आर्थिक 📈

सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ८ कात्तिक । लागातार सुनको मूल्यले नयाँ नयाँ रेकर्ड बनाईरहेकोमा आज भने केहि घटेको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउमा रुपैयाँ ७ सयले गिरावट भएको हो ।चाँदीको भाउमा रुपैयाँ ४० ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसदिन सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको रुपैयाँ १ लाख ६६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।… पुरा पढौ

पुनर्निर्माणमा विश्व बैंकले रू १५ करोड डलर उपलब्ध गराउने

वासिङ्टन, डिसी, ८ कात्तिक । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उक्त बैंकका (दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गरेका छन् । वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो । यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको… पुरा पढौ

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा

रामपुर (पाल्पा), ८ कात्तिक । उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा रामपुर नगरपालिका–८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय बनेका छन् । उनको व्यवसाय पाल्पामा नमूना बनेको छ । उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छन् । “गाउँका युवा साथी रोजगारीको क्रममा सहर, बजार तथा वैदेशिक रोजगारीमा पुगेका छन्, गाउँ नै युवा नरहने अवस्था आयो,… पुरा पढौ

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच सहकार्यबारे भेटवार्ता

वासिङ्टन, डिसी, ८ कात्तिक । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा रहेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ । उनीहरूबीच उक्त भेटघाटमा एसियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री पौडेलले नेपालको विकास–निर्मााणका परियोजनामा बैंकले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उनले आभार… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले आजको भाउ बुझ्नुस्

काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८८ पैसा, स्वीस… पुरा पढौ

मुस्ताङबाट यस वर्ष रु ९२ करोड बढीको स्याउ निर्यात

गलेश्वर (म्याग्दी), ८ कात्तिक । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ । स्याउ निर्यात गरेर मुस्ताङी किसानले रु ९२ करोड बढी जिल्लामा भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार तीन सय ३० मेट्रिकटन स्याउ उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले भने, “यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो । प्रारम्भीक मूल्याङ्कनअनुसार यस वर्ष करिब रु ९३ करोडको हाराहारीमा स्याउ निर्यात… पुरा पढौ

ग्लोबल आइएमई बैंकको नाफामा २३.३६ प्रतिशतले बृद्धि

काठमाडाैं, ७ कात्तिक । ग्लोबल आइएमई बैंकले डेढ अर्ब बढी खुद नाफा गरेकाे छ । बैंककाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको प्रकाशित वित्तीय विवरण अनुसार बैंकको खुद नाफा डेढ अर्ब बढी भएकाे छ। विवरणका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले रूपैयाँ १ अर्ब ५१ करोड २१ लाख खुद नाफा गरेकाे छ । गत आर्थिक वर्ष सोही अवधिमा याे नाफा रूपैयाँ १ अर्ब २२ करोड रहेकाे थियाे। यसरी हेर्दा नाफामा २३.३६ प्रतिशतले बृद्धि भएकाे छ । बैंककाे इम्पेरमेन्ट चार्ज घटेकाेले… पुरा पढौ

नेप्सेमा २०.४१ अंकको गिरावट, ६ अर्ब २७ करोडको कारोबार

काठमाडौं, ७ कात्तिक । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा करेक्सन भएको छ । सेयर बजारमा घट्ने र बढ्ने कुरा नयाँ होईनन् । तर लामो समयसम्म स्थिर र सकारात्मक दृश्य नदेखिदा लगानीकर्ताहरुको उत्साहमा कमि हुनु स्वाभाविकै हो । नेपाल स्टक एक्सचृन्जका अनुसार नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा झरेको छ । नेप्सेमा ०.७६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.४५ अंकले घटेर ४७७.२६ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ११ वटामा रातो लागेको छ ।… पुरा पढौ

तीन महिनामा रु १२ करोड ६३ लाख राजस्व सङ्कलन

जनकपुरधाम (धनुषा), ७ कात्तिक । मधेश प्रदेश सरकारअन्तर्गत रहेको यातायात व्यवस्था कार्यालय धनुषा जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा रु १२ करोड ६३ लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले चालु आवको साउनमा रु चार करोड ५५ लाख ६७ हजार आठ सय, भदौमा रु तीन करोड ९५ लाख दुई हजार नौ सय ९३ र असोजमा रु चार करोड १५ लाख ६५ हजार आठ सय ४६ राजस्व सङ्कलन भएको जानकारी दिए । कार्यालयले सवारी दर्ता, सवारीचालक… पुरा पढौ

विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको बैठकमा भाग लिन अर्थमन्त्री पौडेल वासिङ्टनमा

वासिङ्टन, डिसी, ७ कात्तिक । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुेका छन् । उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरे । मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उनले अमेरिकी उद्यमी–व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ । पुरा पढौ