आर्थिक 📈

गलैंचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

घोराही (दाङ), ३० मङ्सिर । यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनीहरूले माछामार्ने जाल, ढकी, खेलौनालगायत सामग्री बनाउने गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयबाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने… पुरा पढौ

यस्तो छ आज निर्धारण गरिएकाे विदेशी मुद्राको भाउ

काठमाडौं, ३० मङ्सिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आइतबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके… पुरा पढौ

फरवार्ड माइक्रो फाइनान्सको बाह्रौं वार्षिक साधारण सभाबाट बोनस शेयर वितरणको प्रस्ताव पारित

सुनसरी, २९ मंसिर । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै संघीय सांसद भगबती चौधरीले वर्तमान विश्व आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाले ५९ लाख विपन्न सदस्यहरुलाई वित्तीय सेवा पुर्याइरहेकोमा प्रशंसा गरिन् । ग्रामीण महिला उत्सुकता विकास मञ्चले २०५३ मा दुई रुपियाँ बचत गर्ने सदस्यहरूबाट बचत कार्यक्रम आरम्भ गरेको प्रसङ्ग स्मरण गर्दै पूर्वमन्त्री समेत रहेकी चौधरीले गरिब तथा विपन्न… पुरा पढौ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २९ मङ्सिर । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर… पुरा पढौ

आज सुन चाँदीको मूल्यमा गिरावट

काठमाडाैं, २८ मंसिर। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय रुपैयाँले घटेकाे छ । जसअनुसार प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा सुनकाे कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ कायम थियो ।     आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले घटेर प्रतितोला १… पुरा पढौ

अमेरिकी डलर, युरो र पाउन्ड स्ट्रलिङकाे भाउ बढ्याे

काठमाडौं, २८ मङ्सिर । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार शुक्रबार डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय… पुरा पढौ

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा सहसचिव दाहाल

काठमाडौं, २८ मङ्सिर । सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् । बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको हो । बीमा ऐन, २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्नेगरी तोकिएको… पुरा पढौ

कानुन समयसापेक्ष नबन्दा टेलिकम कम्पनीहरु मारमा

काठमाडौं, २७ मङ्सिर । झण्डै तीन दशकअघि बनेको कानुनमा समयसापेक्ष संशोधन नहुँदा टेलिकम कम्पनीहरु मारमा परेका छन् । अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबीचको व्यवहार, ओभर द टप (ओटिटी) प्लेटफर्महरुको बढ्दो प्रयोग र ओटिटी प्लेटफर्मलगायतलाई नियमन गर्न नसक्दाको मारमा टेलिकम सेवाप्रदायक कम्पनी परेको विज्ञहरुको बुझाइ छ । यसबाट टेलिकम सेवाप्रदायकको आम्दानी घट्नुका साथै गुणस्तर सुधार, सेवा विस्तार र भावी योजनामा पनि असर परेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार पछिल्लो पाँच वर्षमा टेलिकम सेवाप्रदायकको आम्दानी घट्दो क्रममा छ । तर सोही… पुरा पढौ

नेप्से ३३.४२ अंकले घट्याे, ६ अर्ब १४ करोडकाे काराेबार

काठमाडौं, २७ मंसिर । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा दोरो अंकको गिरावट भएको छ । नेप्सेमा पछिल्ला दिनहरुमा आईरहेको गिरावटले लगानीकर्ताहरु पर्ख र हेरको अवश्थामा रहेका छन् । यद्यपी अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ बजारमा लयमा फर्किने र नेपाल समृद्धिको लयमा लाग्ने बताएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउन र सुधार गर्दै अगाडी बढीरहेको बताईरहँदा सकारात्मक लयमा फर्किने अपेक्षा भने कायम रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८१.२९विन्दुमा झरेको… पुरा पढौ

अर्थतन्त्र लयमा फर्किदै, देशले समृद्धिकाे फड्को मार्छः अर्थमन्त्री पौडेल (कुराकानी)

काठमाडौं, २७ मङ्सिर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री छन्। कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका कारण बिग्रिएको विश्वको अर्थतन्त्रको असर नेपालमा पनि पर्यो र अर्थतन्त्र सङ्कटमा परेका बेला उनले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन्। अहिले नेपालको अर्थतन्त्रमा केही सुधारका सङ्केतका खबरहरु आइरहेका बेला उनले सम्हालेकाे अर्थ मन्त्रालयका चार महिनाका कामकारबाही, हाल अर्थतन्त्रमा देखिएको भनिएको सुधार र एमालेको आन्तरिक राजनीतिका विषयमा केन्द्रित रहेर राससले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ । यहाँले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेको… पुरा पढौ