आर्थिक 📈

सुनचाँदीको भाउ ह्वात्तै बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, २५ मंसिर । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २१ सयले बढेको जानकारी गराएको छ । चाँदीमा रुपैयाँ ६० ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ २१ सयले बढेर तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ६०… पुरा पढौ

लाभांश पारित गर्न स्टान्डर्ड चार्टर्ड बैंकको एजिएम आज

काठमाडौ, २५  मङ्सिर । लाभांश पारित गर्न स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा आज बसेकाे छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बसेकाे हाे । सभाबाट ६.५० प्रतिशत बोनस सेयर तथा १९ प्रतिशत नगदसहित कुल २५.५० प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ । सभाले वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय एजेण्डाहरुमाथि छलफल गरी अनुमाेदन गर्ने भएकाे छ । बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर १२ गते बुक क्लोज गरिसकेको छ । मंसिर ११ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएका… पुरा पढौ

मुक्तिनाथ म्युचुअल फण्ड १-इकाईमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २५ मङ्सिर । मुक्तिनाथ म्युचुअल फण्ड १ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। मुक्तिनाथ क्यापिटल लिमिटेडले मंसिर २० गतेदेखि साे इकाईका लागि आवेदन खुलाएकाे थियाे । प्रतिइकाई १० रुपैयाँ अंकित दरले रुपैयाँ १ अर्ब बराबरको १० करोड इकाई बिक्रीका लागि खुला गरिएकाे थियाे । कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत, १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि रहेकाे छ । यस्तै २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडका… पुरा पढौ

नवीकरणीय ऊर्जामा विनाधितो लगानी गर्दै सहकारी

कञ्चनपुर, २५ मङ्सिर । परम्परागत ऊर्जालाई प्रतिस्थापन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले नवीकरणीय ऊर्जामा लगानी गर्न थालेको छ । नवकरणीय ऊर्जा उपयोग गर्ने उपभोक्तालाई सहकारीले सहुलियत दरमा कर्जा उपलब्ध गराउन थालेको हो । ई–रिक्सा, बायोग्यास, सौर्य ऊर्जा प्रणालीमा आधारित सिँचाइ, सौर्य बत्ती, विद्युतीय चुलोमा ऋण प्रदान गर्ने व्यवस्था मिलाइएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताए। उहाँका अनुसार हालसम्म एक सय ५० जनालाई विनाधितो नवीकरणीय ऊर्जाका लागि ऋण प्रदान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन… पुरा पढौ

यस्तो छ विदेशी मुद्राको भाउ, आज कुन बढ्यो कुन घट्यो ?

काठमाडौं, २५ मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य भने घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक… पुरा पढौ

घिसिङद्वारा तनहुँ जलविद्युत् आयोजनाको अनुगमन

दमौली (तनहुँ), २५ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सोमबार अनुगमन गरेका छन् । ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको निर्देशक घिसिङले स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका बारेमा जानकारी लिए । अनुगमनका क्रममा उनले आयोजनाको कामलाई निर्धारित समयमा सक्नेगरी तीव्रता दिन आग्रह गरे। निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले भौतिक तथा आर्थिक प्रगतिबारे जानकारी गराए । याे चरण एकअन्तर्गत बाँधसहित संरचना निर्माण भइरहेको छ ।… पुरा पढौ

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर

काठमाडौं, २४ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा सिलवालविरुद्ध मुद्दा दायर गरिएको हो । सिलवालले नागरिकतामा पटक–पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्ष उमेर हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा सिलवालले विसं २०८० साल साउन १६ गतेदेखि ६६औँ वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही पछिल्लो नौ महिनादेखि… पुरा पढौ

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच एमसिसी लगायतका परियोजनाबारे छलफल

काठमाडौं, २४ मङ्सिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त तथा निजी क्षेत्रमा लगानी परिचालनलगायतका विषयमा छलफल भएको हो । “नेपाल र अमेरिकाबीचको सहयोग आदानप्रदानको विषयमा छलफल भयो । अमेरिकी सहयोगमा एमसिसी, युएसएआईडिलगायतका कार्यक्रमबाट सञ्चालित परियोजनाको कार्यान्वयनका सम्बन्धमा पनि छलफल भयो”, अर्थमन्त्रालयका सहसचिव धनीराम शर्माले भने,… पुरा पढौ

सोमबार सुनको भाउ बढ्यो, चाँदिको स्थिर

काठमाडौं, २४ मंसिर । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ रुपैयाँ ४ सयले बढेको छ । चाँदीको भाउ शुक्रबारकै कायम भएको छ । छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्नुस्

काठमाडौं, २४ मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ३० र बिक्रीदर एक सय ७३ रूपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क… पुरा पढौ