आर्थिक 📈

प्रधानमन्त्री उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाको ४ कराेड बढी सहयोग

काठमाडौं, २१ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम प्रदान गरेका छन् । प्रधानमन्त्री निवास बालुुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ती कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम हस्तान्तरण गरेका हुन् । छिमेकी भारतको सबैभन्दा ठूलो जलविद्युत् कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पाेरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट रु एक करोड सहयाेग गरेका छन् । अरुण तेस्रो जलविद्युत् आयोजना लिमिटेडका प्रमुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट रु एक करोड, प्रभु बैङ्कका अध्यक्ष… पुरा पढौ

‘यूके बेक अफः द प्रोफेसनल्स-२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै

काठमाडाैं, २१ असोज । धादिङको मैदीमा जन्मेहुर्केका नारायण श्रेष्ठले पाककलाका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नयाँ पहिचान स्थापित गरेका छन् । काठमाडौँमा कक्षा १२ सम्मको अध्ययन सकेपछि कामको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई), कतार हुँदै बेलायत पुगेका नारायणले केही समयअघि सम्पन्न ‘बेक अफः द प्रोफेसनल्स–२०२४’ जितेपछि उनेको चर्चा थप चुलिएको छ । इन्टरकन्टिनेन्टल लन्डन ओटुका तर्फबाट नारायण र भारतका तनुज शर्माको जोडीले लण्डनमा भएको प्रतियोगिताको उपाधि जितेको हो । प्रतियोगितामा नारायण र तनुजसँगै रोयल एयरफोर्स क्लबका गेरोल र माइकल तथा सोको प्याटिसेरीका भरत… पुरा पढौ

आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, २१ असोज । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकाेमा आजका लागि भने रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९८० निर्धारण भएको छ । पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? पहिले भाउ बुझ्रनुस्

काठमाडौं, २१ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६७ पैसा, स्वीस… पुरा पढौ

प्रधानमन्त्री उद्धार कोषमा एमाले र कांग्रेसद्वारा १ कराेड सहयोग

काठमाडौं, २० असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उक्त चेक हस्तान्तरण गरे। प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपद्को सामना गर्नुपर्ने र यसको अगुवाइ सरकारले गर्ने बताए। उनले तीनै तहका सरकार र राज्यका निकाय परिचालित भएर विपद्को सामना भइरहेको स्पष्ट गरे। एमालेको यही असोज १५ गतेको सचिवालय तथा संसदीय दलको बैठकले उक्त… पुरा पढौ

नेप्सेमा छायो हरियाली: ६ अर्ब बढीको कारोबार

काठमाडौं, २० असोज । साताको शेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली शेयर बजारमा हरियाली छाएको छ । धेरै दिनपछि हरियाली छाउँदा लगानीकर्ताहरु उत्साही भएका छन् । चाडपर्वको समय र बडादशैं नजिकिएको बेलामा नेप्सेमा अर्धसतक पार गरेकाे उकालोको यात्राले बजार अब सकारात्मक बन्ने अपेक्षा गरिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.१५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.७५ अंकल बढेर ४७६.४६ विन्दुमा पुगेको छ । यसदिन १३ वटै उपसमूहहरुमा… पुरा पढौ

अर्थ मन्त्रालयद्वारा अर्थतन्त्रमा परेको प्रभाव र स्रोत व्यवस्थापनबारे गृहकार्य सुरु

काठमाडौं, २० असोज । अर्थ मन्त्रालयले बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही असोजको दोस्रो साता आएको बाढीपहिरोले गर्दा धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत र पुनःनिर्माणमा थप स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिएका हुन्। अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढीपहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसायलगायतका क्षेत्रमा भएको क्षतिले अर्थतन्त्रमा… पुरा पढौ

आँखुखोला जलविद्युतकाे लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडाैं, २० असाेज । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले बिक्ररीमा ल्याएकाे हकप्रद शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले असोज ११ गतेदेखि लिलाम बढाबढ प्रक्रियाबाट पहिले बिक्री हुन बाँकी हकप्रद शेयरका लागि बोलपत्र पेश गर्न आव्हान गरेकाे थियाे । कम्पनीले १ बराबर १.५ काे रेसियाेमा निष्काशन तथा बिक्रीमा ल्याएकाे हकप्रद शेयरमा आवेदन नदिएर बाँकी रहेकाे हकप्रद शेयरलाई लिलाम बिक्रीमा ल्याएकाे हो। सेयरमा लगानी गर्न चाहने इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले १७ लाख ५० हजार २४८ कित्ताका… पुरा पढौ

आईतबार सुनको भाउ घट्यो, चाँदीमा सामान्य बृद्धि

काठमाडौं, २० असोज । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ ५ ले बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीमा आज रुपैयाँ ५ ले बढेर तोलाको १… पुरा पढौ

अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मक्ख

महोत्तरी, २० असोज । चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान प्रसन्न छन् । राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख परेका हुन् । आर्थिक वर्ष २०८०/८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन् । उक्त उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरुले बुझाएका उखुको परिमाणअनुसार प्रतिक्विण्टल रु ७० का दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण… पुरा पढौ