आर्थिक 📈

विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती

गोरखा, २२ मङ्सिर । गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुआत गरेको छ । विद्यालयले कृषि ज्ञानकेन्द्र गोरखाको सहयोगमा स्ट्रबेरी खेती गर्न थालेको प्रधानाध्यापक गणेशराज सेडाईले जानकारी दिए। “यस वर्ष परीक्षणका रुपमा अहिले एक रोपनी क्षेत्रफल जमिनमा स्ट्रबेरी खेती सुरु गरिएको छ”, उनले भने, “उक्त जमिनमा करिब छ सय बिरुवा लगाइएको छ, यसबाट राम्रो उत्पादन भए थप जमिनमा स्ट्रबेरी खेती गर्ने योजना विद्यालयको छ ।” विद्यालयमा कक्षा ९ देखि १२ सम्मका कृषि धारका विद्यार्थी… पुरा पढौ

यस्ताे छ आज निर्धारित विदेशी मुद्राको भाउ

काठमाडौं, २२ मङ्सिर । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क… पुरा पढौ

बचतपत्रमा बढी ब्याज हुँदा पनि लगानीकर्ताको आकर्षण कम

काठमाडौं, २१ मङ्सिर । नेपालमा वित्तीय क्षेत्रमा लगानीका धेरै विकल्पहरू छन् । घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रमा नागरिकहरूले प्राथमिकता दिने गरेका छन् । यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा भने अत्यन्त कम छ । बैंकको मुद्दती निक्षेपभन्दा बढी ब्याज दिने बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो । यसको प्रचारप्रसारको अभाव, केही प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीका कारण यसप्रति लगानीकर्ता आकर्षित हुन सकेका देखिँदैनन् । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मुख्यतः… पुरा पढौ

एनआईबीएल इक्विटी पार्टनर्सले गर्याे इलेक्ट्रो पावरमा लगानी

काठमाडाैं, २१ मंसिर । एनआईबीएल इक्विटी पार्टनर्सले इलेक्ट्रो पावर कम्पनी लिमिटेडमा लगानी गर्ने भएकाे छ । यसका लागि दुबै कम्पनीबीच सम्झौता गरिएकाे छ । आवश्यक इक्विटी आवश्यकता पनि पूरा गर्नका लागि सम्झौताले भोटेकोशी नदीमा निर्माणाधीन ४४ मेगावाटको जलविद्युत् परियोजनाका लागि आवश्यक इक्विटीकाे आवश्यकता परिपूरणका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएकाे छ। एनआईबीएल इक्विटी पार्टनर्स एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको छ । यसले जलविद्युत् परियोजनाहरूमा आर्थिक विकास र दिगो स्वच्छ ऊर्जा प्रवर्धनकाे काम गर्दै आएको छ। समझदारीपछि ऊर्जा सुरक्षामा योगदान… पुरा पढौ

रु ५ अर्ब लगानीकाे सेती जलविद्युत्काे व्यापारिक उत्पादन सुरू

पाेखरा, २१ मङ्सिर । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको जनाइएकाे छ । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताए। आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ । सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय… पुरा पढौ

रू नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

बागमती, २१ मङ्सिर । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो रु दुई करोड ४० लाखले बढी हो । कार्यालय प्रमुख राजीव खनालका अनुसार आव २०८१÷८२ को साउनदेखि कात्तिकसम्ममा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ । आव २०८०÷८१ को अवधिमा रु सात करोड १२ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो… पुरा पढौ

सुन ताेलामा रु ६ सयले गिरावट, चाँदीको भाउ बढ्यो

काठमाडौं, २१ मंसिर । साताको सुन चाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले गिरावट भएको छ । चाँदीमा भने रुपैयाँ १० ले बढेको छ । छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ… पुरा पढौ

वीरगञ्ज भन्सार-४ महिनामा करिब ५० अर्ब राजस्व सङ्कलन

वीरगञ्ज, २१ मङ्सिर । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा रु ४९ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई यो अवधिमा रु ७० अर्ब ४४ करोड सङ्कलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो । यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ। कार्यालयले गत साउनमा रु… पुरा पढौ

पाैने ३ करोड लागतमा ‘चार्जिङ स्टेशन’ निर्माण

चन्द्रपुर (रौतहट), २१ मङ्सिर । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा रु दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ । स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले संयुक्त रूपमा उद्घाटन गरे। स्टेशनमा एकपटकमा चारवटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिने छ ।… पुरा पढौ

यस्ताे छ आज निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २१ मङ्सिर । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ दुई पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ ८३ पैसा,… पुरा पढौ