आर्थिक 📈

नेप्सेमा ५१.३७ अंकको गिरावट, करिब ६ अर्बको कारोबार

काठमाडौं, १ पुस । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली शेयर बजार राताम्मै भएको छ । पछिल्ला दिनहरुमा नेप्सेमा भईरहेको ओरालोको यात्राले लगानीकर्ताहरु पर्ख र शेरको शवस्थामा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५१.३७ अंकले घटेर २६३०.९१ विन्दुमा झरेको छ । नेप्सेमा १.९१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.९३ अंकले घटेर ४५१.२८ विन्दुमा रहेको छ । १३ वटै उपसमूहहरु सबै राताम्मै भएका छन् । यसदिन ३०४ कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुको १ करोड… पुरा पढौ

माथिल्लो अरूणको काम अघि बढ्यो, पहुँचमार्ग निर्माण गरिँदै

काठमाडौं, १ पुस । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो अरूण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरू भएको छ । भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युत्गृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भोटखोला गाउँपालिका–४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युत्गृहबाट माथिल्लो तटीय क्षेत्रमापर्ने सोही गाउँपालिका– २ चेपुवा गाउँ नजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ । छोङराङसम्म कोशी राजमार्ग पुगेको छ ।… पुरा पढौ

चालु आर्थिक वर्षकाे ५ महिनामा २८ प्रतिशत राजस्व सङ्कलन

काठमाडौं, १ पुस । चालु आर्थिक वर्ष २०८१/८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर मसान्तसम्म सरकारले वार्षिक लक्ष्यको २८ प्रतिशत राजश्व उठाएको छ भने करिब ३० प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सरकारको विकास खर्च कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख विनियोजन भएकोमा हालसम्म ११ दशमलव ५८ प्रतिशत अर्थात् रू ४० अर्ब ८०… पुरा पढौ

लाभांश पारित गर्न शिवम् सिमेन्ट्सले डाक्याे एजिएम

काठमाडौं, १ पुस । लाभांश पारित गर्न शिवम् सिमेन्ट्स लिमिटेडले पुस २९ गते साधारणा सभा बाेलाएकाे छ । कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे । यस कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समिति बैठकले ८.५५ बोनस सेयर र कर तिर्न ०.४५ प्रतिशत नगद  लाभांश दिने निर्णय गरेको हो ।  कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने जानकारी गराएकाे छ । लाभांश पाउन र साधारणा सभामा भाग लिनका लागि पुस १६… पुरा पढौ

भन्सार छली ल्याएका रु ४५ लाख बढी मूल्यका सामान बरामद

वीरगञ्ज (पर्सा), १ पुस । सशस्त्र प्रहरी बल नेपाल, पर्साले भन्सार छलेर भित्राइएका लत्ताकपडासहितका मेसिनरी पार्टपुर्जा नियन्त्रणमा लिँदै आइरहेको छ । सशस्त्र प्रहरीले पछिल्ला दुई दिनमा फरक–फरक ठाउँबाट करिब रु ४५ लाखभन्दा धेरै मूल्य पर्ने भन्सार छली गरेर भित्र्याइएका सामान नियन्त्रणमा लिएको जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले सशस्त्र प्रहरीको सक्रियताको कारणले भन्सार छली गरेर भित्र्याइएका सामान दिनँहुजसो नियन्त्रणमा लिँदै आएको जानकारी दिए। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगर–१६ स्थित इनर्वा तथा सीमानाकाबाट… पुरा पढौ

सुनकाे भाउमा सामान्य बृद्धि, चाँदीकाे स्थिर

काठमाडाैं, १ पुस । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्नाे दिन साेमबार नेपाली बजारमा सुनकाे भाउ सामान्य तवरले बढेको छ । सुन ताेलामा रूपैयाँ ४ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ताेलामा रूपैयाँ ४ सयले बढेर ताेलाकाे १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार छापावाल सुन तोलाकाे १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेर काराेबार भइरहेकाे छ । चाँदी तोलाकाे १ हजार… पुरा पढौ

दूध बेचेरै मासिक एक लाख बढी आम्दानी

नवलपुर (नवलपरासी), १ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६ गैरीका व्यावसायिक पशुपालक कृषक नारायण पौडेलले गरेको पशुपालन व्यवसायबाट सबै खर्च कटाएर मासिक सो रकम बचत हुने गरेको जानकारी दिए। विसं २०७४ मा पौडेलले रु १५ लाख लगानी गरी सिर्जनशील उन्नत कृषि तथा पशु फार्म सञ्चालनमा ल्याएका थिए । पाँच गाईबाट व्यावसायिक पशुपालन सुरु गरेको पौडेलसँग हाल सात माउ भैँसी, नौ माउ गाई एवं पाँच पाडी… पुरा पढौ

युरो, रियाल, दिनार बढ्याे, पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरकाे भाउ घट्याे

काठमाडौं, १ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दर अनुसार, युरोपियन युरो, साउदी अरेबियन रियाल, कुवेती दिनार, बहराइन दिनारलगायतको मूल्य बढेको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरलगायतको भने भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको… पुरा पढौ

आज सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, ३० मङ्सिर । अन्तर्राट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । गत शुक्रबारको तुलानामा आज प्रतितोला सुनको मूल्य रू एक हजार दुई सयले घटेको हो । शुक्रबार प्रतितोला रू एक लाख ५३ हजारमा कारोबार भएको सुन आज बजार खुलेसँगै रू एक लाख ५० हजार आठ सयमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य प्रतितोला रू २० घटेको छ ।… पुरा पढौ

लाभांश पारित गर्न नेपाल हाइड्रोले डाक्याे एजिएम

काठमाडाैं, ३० मंसिर । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न साधारण सभा डाकेकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदनका लागि साधारण सभा डाकेकाे हाे । कम्पनीकाे १८ औँ वार्षिक साधारण सभा पुस २५ गते, लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमामा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ। सभाबाट ८ प्रतिशत बोनस शेयर र तथा कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांशसहित ८.४२ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पारिते गरिनेछ । सभामा प्रबन्धपत्र तथा नियमावली… पुरा पढौ