार तथा ओमनी रियालको भाउ बढेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा… पुरा पढौ

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

त्रिवेणी (नवलपरासी), ८ पुस । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती सुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि बजेट विनियोजन गरी कृषकलाई अनुदान उपलब्ध गराएसँगै प्याजको व्यावसायिक खेती सुरु गरिएको हो । जिल्लाका चार वटा पालिकाको २५ वटा किसान समूहले प्याजका नर्सरी तयार गरेका छन् । कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट र बुलिङटार गाउँपालिकाका २० बिघामा प्याजखेती गर्ने योजनासहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपरासीपूर्वले काम सुरु… पुरा पढौ

ताप्लेजुङमा धान उत्पादनमा वृद्धि

फुङ्लिङ (ताप्लेजुङ), ८ पुस । यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्षा भएकाले उत्पादनमा सुधार आएको हो । यो वर्ष पाँच सय ५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १५ हजार आठ सय ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष थापा मगरले बताए। यो अघिल्लो वर्षको तुलनामा छ मेट्रिकटनले बढी हो । यो वर्षको उत्पादनबाट ताप्लेजुङका… पुरा पढौ

व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

इनरुवा (सुनसरी), ८ पुस । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे। जग्गा भाडामा लिएर उनले आफू सहित दुईजनाको साझेदारीमा रु ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाएका हुन्। पोखरीमा बिगेट, रेहु, नैनी, कोमन , पंगास(बैखी) जातको माछा पालिएका छन् । उनले भने,“ वार्षिकरुपमा रु ११ लाखसम्म आम्दानी भएको छ ।” पोखरीबाट वार्षिकरुपमा बिगेट, रेहु, नैनी, कोमन प्रजातिको ५० क्विन्टल माछा उत्पादन भएको छ भने पंगास(बैखी) जातको एक सय क्विन्टल उत्पादन… पुरा पढौ

भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत आठ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको पाइएकाले उनीहरुविरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इञ्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिष्टेन्ट सवइञ्जिनियर लालमान तामाङ विरुद्ध रु १० लाख ८९ हजार नौ सय ८९ बराबरको बिगो दाबी गरेको छ ।… पुरा पढौ

सुरक्षित कारोबार विधेयक अर्थ समितिबाट संशोधनसहित पारित

काठमाडौं, ७ पुस । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित गरेको छ । विधेयकमाथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिवेदन र प्रतिनिधिसभा सांसदहरूबाट परेका संशोधनमाथि छलफलपछि बैठकले विधेयक पारित गरेको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । सभापति चालिसेले विधेयकमाथिको संशोधन प्रतिवेदन दुई दिनभित्र तयार पार्न समिति सचिवालयलाई निर्देशनसमेत दिनुभएको छ । राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकमा छजना सांसदको संशोधन प्रस्ताव परेको थियो । सांसदहरू रणेन्द्र बराइली, निशा डाँगी, दामोदर पौडेल बैरागी, माधव सापकोटा,… पुरा पढौ

नेप्सेमा १३.५३ अंकको गिरावट, साढे ४ अर्बको कारोबार

काठमाडौं, ७ पुस । नेप्सेको ओरालो लागेको यात्रा रोकिएको छैन। साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा झरेको छ । नेप्सेमा ०.५२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.६९ अंकले घटेर ४४३.०८ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये दुई वटामा हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३१९ कम्पनीहरुको शेयर कारोबार हुँदा ९१ करोड ८०… पुरा पढौ

आज सुनको मूल्य बढ्यो, यस्ताे छ कारोबार दर

काठमाडाैं, ७ पुष । आज सुनको मूल्य बढेको छ । गत शुक्रबार ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएकाे छ ।   यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ७५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको जनाइएकाे छ ।  पुरा पढौ

नेपाल हाइड्रो डेभलपरको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

काठमाडाैं, ७ पुस । नेपाल हाइड्रो डेभलपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साेमबार बुकक्लोज गर्ने भएकाे छ। लाभांश पाउन याेग्य हुनका लागि लगानीकर्ताहरूले आजसम्म नेप्सेमा शेयर काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरू मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीकाे १८ औँ साधारण सभा पुस २५ गते, लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभाबाट ८ प्रतिशत बोनस शेयर र कर… पुरा पढौ