आर्थिक 📈

दुई महिनामा सात अर्ब ५५ करोडको विद्युत् निर्यात

काठमाडौं, २४ असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु सात अर्ब ५४ करोड ६१ लाखको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । प्राधिकरणले गत साउनमा रु तीन अर्ब ९९ करोड ५६ लाख र भदौमा रु तीन अर्ब ५५ करोड पाँच लाखको विद्युत् निर्यात गरेको हो । साउनमा ४९ करोड २८ लाख ६१ हजार र भदौमा… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २४ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क… पुरा पढौ

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

काठमाडौं, २४ असोज । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालको पुनःनिर्माण प्रयासमा सहयोग पुग्नेछ । रु ३८ करोडभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानका रूपमा प्रदान गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । यी सामान वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश… पुरा पढौ

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

काठमाडौं, २३ असोज । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब रु चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य… पुरा पढौ

नेप्सेमा ४.८५ अंकको बृद्धि, कारोबार पौने ४ अर्बमा सिमित

काठमाडौं, २३ असोज । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१८ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ०.१५ अंकले बढेर ४८०.३८ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्येमा ४ वटामा रातो लागेको छ । बाँकी रहेका ९ वटामा हरियो लागेको छ । कुल २९४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ८३ लाख १२ हजार… पुरा पढौ

सानिमा जीआइसी इन्स्याेरेन्सको संस्थापक सेयर लिलामी बिक्री आजदेखि खुला

काठमाडौं, २३ असाेज । सानिमा जीआइसी इन्स्याेरेन्सको आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरिएकाे छ । इन्स्याेरेन्सले ११ लाख ३ हजार ४०५ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हाे। लिलामी सेयर खरिदका लागि संस्थापक सेयरधनीहरू, व्यक्ति, कम्पनी र संघसंस्थाहरूले आवेदन दिन पाउनेछन् । उनीहरूले घटीमा २५० रुपैयाँ र त्याेभन्दा माथिकाे मूल्य कबोल गरेर शिलबन्दी बोलपत्र पेश बुझाउनु पर्नेछ ।  सेयर खरिद गर्न चाहने लगानीकर्ताले घटीमा ७ हजार कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् ।… पुरा पढौ

साप्ताहिक हाटबजारमा खसीबोका बिक्री

खाँदबारी, २३ असोज । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा दसैँका लागि करिब ७५ लाखको खसीबोका बिक्री भएका छन् । भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका अनुसार १० स्थानीय तहमा लाग्ने साप्ताहिक हाटबजारमा रु ७५ लाख बराबरको खसीबोका बिक्री भएको हो । खसीबोकाको माग बढ्दा धमाधम बिक्री हुन थालेपछि खसीबोका पाल्ने किसानलाई जीविकोपार्जन मात्र नभइ दसैंँ तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ । साप्ताहिक हाटबजारमा पु¥याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन् । स्थानीय हाटबजारमा जिउँदो खसीबोका तौल गरेर बिक्री गर्ने,… पुरा पढौ

सानिमा बैंकद्वारा लाभांश घाेषणा, कति दिदैछ ?

काठमाडौं, २३ असाेज । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको हाे । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । समितिले प्रस्ताव गरेकाे साे लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा सानिमा बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने भएकाे छ ।  बैंकले हाल कायम रहेकाे रूपैयाँ १३ अर्ब ५८ करोड १५ लाख चुक्ता पुँजीबाट साे लाभांश प्रस्ताव गरेको हो । गएकाे वर्षमा बैंकले… पुरा पढौ

एक बोतल पानी सय रुपियाँमा रु दुई लाख जरिवाना

कास्की, २३ असोज । तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई लाख जरिवाना गरेको छ । पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । सोही स्थानका एक ग्राहकले रु २० पर्ने एक बोतल मिनरल वाटर रु एक सय तिरेको बिलसहित… पुरा पढौ

सुन तोलामा रु १ हजारले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, २३ असोज । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ हजारले घटेको छ । चाँदीमा रुपैयाँ ४० ले गिरावट भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीमा रुपैयाँ ४० ले… पुरा पढौ